Saturday, April 19, 2014

ठगी गर्ने पक्राउ-Pokhara News Nepal


जिल्ला स्याङजा सेतीदोभान घर भई हाल पोखरा १७ ड्यामसाईटमा डेरा कोठा गरी बस्ने बिष्णु पौडेलले जि। कास्की पोखरा ९ पृथ्वीचोकमा अव्दुल मोवाईल रिपेयरिङ पसल संचालन गरी बस्ने अव्दुल ईनाम मियालाई सापटी स्वरुप रु। १० लाख दिएको, केही महिना पश्चात निज बिष्णु पौडेलले उक्त सापटी दिएको रकम फिर्ता माग्दा निज अव्दुल मियाले अपी फाईनान्स र आमा मिलन बचत तथा ऋण सहकारी संस्थाको चेक दिएकोमा उक्त बैंकमा रकम लिन जांदा खातामा रकम नै नभएको हुंदा बिष्णु पौडेलले यस कार्यालयमा निवेदन दिएको हुंदा अव्दुल मियालाई मिति २०७१।०१।५ गते पक्राउ गरी आबश्यक अनुसन्धान अगाडि बढाईएको छ ।

मिति : २०७१/१/५ गते ।
प्र.ना.उ. राजेशनाथ बास्तोला
जिल्ला प्रहरी कार्यालय कास्की

 

No comments:

Post a Comment

Please, comment about this article.