Sunday, June 2, 2013

MURDERER CAUGHT-कर्तव्य ज्यान

Case : Murder
Date : 2069/12/23
Venue : Lekhnath Municipality - 13, Tallo Gagangauda, Grill Udhogh

Victim's Name : Prem Bahadur Karki


Criminal's Data :


Name : Hassan Ali Fakir (Nickname : Guddu)

Age : 26 years

Address : Siddharth Municipality, Ward no. 8 Basedaliya, Rupandehi
Father's Name : Haidar Ali


Reasons for Murder:

* Prem Karki had been frequently using vulgar slangs & threatening everytime

* Rs.50,000 had been on the deal for the murder of Prem Karki between the murderer & the victim's wife Sagar Karki.

* On the hope of earning money.


Details of the Murder

* The murderer Guddu had been working in Prem Karki's Grill as the Head employee. It has been clarified that the murder took place because of the bad behaviours of Prem Karki and the deal of the victim's wife for her husband's murder.

* Due to the chance of getting caught for the murder, the murderer first left his work, took his wage and fled to Bhairahawa on 2069/12/22 and returned back to Gagangauda in morning by a bus on 2069/12/23. He was estimated to have reached at the Dulegauda in around of 7pm. He was also estimated having Tea and relaxing for around 2 hours in a Hotel located in Dulegauda. Later, at the time of around 9-10pm he came at the Grill factory.

* He was having some talks with Prem Karki and as soon as the right opportunity came, he grabbed a hammer which was placed at the office before the incident and striked the victim from the back.

*After the strike the victim laid down and began to scream loud. Then the murderer grabbed a knife and beheaded the victim and left the dead body in the victim's bedroom beside the bed putting a blanket over the body.
* He stayed overnight at the factory and washed away the blood stains which laid on his clothes, body and the weapon. In around of 4am he left the factory from the main entrance locking it from the outside.

* In the further investigation after the police complain, District Police Office, Kaski, the police team arrested Guddu named Hassan Ali Fakir from Bhairahawa on 2070/02/17.




मुद्धा : कर्तव्य ज्यान
घट्ना मिति : २०६९।१२।२३ गते ।
स्थान : लेखनाथ नगरपालिका १३ स्थित तल्लो गगनगौडा ग्रिल उद्योग 
मृतकको नामथर : प्रेम बहादुर कार्की

अभियूक्तको परिचय :
नाम : हसन अलि फकिर (उपनाम गुडुडु)
उमेर : २६ वर्ष
ठेगाना : सिद्धार्थ नगरपालिका वडा नं. ८ बसेदलिया रुपन्देही ।
बाबुको नाम : हैदर अलि

घट्नाको कारण :
  • मृतक प्रेम कार्कीले समय समयमा अपशव्द प्रयोग गरी गाली गलौज गर्ने डर धाक धम्की दिने गरेको हुँदा मौका पाएमा प्रेम कार्कीलाई मारि दिन्छु भन्ने रिसईवी राखेको । 
  • मृतक प्रेम कार्कीको श्रीमती सागर कार्कीले निज अभियूक्तलाई मेरो श्रीमानको ज्यान मारे वापत रु. ५० हजार दिन्छु भनि प्रलोभनमा पारेको ।
  • मृतक प्रेम बहादुर कार्कीसँग तत्काल भएको रकमको प्रलोभनमा परी ।
 घट्ना बिवरण:
  •  गुडुडु भन्ने हसन अलि फकिर मृतक प्रेम बहादुर कार्कीको ग्रिल उद्योगमा मुख्य मिस्त्रीको रुपमा काम गर्दै आईरहेकोमा मृतक प्रेम बहादुर कार्कीले मिस्त्रीलाई समय समयमा अपशव्द प्रयोग गरी गाली गलौज गर्ने, डर धाक धम्की दिने गरेको हुँदा कुनै मौका पाएमा प्रेम बहादुर कार्कीलाई मारि दिन्छु भनि निज अभियूक्त हसन अलि फकिरले योजना बनाई रहेको अवस्थामा मृतकको श्रीमती सागर कार्कीले समेत आफनो श्रीमानलाई मारी दिएमा रु. ५० हजार दिन्छु भनि प्रस्ताव राखे पछि उक्त रकम समेतको प्रलोभनमा हत्या गर्ने मनस्थिति बनाएको  बुझिन्छ ।
  • सो हत्यालाई मूर्त रुपमा दिन योजना तय गर्ने क्रममा आफु त्यही बसी हत्या गरेमा पक्राउ पर्न सक्ने हुँदा काम छाडने वहाना गरी साहु सँग हिसाव मिलाई २०६९/१२/२२ गते बिहीवार अभियूक्त गगनगौडाबाट भैरहवा गएको र पुन : मिति २०६९/१२/२३ गते बिहान भैरहवाबाट बस चढी अं. १९:०० बजेको समयमा दुलेगौडा चोकमा झरेको । दुलेगौडामा चोकमा रहेको होटलमा गई चिया खाई अं. २ घण्टा सोही स्थानमा बिताएर सोही रातको करिव साढे ९ देखि १० बजेको समयमा मृतक प्रेम बहादुर कार्कीको ग्रिल उद्योगमा आएको अनुसन्धानबाटखुलेको छ ।
  • ग्रिल उद्योगमा आई मृतक प्रेम बहादुर कार्की सँग केही समय कुराकानी गरे पछि उपयूक्त समय मिल्ना साथ ग्रिल उद्योग भित्र रहेको अफिस कोठा बाहिरको भागमा पहिले देखि नै तयार पारी राखेको घन उठाई पछाडिबाट मृतक प्रेम बहादुर कार्कीको टाउकोमा प्रहार गरेको ।
  •  प्रहार पछि निज मृतक छटपटाई आवाज निकाल्न लागे पछि सव्जी काट्ने छुरी ल्याई घाटी रेटी अचते अवस्थामा पु¥याई अभियूक्त हसन अलि फकिर स्यवंले बोकी मृतकको सुत्ने कोठामा वेडको छेउको भुईमा सुताई सिरक ओडाई छाडेको ।
  • निज अभियूक्त उक्त रातभरि सोही उधोगमा बसी आफनो शरिर, कपडा, हतियारहरुमा लागेको मृतकको रगत धोई पखाली गरी बिहान ४ बजेको समयमा उद्योगबाट निस्की ग्रिल उद्योगको मूल गेटमा बाहिरबाट चावी लगाई भागी फरार रहेको व्यहोरा समेत अनुसन्धानबाट बुझिन आएको छ ।
  • यस कार्यालयमा पर्न आएको जाहेरीको आधारमा अनुसन्धान एवं खोजतलास गर्दे जाँदा गर्ने क्रममा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले निज अभियूक्त गुड्डु भन्ने हसन अलि फकिरलाई भैरहवा एरियाबाट मिति २०७०//१७ गते पक्राउ गरेको । 

No comments:

Post a Comment

Please, comment about this article.