Wednesday, February 24, 2010
रेडियो अन्नपुर्ण नयाँ एन्टिना जडान
पोखरा, ०८ फागुन
नयाँ एन्टिना जडान र स्तरउन्नतिको लागि शुक्रबार बिहान १० बजेबाट प्रशारण रोकिएको रेडियो अन्नपुर्ण ९३.४ मेघाहर्जको प्रशारण आज साँझबाट नियमित भएको छ ।
रेडियोको सम्पुर्ण प्राबिधिक काम आज पुरा भएपछि नियमित प्रशारणमा आएको रेडियोका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । रेडियोका अनुसार अब रेडियो अन्नपुर्ण पोखरा उपत्यका सहित पश्चिमाञ्च बिकाश क्षेत्रमा राम्रो र स्पष्टसंग सुन्न सकिने छ । आठ बर्षपछि मर्मत र नयाँ सञ्चार उपकरणहरु जडानगरी स्तरउन्नती गरिएको हो । जसबाट यसअघि भएको प्रशारण भन्दा ८ गुणा बढी क्षमता बढ्ने छ ।
मुलुक संघियतामा जाने प्रकृया शुरु भएको समयमा आवाज बिहिन जनताको आवाज बन्नको लागि नयाँ प्रबिधि सहित स्तरउन्नतिमा प्राथमिकता दिएको रेडियोले बताएको छ ।
प्रशारण रोकिन गई यसबाट श्रोता, बिज्ञापन दाता तथा शुभचिन्तकहरुमा पर्न गएको असुबिधाप्रति रेडियो अन्नपुर्ण क्षमायाचना प्रकट गर्दछ । तस्बिर सुदर्शन
Friday, February 19, 2010
फेवातालको जलासय क्षेत्र बढाउनका माटो निकाल्ने कार्य सुरु
पोखरा ७ फागुन
फेवातालको जलासय क्षेत्र बढाउनका माटो निकाल्ने कार्य सुरु गरिएको छ । प्राकृतिक र मानविय अतिक्रमणले प्रत्येक दुई बर्षा शुन्य दशमलव १८ वर्गकिमी क्षेत्रफल पुरदै आएको फेवातालको पुरिएको खण्डको माटो निकालेर पानीको क्षेत्र बर्ढाई ताललाइ पुरानै अवस्थामा फर्काउन माटो झिक्ने काम सुरु । साठी औं प्रजातन्त्र दिवसको अवसर पारी शुक्रबार पर्यटन विकास समितिका अध्यक्ष तथा कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोईरालाले डोजरको चावी हस्तान्तरण गरी सेती बगरबाट माटो निकाल्ने कामको शुभारम्भ गर्नु भएको थियो । तथ्याङ्क अनुसार तालमा प्रत्येक बर्ष१ लाख ४२ हजार मेटि्कटन माटो थपिँदै गएको छ । ‘फेवातलाको सेती बगरबाट बाटो झिक्न सुरु गरेका छौं ‘ कोईरालाले भन्नुभयो ‘निकालिएको माटोलाई तालमा ड्याम बनाउन प्रयोग गरिने छ । ‘ कोईरालाका अनुसार ड्याम बनाएर बाँकी रहेको माटोलाई विक्रि गरिने छ । ‘प्रकृतिले दिएको सुन्दरतालाई भत्काउने अधिकार कसैलाई छैन’ उहाँले भन्नुभयो(‘कोईरालाले भावी पुस्ताको लागि पनि प्रकृतिको संरक्षण गर्नु पर्दछ, यस कार्यमा सहयोग गर्न म सबैलाई आग्रह गर्दछु । माटो निकाल्नको लागि जिल्ला विकास सिमति कास्कीले १० लाख, पर्यटन कार्यालयले १० लाख, उपत्यका नगरविकास समिति ५ लाख, पोखरा उपमहानगर पालिकाले ५ लाख, उपत्यका नगर विकास समितिले ५ लाख खर्च गर्ने स्थानिय विकास अधिकारी गुरुप्रसाद सुवेदीले जानकारी दिनुभयो । त्यसैगरी विभिन्न पर्यटनसँग सम्वन्धित संघ संस्था तथा व्यवसायीले गरी करिव १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन भने सहयोग आउने क्रम जारी रहेको तालबाट निकालिएको माटो व्यवस्थापन गर्न गठित समितिका अध्यक्ष बच्चुराम तिवारीले जानकारी दिनुभयो । सेती वगरबाट माटो निकालेपछि दोस्रो चरणमा खपौंदीको दक्षिण, पुम्दीभुम्दीको वडा नं ३ र ५ को लामिडाँडाबाट माटो निकालिने छ ।

11'th Nepal Open Paragliding Championship 2010 in Pokhara
पोखरा, ६ फागुन
पर्यटकीय पोखरामा एघारौं प्याराग्लाइडिङ च्याम्पियनसिप शुरु भएको छ । साहसिक खेल पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित टान क्षेत्रीय च्याप्टर पोखराको आयोजनामा सञ्चालित प्याराग्लाइडिङ च्याम्पियसिपमा १५ देशका ९० जना स्वदेशी तथा विदेशी पाइलटहरुले प्रतिस्पर्धा गरेका छन् । प्याराग्लाडिङको लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल सराङकोटबाट उडान गरेर फेवातालको किनारको खपौदीमा अवतरण गर्ने छन् । एघारौं सस्करणमा ४२ जना नेपाली पाइलटको सहभागिता रहेको छ भने ६ महिला पाइलटले प्रतिस्पर्धा गरेका छन् । टानले तीन