Wednesday, February 24, 2010
ट्राफिकलाई मोटरसाइकल
हंसराज हुलासचन्द एन्ड कम्पनीले कास्की ट्राफिक प्रहरीलाई दिएको बजाज पल्सर १८० मोटरसाइकल डीआइजी कुवेरसिंह रानालाई सोमबार पोखरामा आयोजित कार्यक्रममा हस्तान्तरण गर्दे कम्पनिका कार्यकारी निर्देशक शेखर गोल्छा । तस्विर- सुर्यचन्द्र बस्नेत
नेपाल टेलिकमले गण्डकी र धौलागिरी अञ्चलमा मोवाइल सेवा गुणस्तरीय हुने दावी
पोखरा, ११ फागुन
नेपाल टेलिकम पोखरा शाखाले मोवाइल फोनमा देखिएको समस्या समाधान गर्न छ महिनाभित्र १ सय ६ वटा टावर थप्ने भएको छ । टावर थपिएपछि गण्डकी र धौलागिरी अञ्चलमा मोवाइल सेवा गुणस्तरीय हुने दावी टेलिकमले दावी गरेको छ । नयाँ टावर थप गरिएपछि दुई अञ्चलमा टावर संख्या दुईसय ४२ पुग्ने छ । ‘टावर विस्तार गरेपछि दुई अञ्चलमा नयाँ सिम वितरण गर्ने छौं ।’ टेलिकमका पोखरा शाखा प्रमुख सुर्यनारायण मालाकारले भन्नुभयो-’सबैलाई मोवाइल सेवा पुर्याउने लक्ष्य टेलिकमले लिएको छ ।’ उहाँले गण्डकीको मनाङ र धौलागिरीको मुस्ताङको उपल्लो मुस्ताङमा मोवाइल सेवा पुर्याइने बताउनुभयो । टेलिकमले केहीमहिना अघिमात्रै मनाङको थोराङफेदी र मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै टावर विस्तार गरेपछि अन्नपुर्ण पदयात्रा गर्ने आन्तरिक तथा बाहृय पर्यटकलाई सहज भएको छ । टेलिकमका अनुसार अहिले दुई अञ्चलमा १ सय ३६ वटा टावर छन् ।
नेपाल टेलिकम पोखरा शाखाले हालसम्म गण्डकी धौलागी अञ्चलमा तीन लाख मोवाइल र ३५ हजार २ सय १३ पिएसटिएन लाइन वितरण गरिसकेको छ । टावर विस्तरसँगै दुई लाख थपिए मोवाइल उपभोक्ताको संख्या ५ लाख पुग्ने नेपाल टेलिकमले जनाएको छ ।
रेडियो अन्नपुर्ण नयाँ एन्टिना जडान
पोखरा, ०८ फागुन
नयाँ एन्टिना जडान र स्तरउन्नतिको लागि शुक्रबार बिहान १० बजेबाट प्रशारण रोकिएको रेडियो अन्नपुर्ण ९३.४ मेघाहर्जको प्रशारण आज साँझबाट नियमित भएको छ ।
रेडियोको सम्पुर्ण प्राबिधिक काम आज पुरा भएपछि नियमित प्रशारणमा आएको रेडियोका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । रेडियोका अनुसार अब रेडियो अन्नपुर्ण पोखरा उपत्यका सहित पश्चिमाञ्च बिकाश क्षेत्रमा राम्रो र स्पष्टसंग सुन्न सकिने छ । आठ बर्षपछि मर्मत र नयाँ सञ्चार उपकरणहरु जडानगरी स्तरउन्नती गरिएको हो । जसबाट यसअघि भएको प्रशारण भन्दा ८ गुणा बढी क्षमता बढ्ने छ ।
मुलुक संघियतामा जाने प्रकृया शुरु भएको समयमा आवाज बिहिन जनताको आवाज बन्नको लागि नयाँ प्रबिधि सहित स्तरउन्नतिमा प्राथमिकता दिएको रेडियोले बताएको छ ।
प्रशारण रोकिन गई यसबाट श्रोता, बिज्ञापन दाता तथा शुभचिन्तकहरुमा पर्न गएको असुबिधाप्रति रेडियो अन्नपुर्ण क्षमायाचना प्रकट गर्दछ । तस्बिर सुदर्शन
Friday, February 19, 2010
फेवातालको जलासय क्षेत्र बढाउनका माटो निकाल्ने कार्य सुरु
पोखरा ७ फागुन
फेवातालको जलासय क्षेत्र बढाउनका माटो निकाल्ने कार्य सुरु गरिएको छ । प्राकृतिक र मानविय अतिक्रमणले प्रत्येक दुई बर्षा शुन्य दशमलव १८ वर्गकिमी क्षेत्रफल पुरदै आएको फेवातालको पुरिएको खण्डको माटो निकालेर पानीको क्षेत्र बर्ढाई ताललाइ पुरानै अवस्थामा फर्काउन माटो झिक्ने काम सुरु । साठी औं प्रजातन्त्र दिवसको अवसर पारी शुक्रबार पर्यटन विकास समितिका अध्यक्ष तथा कास्कीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोईरालाले डोजरको चावी हस्तान्तरण गरी सेती बगरबाट माटो निकाल्ने कामको