Monday, February 8, 2010

Loadshedding shedule Pokhara

Loadshedding is increasing in Nepal. Here is the load shedding schedule for the city of Pokhara.

Saturday, February 6, 2010

पोखरामा वर्ड फ्लुपंक्षी तथापंक्षीजन्य पदाथ नष्ट


पोखरा, २३ माघ
पोखरामा देखिएको वर्ड फ्लु नियन्त्रणका लागि खटिएको प्राविधिक टोलीले शनिबारदेखि पंक्षी तथा पंक्षीजन्य पदाथ नष्ट गर्न शुरु गरेको छ । शनिबार विहानदेखि मार्न शुरुगरिएको प्राविधिक टोलीले साँझसम्म १ हजार ७ सय ८१ पंक्षी नष्ट गरेको क्षेत्रीय पशु निर्देशनालयले जनाएको छ ।पोखरा उपमहानगरपालिकाको वडा नं ७ र १७ मा प्राविधिक सहीतको तीन टोलीले १ हजार ६ सय ९६ कुखुरा, ८५ हासँ, पाचँ सय २९ किलो दाना र ८२ बटा अण्डा नस्ट गरेको हो । पोखरा उपमहानगरपालिकाको वडा नं ७ र १७ मा पर्ने ४० घरबाट उक्त परिमाणमा पंक्षी र पंक्षिजन्य प्रदार्थ नस्ट गरिएको पशु सेवा विभागका निर्देशक एवं जनसर्म्पर्क अधिकृत डा अमर शाहले जानकारी दिनुभयो । मारिएका पंक्षीहरुलाई पोखराको टुटुङ्गामा खाल्डो खनी पुरिएको क्षेत्रीय पशु निर्देशनालयले जनाएको छ । स्थानीय बासिन्दाको विरोध गरेपनि प्राविधिक टोलीले र्सार्वजनिक जग्गामा खाल्टो खनेर साँझमात्रै पुरेको थियो ।अघिल्लो दुइदिनदेखि नष्ट गर्नेभनिएपनि स्थानीय बासिन्दाको अवरोधले नष्ट गर्ने कार्य गर्न सकेको थिएन् । प्राविधिक टोलीले शनिबारमात्रै नष्ट गर्ने स्वीकृति लिएपछि धमाधम दिनभर मार्न शुरु गरेको थियो । पंक्षी मार्ने र त्यसलाई व्यवस्थापन गर्ने विषयमा स्थानीयबासिन्दासँग कुरा नमिल्दा काम शुरु हुन सकेको थिएन । संक्रमण क्षेत्र वरपरका पाँच हजार हाँस सहित झण्डै १२ हजार पंक्षि मार्ने योजना रहेको वर्ड फ्लु नियन्त्रण टोलीले जानकारी दिएको छ । नियन्त्रणका लागि तीनदिनसम्म पंक्षि र पंक्षिजन्य मार्ने कामलाई जारी राखिने निर्देशनालयले जनाएको छ ।जिल्ला पशु सेवा कार्यालयका प्राविधिक कर्मचारी सहितको ३० जनाको टोली तीनदिनदेखी वर्डफ्लु प्रभावित क्षेत्रमा खटिएका छन् । बर्डफ्लु प्रभावित पोखराको घारीपाटनको तीन किलोमिटर क्षेत्र वरपर ६ वटा चेक प्वाईन्ट बनाई उच्च र्सतर्कता अपनाईदै आइएको छ । स्थानीय ज्ञान ब. खड्को घरमा पालिएका हाँस र कुखुरा मरेपछि पोखरामा बर्डफ्लु देखिएको थियो

