Friday, February 19, 2010

फेवातालको जलासय क्षेत्र बढाउनका माटो निकाल्ने कार्य सुरु

पोखरा ७ फागुन
फेवातालको जलासय क्षेत्र बढाउनका माटो निकाल्ने कार्य सुरु गरिएको छ । प्राकृतिक र मानविय अतिक्रमणले प्रत्येक दुई बर्षा शुन्य दशमलव १८ वर्गकिमी क्षेत्रफल पुरदै आएको फेवातालको पुरिएको खण्डको माटो निकालेर पानीको क्षेत्र बर्ढाई ताललाइ पुरानै अवस्थामा फर्काउन माटो झिक्ने काम सुरु । साठी औं प्रजातन्त्र दिवसको अवसर पारी शुक्रबार पर्यटन विकास समितिका अध्यक्ष तथा कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोईरालाले डोजरको चावी हस्तान्तरण गरी सेती बगरबाट माटो निकाल्ने कामको शुभारम्भ गर्नु भएको थियो । तथ्याङ्क अनुसार तालमा प्रत्येक बर्ष१ लाख ४२ हजार मेटि्कटन माटो थपिँदै गएको छ । ‘फेवातलाको सेती बगरबाट बाटो झिक्न सुरु गरेका छौं ‘ कोईरालाले भन्नुभयो ‘निकालिएको माटोलाई तालमा ड्याम बनाउन प्रयोग गरिने छ । ‘ कोईरालाका अनुसार ड्याम बनाएर बाँकी रहेको माटोलाई विक्रि गरिने छ । ‘प्रकृतिले दिएको सुन्दरतालाई भत्काउने अधिकार कसैलाई छैन’ उहाँले भन्नुभयो(‘कोईरालाले भावी पुस्ताको लागि पनि प्रकृतिको संरक्षण गर्नु पर्दछ, यस कार्यमा सहयोग गर्न म सबैलाई आग्रह गर्दछु । माटो निकाल्नको लागि जिल्ला विकास सिमति कास्कीले १० लाख, पर्यटन कार्यालयले १० लाख, उपत्यका नगरविकास समिति ५ लाख, पोखरा उपमहानगर पालिकाले ५ लाख, उपत्यका नगर विकास समितिले ५ लाख खर्च गर्ने स्थानिय विकास अधिकारी गुरुप्रसाद सुवेदीले जानकारी दिनुभयो । त्यसैगरी विभिन्न पर्यटनसँग सम्वन्धित संघ संस्था तथा व्यवसायीले गरी करिव १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन भने सहयोग आउने क्रम जारी रहेको तालबाट निकालिएको माटो व्यवस्थापन गर्न गठित समितिका अध्यक्ष बच्चुराम तिवारीले जानकारी दिनुभयो । सेती वगरबाट माटो निकालेपछि दोस्रो चरणमा खपौंदीको दक्षिण, पुम्दीभुम्दीको वडा नं ३ र ५ को लामिडाँडाबाट माटो निकालिने छ ।

No comments:

Post a Comment

Please, comment about this article.