Showing posts with label Crime. Show all posts
Showing posts with label Crime. Show all posts

Monday, March 4, 2013

अप्रेशन जल कुम्भीस् थप ३ पक्राउ Crime News Pokhara,Nepal

प्रहरी गतिबिधी
कास्की प्रहरीले गुण्डागर्दि बिरुद्व संचालन गरेको अप्रेशन जलकुम्भीको क्रममा थप ३ जना ब्यक्तिहरु पक्राउ परेका छन् पक्राउ पर्नेमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ महतगौडा बस्ने बर्ष(३२ को रविन भाले भन्ने रविन गुरुङ्ग, जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१८ काजीपोखरी बस्ने बर्ष(२७ को सुर्य बहादुर लामा र जि.बाग्लुङ रिया(३ घर भई हाल पोखरा(१८ काजीपोखरी बस्ने बर्ष(१७ को सन्तोष पुन रहेका छन् ।
    पक्राउ परेका मध्ये रबिन भाले भन्ने रबिन गुरुङ गुण्डागर्दि लगाएत बिभिन्न अपराधमा संलग्न भई लामो समय देखि फरार रहेका थिए । निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीको बिशेष सुराकीको आधारमा आजै पोखरा(९ महेन्द्रपुलबाट पक्राउ गरिएको हो । निज रबिन भाले भन्ने रबिन गुरुङ मिति २०६८/१०/१७ गते विहान ज.कास्की पोखरा उ.म.न.पा.वडा नं.(९ नयावजारबाट वा.८.च.८३८६ नं.को टोयटा हाईलक्स गाडी तथा साथमा भएको नगद रु २,००,०००।( धनमाल डांकाचोरी गरेको र मिति २०६८/०८/१४ गते दिन ४:०० वजेको समयमा पोखरा–१० अम्मरसिंहचोकबाट पेष्तोल सहित फेला परेका किसन गुरुङ्ग समेत भएको हातहतियार खरखजना मुद्दामा फरार रहेका थिए ।
    यसै गरी वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सुर्य बहादुर लामा र सन्तोष पुनलाई पोखरा(१० रामबजारबाट खुकुरी थान(१ सहित पक्राउ गरेको हो, उनिहरु रामबजार र आसपासका एरियामा गुण्डागर्दिमा संलग्न भएको खुल्न आएको छ । निजहरु बिरुद्व केही सार्बजनिक अपराध मुद्दामा अनुसन्धान भई रहेको छ ।

मिति २०६९/११/२१ गते                  
जिल्ला प्रहरी कार्यालय कास्की

Sunday, March 3, 2013

कास्की प्रहरी गतिबिधी

जुवा तास खेल्नेहरु पक्राउ :
आज मिति २०६९/११/१९ गते दिउंसो खटिएको प्रहरी टोलीले पोखरा नगरक्षेत्रका बिभिन्न ४ स्थानहरुबाट जुवा खेली रहेका २५ जना ब्यक्तिहरुलाई पक्राउ गरी निजहरुबाट नगद रु। ९३,३९०।( बरामद गरिएको छ । उल्लेखित ४ खालहरु मध्ये जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ लेकसाईड स्थित ज्यतभ िक्ष्भिलत एभबप बाट होटेल संचालक सहित निम्न मानिसहरुलाई जुवा खेल्दै गरेको अवस्थामा तास र नगद रु।६०,७१५। (सहित पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
निम्न:
जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ लेकसाईड बस्ने बर्ष(४१ को रवि अधिकारी
ऐ. बस्ने बर्ष(५२ को मोहन दवाडी
ऐ. बस्ने बर्ष(३० को सन्दिप थकाली
ऐ. ११ रानीपौवा बस्ने बर्ष(४१ को प्रदिप शाही
ऐ. ले.न.पा.वडा नं.(५ शिसुवा बस्ने बर्ष(३४ को सन्तोष गुरुङ
ऐ.पोखरा(१० रामबजार बस्ने बर्ष(२७ को हरि भण्डारी
गुण्डागर्दिमा संलग्न २ जना पक्राउ :
जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डागर्दि नियन्त्रण गर्नको लागि चलाएको अप्रेशन जलकुम्भीको क्रममा पोखरा उपत्यकाको बिशेष गरी बिरौटा र आसपासका क्षेत्रहरुमा गुण्डागर्दिमा संलग्न पोखरा(१७ बिरौटाबाट  जि.कास्की पोखरा(१७ बिरौटा बस्ने बर्ष(२३ को सोम बि.क., ऐ. बस्ने बर्ष(२४ को गौरब रानाभाटलाई मिति २०६९/११/१७ गते पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
प्रहरी द्वारा ६ थान अबैध हातहतियार संकलन अबैध हातहतियार संकलनको क्रममा प्रहरी चौकी धम्पुषबाट खटिएको प्रहरी टोलीले ६ थान र प्रहरी चौकी सार्दिखोलाबाट खटिएको प्रहरी टोलीले ३ थान गरी जम्मा ९ थान भरुवा बन्दुक संकलन गरेको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीले लाईसेन्स प्राप्त नगरेका हातहतियार बुझाउनको लागि फाल्गुणको दोश्रो साता देखि लागु हुने गरी सार्बजनिक सुचना आह्वान गरेको छ । कोही कसै संग बिना ईजाजतका हातहतियार भएको खण्डमा नजिकको प्रहरी युनिटमा बुझाउनको लागि सम्बन्धीत सबैमा जानकारी गराई दिनु हुन सम्पूर्ण संचार माध्यमहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले समेत अनुरोध गर्दछ । तोकिएको मितिमा हातहतियार नबुझाई कोही कसैसंग फेला परेमा कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत सूचित गरी दिनु हुन अनुरोध गरिएको छ ।