Nepal Army Club 0-1 Nepal police Club


                              Photo by:Sanjay Shakya
पोखरा, २३ माघ              
 नेपाल पुलिसको भाग्यमा फेरी एकपटक आहा गोल्डकपको उपाधि लेखिदाँ नेपाल सेनाको आर्मी क्लब दोस्रो पटक उपविजेतामा चिक्त बुझाएको भर्खरै सागबाट फर्किएका पुलिसका मिडफिल्डर योगेश श्रेष्ठले आर्मीको कडा चुनौतीलाई सय १८ मिनेट समाप्त पार्दै गरेको निर्णायक गोलमा पुलिसले आहा गोल्डकप लगातार तेस्रो पटक उचाल्दै हृयाटि्क गरेको सातौं सस्करणमा भन्दा जुझारु प्रदर्शन गरेको आर्मीले पुलिस सितको यस अगाडिको भिडन्तमा पनि उपविजेतामा सीमित हुदैं आएको थियो पौने दुइघण्टा भन्दा बढी समय गोल रहित बराबरी खेलेको पुलिसले पाएको दोस्रो अवसर गोलमा परिणत हुदाँ लाख ५० हजार रुपियाँसहितको उपाधि आफनो नाममा लेखाउन सफल भएको हो रमेश खतिवडाको पासमा योगेशलेजिरो एंगलबाट प्रहार गरेको ग्रासबल सिधै पोष्टभित्र छिर्दा अधिकांश समय दवावमा रहेको पुलिसले एकाएक उपाधि चुम्यो गेम उनीहरु-आर्मी)ले खेले तर स्कोरिङ हामीले गर्यौं खेलमा आर्मीले पाएको अधिकांश अवसर र्व्यर्थमा जादाँ उपविजेता सीमित बन्न पुगेको थियो खेलको २६ औं मिनेटमा हरि महतोले र्टन गर्न ढिलाईसँगै गरेको प्रहार १० यार्डबाट आकासिएको थियो त्यस्तै महतोले नै दोस्रो अवसर त्यसरी नै बाहिर फालेका थिए ३४ औं मिनेटमा पुलिसका डिफेन्स सुमन सुवेदीले रोक्न नसकेको बल उनको खुट्टामा आएपनि गोलपोष्टका दिशा दिन नसक्दा १५ हजार भन्दा बढी पोखरेली दर्शकको र्समर्थन अर्थहीन बन्न पुगेको थियो सहारा क्लबको आयोजनामा सञ्चालन हुदैं आएको आहाको हरेक संस्करणमा पोखरेली दर्शकले र्समर्थन गरेको टोलीको पोल्टामा उपाधि पर्न सकेको छैन् शनिबारको फाइनलमा पनि उस्तै नतिजा निस्कियो दर्शकले र्समर्थन गरेको आर्मीले पाएका हरेक अवसरलाई सदुपयोग गर्न नसक्दा दर्शक पनि निराश बनेका थिए उता पुलिसले भने खेलको औं मिनेटमा जुमानु र्राईकोवान भर्सेज वनको अवस्थामा विकास मल्लले उत्कृष्ट बचाउ गर्दै आर्मीको भाग्यमा उपाधि लेखाउन सम्भावना देखाएका थिए राजु तामाङले दिएको व्याकपासलाई चुनबहादुर थापाले रोक्न नसक्दा जुमानुले गोल गर्ने महत्वपुर्ण अवसर पाएका थिए आर्मीको नाममा ७५ हजार रुपियाँ पर्यो आर्मीका सन्तोष नेपाली फाइनलको म्यान अफ दि म्याच घोषित भए स्ट्राइकरलाई गोलको अवसर पाएका थिए स्कोरिङ गरेनन हिमश्री फुड्सको मुख्यप्रायोजन रहेको आहा गोल्डकपको आठौं सस्करणमा उत्कृष्ठ खेलाडीबाट नेपाल पुलिस क्लबका रितेश थापाले यल्बा यमाहा मोटरसाइकलसँगै बेष्ट गोलकिपरको पुरस्कार त्यस्तै र्सवाधिक गोलकर्ता- गोल) बेष्ट स्ट्राइकार घोषित आर्मीको विकर्ण  श्रेष्ठले नगद २५ हजार रुपियाँ पाए मनाङ मर्स्याङदीका दिपक भुषाल-बेष्ट डिफेन्स) पुलिसका योगेश श्रेष्ठ-बेष्ट मिडफिल्डर) आर्मीका राजुकाजी शाक्य -वेष्ट प्रशिक्षक)बाट सम्मानित हुदै जनही १०/१० हजार रुपियाँ पाए भने मछिन्द्र फुटबल क्लबले अनुशासित टोलीको ट्रफी पाएको थियो विजेता तथा उपविजेता टोलीलार्इं प्रमुख अतिथि एवं सभाषद सुर्यबहादुर केसी, पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कुवेरंसिह राना, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी माकाजू, पत्रकार महासंघ कास्कीका अध्यक्ष नारायण कार्की लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो गत माघ १२ गतेदेखि आयोजित आठौं सस्करणमा १२ वटा टोलीको सहभागिता रहेको थियो नेपाल पुलिस क्लबलाई उपाधि सुम्पिदैं यो वर्षो लागि आहा गोल्डकपले औपचारिक विदाई
उत्कृष्ट खेलाडी-रितेश थापा(पुलिस)

 