वटा इभेण्टमा प्रतिस्पर्धा गराउने छ । एक्रोव्याट्स, स्पोट ल्यान्डिङ र खुल्ला तर्फपुरस्कृत गर्ने जनाएको छ । नेपाल एयरस्पोर्टस एशोसियसनको प्राविधिक सहयोगमा सञ्चालन हुने तीन दिने प्रतियोगिता विजेता पाइलटलाई नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । खुला तर्फो विजेतालाई २५ हजार, द्धितियलाई २० हजार, र तेस्रो हुनेलाई १५ हजार रुपियाँ प्रदान गरिने त्यस्तै डिएचभी-१-२ प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतीयलाई क्रमश १५, ८ र ६ हजार रुपियाँ प्रदान गरिने । खुल्ला प्रतिस्पर्धामा सहभागि नेपाली पाइलटलाई क्रमश फ्लाइङ सुट, फ्लाइङ ज्याकेट, फ्लाइङ ग्लोभ तथा बेष्ट एक्रोव्याट्स गर्ने पाइलटलाई फ्लाइङ हेल्मेट, बेष्ट स्पोर्ट ल्याण्डिङ गर्नेलाई एकसेट क्याराभना प्रदान गरिने छ । प्रतियोगिलाई नगदसहित पुरस्कार व्यवस्था गरिएको यो पहिलो अवसर हो । अघिल्ला संस्करणमा टानले आकर्ष पुरस्कार प्रदान गर्दै आएको थियो । च्याम्पियनसिपको क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारीले उदघाटन गर्नुभएको थियो । सोही अवसरमा पर्यटन व्यवसायीहरुले पर्यटन भ्रमण वर्ष२०११ लाई लक्षित गरी पोखराको साहसिक पर्यटन पुर्वाधारको लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने खाँचो औंल्याएका थिए ।
Wednesday, February 17, 2010
Bus Accident Lakhnath-13
पोखरा, फागुन ५
पोखराबाट विरगन्ज तर्फगैरहेको यात्रुबहाक बस दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ । दुर्घटनमा 35 जना घाइते भएका छन् । छ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।विरगंज तर्फजाँदै गरेको ग १ ख २२२४ नम्वरको वस कास्की र तनहुँको सिमानामा पर्ने लेखनाथ नगरपालिकाको वडा नं. १३ को मजुवामा दुर्घटनाग्रस्त भएको थियो । बुधबार विहान साढे 8 बजे भएको बस दुर्घटनामा घटनामा पोखरा उपमहानगरपालिका वडा नं. १८ बस्ने ४० वषिर्या लक्ष्मी गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा यात्रा गर्ने धेरैजसो भारतीय नागरिक रहेका छन् ।घाइतेहरुको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पोखरा पर्स्याङका ६० वषिर्य मोतीप्रसाद जैसी, भारत घर भई पोखरा बस्ने ४२ वषिर्य प्रमोद अग्रवाल, नुवाकोट १ का ३२ वषिर्य रामबहादुर थापा, पोखरा १० रामबजार केशराम गुरुङ, भारत मोतिहारी २८ वषिर्य रामकिशोर प्रसाद, भारत नौतुनाका ३२ वषिर्य राजेशकुमार जैसवाल, चितवनका ६५ वषिर्य शुकमाया परियार, घान्द्रुक ८ कास्कीका प्रितमलाल जैसी, भारत रक्सौलका २० वषिर्य नन्दकिशोर प्रसाद, पोखरिया ९ पर्सा १७ वषिर्यर् इपन्द्र चौधरी, टाँडी ७ पर्सा २१ वषिर्य सन्जय महत लगायत ११ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।त्यसैगरी र्सलाही घर भएका २० वषिर्य राकेश शाह, चितवन घर भई पोखरा बस्ने २३ वषिर्य खिमबहादुर मगर, सोही स्थानका ३ वषिर्य दानियल मगर, २० वषिर् मिनु मगर, पोखरा १५ बस्ने २१ वषिर्य सावित्री बस्नेत, राइपुर २ तनहुँका धनबहादुर गुरुङ, मकवानपुर ४ छतिवनका २० वषिर्या सुनिता सापकोटा, लम्जुङ ९ मुझुङका ३३ वषिर्य कुलबहादुर विक, पोखरा ११ रानीपौवका २७ वषिर्य अर्जुन गुरुङ, धादिङ घर्रभई पोखरा बस्ने ३४ वषिर्य शिवबहादुर सापकोटा, पोखरा ९ बस्ने २२ वषिर्य सागर ढकाल, पोखरा ९ बस्ने ५२ वषिर्य रामशरण रोक्का, तनुहँ ४ जामुनेका ३९ वषिर्य बावुलाल श्रेष्ठ, पर्सा ३२ वषिर्य दाउलत राउत अहिर, भारत विहार घर भई पोखरा बस्ने ३६ वषिर्य काशिम शाह, सोही स्थानका ५२ वषिर्य अवुलेश शाह, विहारकै २७ वषिर्य जफिर रुल शाह, ३५ वषिर् अब्दुल हमन शाह, विरगन्ज घर भई पोखरा बस्ने ३० वषिर्य ललिता देवी, व्यास ११ तनहुँ घरभै पोखरा बस्ने ४६ वषिर्य अमरबहादुर श्रेष्ठ लगायत २३ जना र्सवसाधारणको क्षेत्रीय अस्पतालमा उपचार भरहेको छ
Subscribe to:
Comments (Atom)