Tuesday, January 31, 2012

CRC(Control Room cycle) वगर प्रहरीद्वारा साईकल गस्ती


CRC(control Room Cycle)
                 पोखरा उपत्यका स्थित जुनसुकै स्थानहरुमा कुनै पनि घटनामा १० मिनेट भित्र पुग्न सक्ने अवधारणा अनुरुप विगत वर्षहरु देखि परिचालित CRV(control Room Vehicle) को सवारी साधन बेलाबेलामा विग्रन गई जनअपेक्षा एवम CRV अवधारणा अनुरुप प्रहरी सेवा प्रदान गर्न असहज परिस्थितिमा वडा प्रहरी कार्यालय वगरले केही हदसम्म भएपनि सोही अवधारणा अनुरुप पोखरा उप महानगरपालिका वडा नं.१,२ र ३ मा आजै देखि परिचालित हुने गरी CRC(Control Room Cycle)सेवा परिचालन गरेको छ ।

      जिल्ला प्रहरी कार्यालय कास्कीको प्रत्यक्ष मातहतमा परिचालित हुने गरी गाडी विग्रीएको अवस्थामा गाडीको पुरक सवारीको रुपमा CRC सञ्चालन गरिएको हो, जसले आकस्मिक समयमा तत्काल सेवा प्रवाह गर्न महत्वपुर्ण भुमिका खेल्ने जनाईएको छ । गाडी जान नसक्ने भित्री सडक खण्डहरुमा समेत पुगी जनतालाई सुरक्षाको प्रत्याभुती दिन CRC अत्यन्त प्रभावकारी हुने हुदाँ वडा प्रहरी कार्यालय वगरबाट ५ वटा, CRV विन्दवासिनीमा ५ वटा र अस्थायी प्रहरी पोष्ट नदीपुरमा २ वटा गरी जम्मा १२ वटा साईकलवाट प्रहरीले २४ सै घण्टा गस्ती गरी जनतालाई सुरक्षा प्रत्याभुत गरी Result oriented प्रहरी सेवा प्रदान हुने अपेक्षा गरिएको छ । साथै निकट भविष्यमा CRV लामाचौरमा समेत सोही तवरले साईकल गस्ती CRC परिचालन गरिने योजना समेत रहेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.