Showing posts with label Crime. Show all posts
Showing posts with label Crime. Show all posts

Monday, March 18, 2013

Man arrested with weapon and other activities Pokhara,Nepal

 चोरी शिकारी सहित हतियार पक्राउ"
१)    मिति २०६९/११/५ गते बिषेश सुराकीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १७ लामोटार स्थित सनिज गुरुङ्गले संचालन गरेको कुखुरा फार्ममा छापा मार्दा २ केजी रतुवाको मासु सहित लुकाई राखेको निम्न अनुसारको हतियार र गोली गठठा सहित जि. कास्की पोखरा १७ बस्ने सनिज भन्ने मौत बहादुर गुरुङ्ग र जि. स्याङ्गजा टक्सार ४ घर भई हाल पोखरा १७ बस्ने अम्मर बहादुर गुरुङ्गलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
                                                              निम्न
बरामद हतियार र गोली:
  • MADE IN CHO SLOVAKIA लेखिएको लेन्स जडित (हर्नेट) बन्दुक थान २ र सो बन्दुकमा लाग्ने गोली ३५ थान ।
  • MADE IN CHO SLOVAKIAलेखिएको १२ वोरको २ नाले बन्दुक १ नाल र सो बन्दुकको प्रयोग भएको गोलीको खोका थान २६,
  •  घरेलु गोली थान ९ र गोली तथा हतियार निर्माणका विभिन्न सामाग्रीहरु ।
अवैध मदिरा बरामद:
१)    मिति २०६९/१२/०५ गते जि. कास्की हेम्जा गा.वि.स. वडा नं. २ स्थित विभिन्न स्थानहरुमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले छापा मारी अवैध घरेलु मदिरा ११२ ड्रम, उक्त मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ (मर्चा) २ बोरा, उक्त मदिरा बनाउन प्रयोग गरिन भाँडा (ताउला) थान ८ र उक्त मदिरा उत्पादन र विक्री वितरण गर्ने ९ जना मानिसलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बगर कास्कीद्धारा आन्तरिक राजश्व कार्यालयमा बुझाईने ।

डर, धाक धम्की देखाई जवरजस्ती रकम असुली गर्ने पक्राउ:
१)    डर, धाक धम्की देखाई जवरजस्ती रकम माग गर्ने जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. १६ दिप बस्ने वर्ष ३३ को खैरे भन्ने थम बहादुर छन्त्याल र पोखरा नगर क्षेत्र भित्र गुण्डागर्दी गरी विभिन्न अपराधिक कार्यमा संलग्न पर्वत जिल्ला भुक्ताङ्गे घर भई हाल पोखरा २ अर्चलवोटमा बस्ने प्रदिप गुरुङ्गलाई लाई मिति २०६९/१२/३ गते वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोली पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको
मिति:२०६९/१२/०५ गते  ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Friday, March 15, 2013

Crime.News Pokhara, जलकुम्भी र फेवा अप्रेशन तथा सामाजिक अपराध नियन्त्रण

१)   जलकुम्भी र फेवा अप्रेशन तथा सामाजिक अपराध नियन्त्रण अन्तर्गत   गरिएको कारवाही बिबरण

        जिल्ला प्रहरी कार्यालय कास्की द्दारा गुण्डागर्दी नियन्त्रणको लागि चलाईएको अप्रेशन "जलकुम्भी" लागू औषध नियन्त्रण तथा रोकथामको लागि चलाईएको अप्रेशन "फेवा" साथै सामाजिक अपराध नियन्त्रण र रोकथामको लागि चलाईएको अभियानको क्रममा मिति २०६९।१०।२२ गते देखि २०६९।११।३० गते सम्म गरिएको कारवाही बिबरण निम्नानुसार भएको ब्यहोरा जानकारी गराईएको   छ ।

२०६९।१०।२२ गते देखि २०६९।११।३० गते सम्मको प्रहरी कारवाही बिबरण :
> कूल पक्राउ संख्या                २१२४ (पुरुष १९७६ र महिला १४८)
> कारवाही गरिएको संख्या :         २७० ( पुरुष २१८ र ५२ महिला)
> अनुसन्धान पश्चात छाडिएको      १८५४ (पुरुष १७५८ र महिला ९६)

कारवाही बिबरण :
सि.
नं.
बिबरण

पक्राउ तथा कारवाही संख्या
बरामद सामानको बिबरण
कै.
पुरुष
महिला
जम्मा
गुण्डागर्दी नियन्त्रणमा
३५
-
३५ जना


लागू औषध नियन्त्रणमा
३५
३७ जना
बरामद :
गांजा ५ के.जि. ४४० ग्राम
नर्फिन ९७
डाईजापाम ९३
फेनेरागन ९३
लुपिजेसिक ३
ब्राउनसुगर ८ ग्राम
ला.औ. मुद्दा चलाईएको
यौन बिकृत्तिमा
३४
४८
८२ जना
के.सा.अ. मुद्दा चलाईएको

जुवातास नियन्त्रणमा
७४
७७ जना


फरार अभियुक्त पक्राउ

६ जना


मा.प.से. गरी सवारी चलाउने (Drink Drive)
३१२ जना
३१२ जना
नगर क्षेत्रको बिभिन्न स्थानहरुबाट पक्राउ गरी निजहरुबाट रु. ३,१२,०००।- राजश्व संकलन भएको

हात हतियार
१ जना
१ थान रिभल्बर बरामद

ट्राफिक कारवाहीबाट राजस्व संकलन
४३४६ सवारी साधन

९,८९,९५०।- ( नौ लाख उन्ननब्बे हजार नौ सय पचास)

जबरजस्ती रकम असुली
१ जना पुरुष
१ जना
अपहरण उधोगमा कारवाही भईरहेको

मिति : २०६९।१२।०१
जिल्ला प्रहरी कार्यालय, कास्की