मिति २०६९/११/१९ गते ।                     जिल्ला प्रहरी कार्यालय कास्की ।

Sunday, February 24, 2013

कर्तब्य गरी हत्या Murder



मिति २०६९/११/१२ गते २२:४५ बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ( १ पृथ्वी नारायाण क्याम्पस देखि तल सेती खोला भन्दा माथिको चौरमा एक जना पुरुष ब्यक्तिको मृत शव छ भन्ने सूचना प्राप्त भए अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दा जि. उदयपुर साउने गा.वि.स. वडा नं. ( ९ स्थायी घर भई हाल पोखरा उप.म.न.पा. वडा नं. १२ बस्ने बर्ष २६ को अमर राना मगर मृत अबस्थामा फेला परेको । निजको घांटी रेटिएको अवस्थामा शव फेला परी उक्त शवको घटनास्थलको प्रारम्भिक कारवाही पुरा गरी पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । उक्त घटनामा संलग्न जि. कास्की पोखरा ( ११ रानीपौवा बस्ने बर्ष ३५ की कल्पना नकर्मीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको तथा घटनामा संलग्न अन्य ब्यक्तिहरुको खोजतलास भईरहेको छ ।

मिति २०६९/११/१३ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।

Sunday, February 17, 2013

अप्रेशन फेवा :थप २ जना पक्राउ

   लागु औषध नियन्त्रण तथा रोकथामको लागि पोखरा प्रहरीले चलाएको अप्रेशन फेवाको अभियानकै क्रममा लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्र.ना.नि. बिद्याधर त्रिपाठी समेतको प्रहरी टोलीले भारत मोतीहारी जिल्ला पुर्वि चम्पारण रघुनाथपुर छौडदानो घर भई जिल्ला तनहुं छाङ गा.बि.स.वडा नं.(१ डेरा गरी बस्ने बर्ष(२६ को कुन्दन साहलाई जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(७ रत्नचोकबाट मिति २०६९/११/०४ गते दिन ला.औ. बुप्रिनर्फिन थान(४०, डाईजेपाम थान(४०, फेनेरागन थान(४० गरी जम्मा १२० थान सहित पक्राउ गरी यस कार्यालयमा दाखिला गराएकोमा निजलाई लागु औषध मुद्दा दर्ता गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
    यसै गरी सोही कार्यालयबाट मिति २०६९।११।०५ गते खटिएको प्रहरी टोलीले जि।मकवानपुर कालिटार गा.बि.स.वडा नं.(८ लिप्चे बस्ने बर्ष(३४ को कृष्ण मोक्तानलाई जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१४ चाउथेबाट ला.औ. बुप्रिनर्फिन थान(४०, डाईजेपाम थान(३०, फेनेरागन थान(३० गरी जम्मा १०० थान सहित पक्राउ गरी यस कार्यालयमा दाखिला गराएकोमा निजलाई लागु औषध मुद्दा दर्ता गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।

