Wednesday, February 1, 2012

नेपाली राष्ट्रियता खतरामा परेको निष्कर्ष

प्रथम राष्ट्रिय भेलाको तयारी गरिरहेको भरत दाहाल नेतृत्वको ने.क.पा. (माओवादी) ले नेपालमा अमेरिकी सामा्रज्यवाद र भारतीय बिस्तारवाद लगायतका विदेशी शक्तिहरुको हस्तक्षेप बढेको निष्कर्ष निकाल्दै यही कारण नेपाली राष्ट्रियता खतरामा परेकाले आम देशभक्त, राष्ट्रवादी र परिवर्तनका पक्षधर शक्तिहरुलाई एकजुट भई राष्ट्रिय मुक्ति आन्दोलनमा लाग्न आव्हान गरेको छ ।

पार्टीको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्न गठित केन्द्रीय कार्य सम्पादन समितिर उपलव्ध राष्ट्रिय सम्मेलन तयारी समितिका सदस्यहरुको बुधबार पोखरामा सम्पन्न संयुक्त बैठकले यस्तो आव्हान गरेको हो । साथै सो बैठकले नेपालमा गम्भीर दुर्घटनाको सम्भावना बढिरहेको औंल्याउदै यस्तो सम्भावित दुर्घटनाकाविरुद्ध सबै नेपाली जनतालाई एकजुट हुन पनि भरत दाहाल नेतृत्वको माओवादीले अनुरोध गरेको छ । नेपालमा सर्वहारा वर्गको मुक्ति र उत्पीडित वर्गको राज्यसत्ता प्राप्तिका लागि अझै पनि दीर्घकालीन जनयुद्धको आवश्यकतालाई जोड दिंदै त्यसको तयारीका क्रममा नेपालमा राष्ट्रिय मुक्ति आन्दोलन थालनी गर्न ढिलाई गर्न नहुनेमा बैठकले जोड दिएको छ । सो बैठकले मुलुकमा हुन लागिरहेको सम्भावित दुर्घटनाकाविरुद्ध प्रतिरोध गर्न व्यापक र जुझारु कार्यक्रमहरु तयारी गर्नुपर्ने भएकाले तयारी नपुगेको भन्दै प्रथम राष्ट्रिय सम्मेलन एक महिना पछि सारेको छ । बैठकले यही माघ २३, २४ र २५ गते कैलालीको धनगढीमा गर्न लागिएको प्रथम राष्ट्रिय सम्मेलनको मिति परिवर्तन गरी फागुन २६, २७ र २८ गते कैलालीमा नै गर्ने निर्णय पनि गरेको
छ ।
त्यस्तै पार्टीका संयोजक भरत दाहालद्वारा प्रस्तुत प्रस्तावित विधान र राजनीतिक दस्तावेज लगायतका अन्य विभिन्न प्रस्तावहरुलाई पनि बैठकले सुझावसहित पारित गरेको छ । उल्लेखित विधान र राजनीतिक दस्तावेजलाई आगामी फागुन २६ देखि २८ सम्म कैलालीको धनगढीमा हुने प्रथम राष्ट्रिय भेलामा कार्यान्वयानार्थ पेश गरिने पार्टी संयोजक भरत दाहालले जानकारी दिनुभयो । त्यस्तै सोही बैठकले पार्टीको राष्ट्रिय मुक्ति आन्दोलनको अभियानलाई व्यापक रुपमा
प्रभारप्रसार गर्न विभिन्न टोलीहरु बनाएर गाउ“–गाउ“, चोकचोक र कुनाकुनामा पुग्ने निर्णय पनि गरिएको छ । सोही क्रममा कोणसभा, सम्मेलन, बैठक, भेला जनभेटघाट र प्रशिक्षण गरिने भएको छ भने पार्टीको राष्ट्रिय सम्मेलन सफल
पार्न स्वेच्छिक आर्थिक संकलन अभियानलाई तीब्रता पारिने भएको छ । त्यस्तै आगामी फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय पनि बैठकले गरेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.