Friday, February 5, 2010

पृथ्वीनारायण क्याम्पसमा दुई विद्यार्थी संगठन बीच झडप

पोखरा, २२ माघ
 पृथ्वीनारायण क्याम्पसमा दुई विद्यार्थी संगठन बीच झडप भएको क्याम्पसमा शुक्रबार विहान स्ववियुले समयमै संविधान निर्माण गर्न दिने उद्देश्यले आयोजित कार्यक्रममा स्ववियु सभापति रश्मी आचार्यलाई क्रान्तिकारीले कुटपिट गरेपछि झडपको स्थिति उत्पन्न भएको हो स्ववियुले दिउँसो १२ बजे क्याम्पसमा परिसरबाट जनदवाव सृजना गर्न र्याली निकाल्ने तयारी गरेको थियो स्ववियु सभापतिमाथि कुटपिट भएपछि दिउँसो अनेरास्ववियुका विद्यार्थीले माओवादी जिल्ला नेता झलकपाणी तिवारीलाई कुटपिट गरेका छन् दिउँसो माओवादी निकट तमुवान राज्य समिति अर्न्तर्गतको प्राध्यापकहरुको भेलाको कार्यक्रममा उपस्थिति हुन क्याम्पस परिसरमा पुग्नुभएको तिवारीमाथि अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरी घाइते बनाएका हुन् कुटपिटबाट तिवारी आचार्य दुवै घाइते भएका छन्
झडपले क्याम्पस परिसरमा तनावपुर्ण बनेको दुई विद्यार्थी बीचको झडपले क्याम्पसमा अध्ययन गर्न पुगेका विद्यार्थीहरुको भागदौड समेत मच्चिएको दिउँसो साढे १२ बजे तनाव अझ उग्र हुदाँ दुई विद्यार्थी संगठन बीच ढुंगा हानाहान हुदाँ माओवादीका रामजी बराल जीवन घाइते भएका छन् ।भएको क्रान्तिकारीका विद्यार्थीहरु क्याम्पस भित्र छन् भने अनेरास्ववियुका विद्यार्थीहरु क्याम्पस गेट बाहिर छन् क्याम्पस परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको गत पुस गते राती पनि क्रान्तिकारीले आफना दुई विद्यार्थी नेताहरुमाथि साघातिक आक्रमण गरेका थिए उक्त घटनाले उत्पन्न दुई विद्यार्थी संगठन बीचको विवाद साम्य हुन नपाउँदै फेरी झडप भएको हो क्रान्तिकारीले आफनो विद्यार्थीमाथि लगाइएको वारेन्ट फिर्ता हुनुपर्ने माग राख्दै पाँचदिन परीक्षा समेत स्थगित गरेपछि जिल्लास्तरीय नेताहरुको बैठकबाट परीक्षा सञ्चालन गरिएको थियो डेढ महिना अघि क्रान्तिकारीको आक्रमणबाट क्याम्पसका उपाध्यक्ष नरेश रोकाय स्वतन्त्र विद्याथी युनियनका सदस्य मनिष हमाल गम्भीर घाइते भएका थिए

फेवातालमा एक विदेशी प्याराग्लाइडिङ पाइलट खसेर वेपत्ता



पोखरा २२ माघ
पर्यटकीय फेवातालमा एक विदेशी प्याराग्लाइडिङ पाइलट खसेर वेपत्ता भएका छन् सराङकोटबाट उडेका २६ वषिर्य जर्मन पर्यटक स्टोप्च स्याटलर तालमा खसेर बेपत्ता भएका हुन् दिउँसो पौने एकबजेको समयमा ती जर्मनी पर्यटक खपौंदी नजिकै तालमा खसेर वेपत्ता भएका हुन् प्रत्यक्षदर्शीका अनुसार जर्मन पाइलटले उचाईबाट तालमाथि 30 miter फलगरेका थिए उचाईबाट ग्लाइडिङ छाडेर तालमा जम्प गरेपछि बेपत्ता भएको बताइएको आफनै व्यक्तिगत सामान लिएर उनले दिउँसो १२ बजेको समयमा उडान गरेका थिए प्याराग्लाइडिङको क्रममा उनका अन्य पाँचजना सहकर्मीले छायाँकन-भिडियो खिचेका) गरेका थिए बेपत्ता पर्यटकको पास पोर्ट नम्बर सी एस एच एल जे एच एन रहेको प्रहरीले जनाएको स्थानीय पर्यटन व्यवसायीका अनुसार उनी गत डिसेम्बरदेखि पोखरामा बस्दै आएका थिए बेपत्ता पर्यटकको उद्दारको लागि जिल्ला प्रहरी कार्यालयबाट डोरी सहित १५ जना प्रहरी घटनास्थल खपौंदीमा पुगेको टोलीले पर्यटकको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको उनले व्यक्तिगत रुपमा प्याराग्लाइडिङ गरेको बताइएको उनका सहकर्मीका अनुसार शुक्रबार उनले सराङकोटबाट तेस्रो फ्लाइट गरेका थिए आफनो दुइसयौं फ्लाइट गर्दै किर्तिमान कायम गर्न उनले झण्डै डेढसय मिटर अग्लोबाट ग्लाइडर छाडेर पानीमा हाम फालेका थिए निकै उचाईबाट हाम फालेका जर्मनी पर्यटक स्याटलर तालको मुनिको दलदलमा फँसेर बेपत्ता भएको प्रहरीले अनुमान गरेको