मिति २०६९।११।०७ गते ।                       
 जिल्ला प्रहरी कार्यालय कास्की ।

Monday, December 17, 2012

अपराध गतिबिधी-Crime News Pokhara



अपराध गतिबिधी
१)     बिभिन्न मितिमा अनैतिक कार्यमा संलग्न ब्यक्तिहरु पक्राउ :-

जिल्ला प्रहरी कार्यालय कास्की र अन्य प्रहरी कार्यालयले पोखरा उपत्यका भित्र सार्बजनिक सदाचार र सामाजिक मर्यादा कायम गर्ने उद्देश्यले अनैतिक कार्यमा सलग्न हुंने महिला र पुरुष उपर कारबाही चलाउन गत हप्ता चलाईएको अभियानमा पोखरा उपत्यका स्थित बिभिन्न स्थानहरुबाट निम्न अनुसार मानिसहरु पक्राउ गरी केही सार्बजनिक अपराध शिर्षकमा मुद्दा दर्ता गरी  थप अनुसन्धान कारबाही भई रहेको ।
निम्न
सि.न.
मिति
 स्थान
पक्राउ गर्ने कार्यालय
पक्राउ महिला
पक्राउ पुरुष
जम्मा
०६९।०८।२४ गते
पोखरा-२ बाग्लुङबसपार्क
व.प्र.का.बगर कास्की
०६९।०८।२५ गते
पोखरा-२ नालाकोमुख
,,
०६९।०८।२५ गते
पोखरा-२ बाग्लुङबसपार्क
,,
११
०६९।०८।२७ गते
पोखरा-६ लेकसाईड
व.प्र.का.बैदाम कास्की
०६९।०८।२८ गते
पोखरा-२ बाग्लुङबसपार्क
व.प्र.का.बगर कास्की
०६९।०८।३० गते
पोखरा-२ बाग्लुङबसपार्क
व.प्र.का.बगर कास्की
०६९।०८।३० गते
पोखरा-२ बाग्लुङबसपार्क
,,
०६९।०८।२९ गते
पोखरा-६ लेकसाईड
व.प्र.का.बैदाम कास्की
जम्मा
१५
१६
३१

२)        सवारी दर्ता किताव नबिकरण गर्ने भनी रकम लिई ठगी गर्ने पक्राउ ।

जि.स्याङजा चण्डीभन्ज्याङ- ७ घर भई हाल जि.कास्की पोखरा-८ सृजनाचोक बस्ने बर्ष-२७ को कृष्ण प्रसाद न्यौपानेले बिगत देखिनै सवारी साधनहरुको ब्लु बुक ( सवारी दर्ता किताव) यातायात ब्यवस्था कार्यालय गण्डकीबाट नबिकरण गराई दिने बहानामा सवारी धनीहरुसंग सवारी साधनको ब्लु बुक र रकम लिई नबिकरण गर्ने भनी ठगी गरेको खुल्न आएकोले निजको खोजतलासको क्रममा मिति २०६९।०८।२८ गते निजलाई बिभिन्न सवारी दर्ता किताबहरु सहित पक्राउ गरिएको थियो । सो घटनाको प्रारम्भिक अनुसन्धान गर्दा निजले आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरुको सवारी दर्ता किताव नबिकरण गरि दिन्छु भनी सवारी दर्ता किताब लिई किर्ते तौरतरिका अपनाई दर्ता कितावमा नबिकरण गरी दिने तर बास्तबिक रुपमा उक्त दर्ता किताबहरुको नबिकरण नहुने खुल्न आएको छ । निज बिरुद्द ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट म्यादथप अनुमति लिई थप अनुसन्धान कारबाही भई रहेको छ ।

मिति २०६९।०९।०१ गते ।

Thursday, November 29, 2012

सवारी दुर्घटना Accident and other incident


सवारी दुर्घटना

आज मिति २०६९।८।१० गते १२:१५ बजेको समयमा जि. कास्की
माझठाना गा.वि.स. वडा नं. ३ स्थित कृष्णभिर भन्ने स्थानमा पोखराबाट कास्की जिल्लाको थुम्सीकोट गा.वि.स. तर्फ गईरहेको ग.१.ख. २०३६ नं. को यात्रुवाहक बस सडक देखि अं. २०/२५ मिटर तल
खस्न गई दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका निम्न ८ जना यात्रुहरु घाईते भएको, निजहरुको प.क्षे. अस्पतालमा उपचार भईरहेको, चालक जि. कास्की माझठाना १ बस्ने वर्ष ३० को सिताराम तिवारी प्रहरी चौकी
शिसुवामा रहेको, उक्त बस सोही स्थानमा रहेको, घटनास्थलमा प्रहरी चौकी शिसुवाबाट प्र.नि.को कमाण्डमा ९ जनाको टोली परिचालन गरी उद्धार गरिएको ।