शुभारम्भ गर्नु भएको थियो । तथ्याङ्क अनुसार तालमा प्रत्येक बर्ष१ लाख ४२ हजार मेटि्कटन माटो थपिँदै गएको छ । ‘फेवातलाको सेती बगरबाट बाटो झिक्न सुरु गरेका छौं ‘ कोईरालाले भन्नुभयो ‘निकालिएको माटोलाई तालमा ड्याम बनाउन प्रयोग गरिने छ । ‘ कोईरालाका अनुसार ड्याम बनाएर बाँकी रहेको माटोलाई विक्रि गरिने छ । ‘प्रकृतिले दिएको सुन्दरतालाई भत्काउने अधिकार कसैलाई छैन’ उहाँले भन्नुभयो(‘कोईरालाले भावी पुस्ताको लागि पनि प्रकृतिको संरक्षण गर्नु पर्दछ, यस कार्यमा सहयोग गर्न म सबैलाई आग्रह गर्दछु । माटो निकाल्नको लागि जिल्ला विकास सिमति कास्कीले १० लाख, पर्यटन कार्यालयले १० लाख, उपत्यका नगरविकास समिति ५ लाख, पोखरा उपमहानगर पालिकाले ५ लाख, उपत्यका नगर विकास समितिले ५ लाख खर्च गर्ने स्थानिय विकास अधिकारी गुरुप्रसाद सुवेदीले जानकारी दिनुभयो । त्यसैगरी विभिन्न पर्यटनसँग सम्वन्धित संघ संस्था तथा व्यवसायीले गरी करिव १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन भने सहयोग आउने क्रम जारी रहेको तालबाट निकालिएको माटो व्यवस्थापन गर्न गठित समितिका अध्यक्ष बच्चुराम तिवारीले जानकारी दिनुभयो । सेती वगरबाट माटो निकालेपछि दोस्रो चरणमा खपौंदीको दक्षिण, पुम्दीभुम्दीको वडा नं ३ र ५ को लामिडाँडाबाट माटो निकालिने छ ।

11'th Nepal Open Paragliding Championship 2010 in Pokhara
पोखरा, ६ फागुन
पर्यटकीय पोखरामा एघारौं प्याराग्लाइडिङ च्याम्पियनसिप शुरु भएको छ । साहसिक खेल पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित टान क्षेत्रीय च्याप्टर पोखराको आयोजनामा सञ्चालित प्याराग्लाइडिङ च्याम्पियसिपमा १५ देशका ९० जना स्वदेशी तथा विदेशी पाइलटहरुले प्रतिस्पर्धा गरेका छन् । प्याराग्लाडिङको लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल सराङकोटबाट उडान गरेर फेवातालको किनारको खपौदीमा अवतरण गर्ने छन् । एघारौं सस्करणमा ४२ जना नेपाली पाइलटको सहभागिता रहेको छ भने ६ महिला पाइलटले प्रतिस्पर्धा गरेका छन् । टानले तीन वटा इभेण्टमा प्रतिस्पर्धा गराउने छ । एक्रोव्याट्स, स्पोट ल्यान्डिङ र खुल्ला तर्फपुरस्कृत गर्ने जनाएको छ । नेपाल एयरस्पोर्टस एशोसियसनको प्राविधिक सहयोगमा सञ्चालन हुने तीन दिने प्रतियोगिता विजेता पाइलटलाई नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । खुला तर्फो विजेतालाई २५ हजार, द्धितियलाई २० हजार, र तेस्रो हुनेलाई १५ हजार रुपियाँ प्रदान गरिने त्यस्तै डिएचभी-१-२ प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतीयलाई क्रमश १५, ८ र ६ हजार रुपियाँ प्रदान गरिने । खुल्ला प्रतिस्पर्धामा सहभागि नेपाली पाइलटलाई क्रमश फ्लाइङ सुट, फ्लाइङ ज्याकेट, फ्लाइङ ग्लोभ तथा बेष्ट एक्रोव्याट्स गर्ने पाइलटलाई फ्लाइङ हेल्मेट, बेष्ट स्पोर्ट ल्याण्डिङ गर्नेलाई एकसेट क्याराभना प्रदान गरिने छ । प्रतियोगिलाई नगदसहित पुरस्कार व्यवस्था गरिएको यो पहिलो अवसर हो । अघिल्ला संस्करणमा टानले आकर्ष पुरस्कार प्रदान गर्दै आएको थियो । च्याम्पियनसिपको क्षेत्रीय प्रशासक अर्जुनबहादुर भण्डारीले उदघाटन गर्नुभएको थियो । सोही अवसरमा पर्यटन व्यवसायीहरुले पर्यटन भ्रमण वर्ष२०११ लाई लक्षित गरी पोखराको साहसिक पर्यटन पुर्वाधारको लागि आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने खाँचो औंल्याएका थिए ।
Subscribe to:
Comments (Atom)