घाईतेहरुको नामावली :

१) जि. कास्की माझठाना २ बस्ने वर्ष ४० कि कुमारी घिमिरे ।
२) एै. मिजुरे २ बस्ने वर्ष ८० कि सुमित्रा बि.क. ।
३) एै. वडा नं. ३ बस्ने वर्ष १७ को सुशान्त शाही ।
४) ले.न.पा. ७ बस्ने वष ४९ कि दिलमाया सुनार ।
५) जि. स्याङ्गजा तेल्काचौर १ बस्ने वर्ष ३० चेत बहदुर गुरुङ्ग
६) भारत मोतिहारी घर भै पोखरा १४ चाउथे बस्ने वर्ष २० को दशचथ कोहार ।
७) एै.एै. बस्ने वर्ष १७ को जमसेद आलम ।
८) एै.एै. बस्ने वर्ष १८ को जावेद आलम ।

जुवातास खेल्नेहरु पक्राउ: 

मिति २०६९/८/९गते जि. कास्की ढिकुरपोखरी गा.वि.स. वडा नं. २ स्थित पुन्य प्रसाद सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले तास तथा नगद रु . १,६७,९५०।– सहित निम्न मानिसहरुलाई पक्राउ गरी मिति २०६९/८/९ गते देखि लागू हुने गरी सम्मानीत कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति पत्र लिई जुवा मुद्धा दर्ता गरी कारवाही अनुसन्धान भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरु :

१) जि. कास्की ढिकुरपोखरी ३ बस्ने मोहनध्वज कुंवर ।
२) ढिकुरपोखरी– २ बस्ने वर्ष पशुपति भुगाई ।
३) ढिकुरपोखरी– १ बस्ने लक्ष्मण दाहाल ।
४) ढिकुरपोखरी– २ बस्ने महेन्द्र कुंवर ।
५) ढिकुरपोखरी– १ बस्ने एक बहादुर कुंवर ।
६) ढिकुरपोखरी– ६ बस्ने राजकुमार गुरुङ्ग ।
७) ढिकुरपोखरी– ३ बस्ने कृष्ण बहादुर श्रेष्ठ
८) ढिकुरपोखरी– १ बस्ने एकाधर तिवारी ।
९) ढिकुरपोखरी– २ बस्ने दिपक अधिकारी ।
१०) ढिकुरपोखरी– २ बस्ने रेशम सुवेदी ।
११) ढिकुरपोखरी– ३ बस्ने बसन्त कुंवर ।
१२) ढिकुरपोखरी– २ बस्ने मिम बहादुर गौचन ।
१३) ढिकुरपोखरी– २ बस्ने रामचन्द्र थापा ।
१४) ढिकुरपोखरी– २ बस्ने धर्मराज सुवेदी ।

मिति : २०६९/०८/१० गते ।
कास्की जिल्ला प्रहरी कार्यालय,

Sunday, November 18, 2012

खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या

जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(२ मिरुवा स्थित रुद्र प्रसाद तिमिल्सेनाको श्रीमती बर्ष(३५ की मुना तिमिल्सेनालाई घाटीको पछाडीको भाग गर्धन रेटिएको अवस्थामा आफ्नै घरकोठामा मृत अवस्थामा रहेकी भन्ने आज मिति २०६९/०८/०१ गते बिहान ०७स्१५ बजेको समयमा यस कार्यालयमा टेलीफोन मार्फत् जानकारी प्राप्त हुंन आए अनुसार सो स्थानमा यस कार्यालय तथा वडा प्रहरी कार्यालय बगरबाट घट्नास्थल बिशेषज्ञ सहित प्रहरी अधिकृतको टोली खटिई गई मृत लाशको प्रारम्भिक कारबाही पुरा गरी पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाईएको, वारदात स्थलबाटनै पक्राउ परेका मृतकका श्रीमान निज रुद्र प्रसाद तिमिल्सेनाले प्रारम्भिक सोधपुछमा बताए अनुसार घरायसी बादबिबादमा निजले राती सुती रहेको अवस्थामा आफ्नै घरमा रहेको खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको खुल्न आएको छ । घट्नास्थलबाट वारदातमा प्रयोग भएको खुकुरी थान(१ बरामद गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

Wednesday, November 14, 2012

अपराध गतिबिधी पटकाहरु सहित मानिस पक्राउ

आज मिति २०६९/०७/२९ गते दिन बिभिन्न स्थानहरुबाट निम्न पटकाहरु  सहित  मानिस पक्राउ
१०    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ बिरौटा स्थितचोक भित्र शिसु निकेतन बोडिङको आडमा नारायण भट्टराईको पसलबाट बच्चाले खेलाउने प्लाष्टिकको पिस्तोलमा राखी पड्काउने पटका ४ पोका सहित पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम कास्कीको नियन्त्रणमा रहेको ।
२०    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ बिरौटाचोक स्थित पुष्प स्टेशनरीको संचालक ईन्द्र ढुंगानाको पसलबाट साढे १ प्याकेट आलु बम सहित बरामद गरिएको ।
३०    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० कुंडहरचोक नजिकै अन्नपुर्णचोकबाट कृष्ण थापाको किराना पसलबाट २६ पिस खुर्सानी पटका सहित संचालकलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय रामबजारमा रहेको ।
४.    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(३ नदिपुरबाट R and R पसलबाट रोयल क्याप पटका सहित संचालक मान बहादुर कुवरलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बगरमा रहेको ।
५.    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(४ बुद्व बिशालबजार भित्र प्रितम कस्मेटिक पसलबाट ३० पोका प्लाष्टिकको पिस्तोलमा राखी पट्काउने पटका सहित संचालक बिनोद कुमार जैसवाललाई नियन्त्रणमा लिई जि.प्र.का.मा रहेको ।
६.    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(४ पालिखेचोक स्थित फोटो फ्रेम पसलबाट संचालक राम नारायण शाहलाई निम्न पटका सहित पक्राउ गरी जि.प्र.का.मा रहेको ।
निम्नस् :
१. खुर्सानी बम( ५०० प्याकेट                 
२. मछले छाप पटका – २५५ प्याकेट ।
३. वहिल क्याप पटका ( १६६ प्याकेट ।       
४. भईचम्पा ( ३३ प्याकेट ।
५.  रकेट बम( ११ प्यकेट ।                       
६. फुलझडी बम( ९७ पिस ।
७. आलु बम( १० प्याकेट ।                         
 ८. चकलेट बम( १८० पिस ।


मिति २०६९/०७/२९ गते ।

Sunday, November 11, 2012

अपराध गतिबिधी:धारिलो हतियार प्रहार गरी हत्या-Crime News

मिति २०६९/०७/२५ गते अ.:०० बजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ शान्तीपटन चोक बगैचा मार्गमा १५/२० जनाको समुहले धारिलो हतियार प्रहार एबं हातपात गरी जि। कास्की पोखरा  उ.म.न.पा.वडा नं.(६ गौरीघाट बस्ने बर्ष(१६ को मिथुन बि.क.लाई गम्भिर घाईते बनाई निजलाई तत्काल उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएकोमा ऐ.७:०५ बजे उपचारको क्रममा मृत्यु भएको, कुटपिटमा संलग्न रहेका ब्यक्तिहरु मध्ये निम्न ब्यक्तिहरुलाई वारदातमा प्रयोग भएको हतियार सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको । वारदातमा संलग्न अन्य ब्यक्तिहरुको खोजतलासको कारबाही भई रहेको तथा मृत शव पोष्टमार्टमको लागि प.क्षे.अस्पताल पोखरामा रहेको ।
निम्न:
१.    जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ बस्ने अं. बर्ष(१७ को रोहन ओली ।
२.    ऐ.बस्ने अं.बर्ष(१८ को राजु पाण्डे ।
३.    ऐ. बस्ने अं.बर्ष(१७ को संजय गुरुङ ।
४.    ऐ. बस्ने अं।बर्ष(१७ को देबेन्द्र पुन ।
५.    ऐ. बस्ने अं.बर्ष(१८ को लोकेन्द्र थिङ ।
६.    ऐ. बस्ने अं.बर्ष(१७ को सरोज जलारी ।
७.    ऐ. बस्ने अ.बर्ष(१७ को जिन्दगी भण्डारी  ।
८.    ऐ. बस्ने अं.बर्ष(१६ को मिलन जलारी ।
मिति २०६९/०७/२६ गते ।
District police office Kaski,Nepal

Monday, November 5, 2012

Man Arrested with Drugs-लागू औषध सहित मानिस पक्राउ


    भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन रघुनाधपुर बैजनाधपुर छौडदानो घर भई हाल जिल्ला तनहु छाङ्ग गा.वि.स. वडा नं. १ डेरा गरी बस्ने वर्ष ४८ को अशोक प्रसाद शाहले भारतको रक्सौलबाट अवैध लागू औषध खरिद गरी ल्याई लेखनाथ नगर क्षेत्रमा लागू औषध विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई कार्यालय पोखराबाट प्रहरी निरीक्षक विश्वराज सिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं. ७ तालचोकमा सवारी चेकजाँच गर्ने क्रममा निजले हाँकेको ग.४.प. ८६९३ नं. को कालो पल्सर मोटरसाईकल नियन्त्रणमा लिई तलासी लिने क्रममा मोटरसाईकलको डिकी भित्र लुकाई छिपाई राखेको अवैध लागू औषध नर्फिन ईन्जेक्सन १४४ थान, डाईजापाम ईन्जेक्सन १७१ थान, फेनरागन ईन्जेक्सन २११ थान, नगद नेपाली रुपैयाँ ३,००,०००।– (तिन लाख) र भारतीय रुपैयाँ २,१०,०००।– (दुई लाख दश हजार) सहित पक्राउ गरिएको । निजलाई लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Wednesday, October 31, 2012

लागु औषध फेन्सिडिल सहित पक्राउ -Crime News

अपराध गतिबिधी
दशै तथा दिपावलीको अवसरमा चालिएको सुरक्षा चेकिङको क्रममा यस जिल्ला अन्तर्गत जि.कास्की ले.न.पा. स्थित पृथ्वीराजमार्ग सडकमा कुकुर द्वारा चेकिङ गर्ने क्रममा भैरहवाबाट पोखरा तर्फ आई रहेको ना १८७९ नं. को बस चेकजांच गर्ने क्रममा लागु औषध फेन्सिडिल ५२ सि.सि. बरामद गरी सो ला.औ.खरिद गरि मगाउने जि.कास्की दाङसिङ गा.बि.स.वडा नं.( घर भई पोखरा उ.म.न.पा.वडा नं.( नयाबजार बस्ने बर्ष(३९ को बाबुराम गुरुङलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको

लागु औषध नाईट्रोसन सहित पक्राउ
 मिति २०६९/०७/१२ गते ११:०० बजेको समयमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१० अम्मरसिह चोकमा जि.कास्की घाचोक गा.बि.स.वडा नं.( बस्ने बर्ष(३८ को अजय भन्ने दिपक गुरुङलाई संकित अवस्थामा फेला पारी सरिर खानतलासी लिंदा निजको साथबाट ला.औ.नाईट्रोसन २८० चक्की बरामद एबं पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट म्यादथप अनुमती लिई लागु औषध मुद्दामा थप अनुसन्धान कार्य भई रहेको  

फरार प्रतिबादी पक्राउ
प्रहरी प्रतिबेदन जाहेरीले बादी नेपाल सरकार प्रतिबादी कुबेर सिंह पुन समेत भएको हातहतियार खरखजना मुद्दामा तत्काल फरार रहेका प्रतिबादी मध्येका जि।स्याङजा चिलाउनेबास गा।बि।स।वडा नं.( घर भई जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.( नागढुङगा बस्ने नरेन्द्र बहादुर गुरुङलाई मिति २०६९/०७/१३ गते पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा आवस्यक कारबाहीको लागि पठाईएकोमा निजलाई उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीको फैसला अनुसार बर्ष कैद ठेकिए अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशले सो अबधी भुक्तान गर्न कारागार कार्यालय कास्कीमा चलान गरिएको

जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा  
मिति २०६९।०७।१४ गते