Saturday, September 10, 2011

Crime News Pokhara

फोन मार्फत धम्की दिई पैसा माग्ने अभियुक्तहरु कटुवा पेष्टोल सहित  पक्राउ:

१)    मिति २०६७।११।१७ गते पोखरा –१४ कुँडहर बस्ने व्यवसायी रिव बहादुर थापाको बा.८.च. २८२८ नम्बरको गाडीमा गोली प्रहार गरी, पटक पटक फोन मार्फत धम्की दिई पैसा माग गरेको घट्ना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा सो घट्नामा भरतपोखरी गा.वि.स. वडा नं. ३ बस्ने वर्ष २७ को ऋषिराम भण्डारीको संलग्नता रहेको र निज काठमाण्डौ जोरपाटी तिर लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा यस प्रहरी कार्यालयबाट सादा पोशाकमा प्रहरी टोली खटिई गई निज ऋषिराम भण्डारीलाई मिति २०६८/०५/२२ गते काठमाण्डौबाट पक्राउ गरिएको ।

२)    ऋषिराम भण्डारीसँग सोधपुछको क्रममा घट्नामा आफु संलग्न रहेको स्वीकार गरेको र उक्त घट्नामा प्रयोग गरिएको कटुवा पेस्तोल थान २ र एै. को गोली १ राउण्ड घट्ना पश्चात ले.न.पा. १ भण्डारढिकमा लुकाई राखेको जानकारी दिएको । (सोही अनुसार उक्त स्थानबाट कटुवा पेस्तोल थान २ र एै. को गोली १ राउण्ड वरामद गरिएको)

३)    घट्नामा आफु लगाएत ले.न.पा. २ बस्ने वर्ष २८ को दिपक मल्ल, लेखनाथ भण्डारढिक बस्ने वर्ष २८ को सशंक भट्टराई र पोखरा ८ न्यूरोड बस्ने वर्ष ३८ को दिपक क्षेत्रीको संलग्नता रहेको बयान दिए लगतै दिपक मल्ललाई मिति २०६८/०५/२३ गते पक्राउ गरि दुवै जनालाई हातहतियार तथा खरखजनामा मुद्धा चलाईएको । 

४)    ऋषिराम भण्डारीले दिएको बयान अनुसार यस घट्नाको योजनाकार दिपक क्षेत्री रहेको, निजले पटक पटक आफुलाई रिव बहादुर थापाले दुःख दिने, अन्याय गर्ने गरेको र निज रिव बहादुर थापालाई पाठ सिकाउनु पर्दछ, फोनमार्फत धम्की दिने र पैसा माग्नु पर्छ र त्यसको लागि हतियारको पनि आवश्यकता पर्दछ भनि भनेकोमा सोही अनुसार ऋषिराम भण्डारी र दिपक क्षेत्री हतियार किन्न दिपक क्षेत्रीको गाडीमा विरगंज नाका हुँदै ईन्डिया पुगेको । उक्त ठाउँमा ऋषिराम भण्डारीले वर्कशप चलाउँदा चिनजान भएको पिन्टु भन्ने इन्डियनसँग कुरा गरि पिन्टु द्धारा रु. ५ हजारमा १ थान कटुवा पेस्तोल किनि ल्याएकोमा सो पेस्तोल काम नलाग्ने भएपछि पुनः रु. ३ हजार थपी अर्को १ थान कटुवा पेस्तोल र ३ राउण्ड गोली किनि ल्याएको । उक्त रुपैया ऋषिराम भण्डारी र सशंक भट्टराई मिली तिरेको । त्यसपश्चात मिति २०६७/११/१७ गते राती अं. ८ बजेको समयमा ऋषिराम भण्डारीले उक्त कटुवा पेस्तोल लिई रिव बहादुर थापाको घर अगाडि गई गोली प्रहार गरेको । गोली हानी सकेपछि ऋषिराम भण्डारीले उक्त पेस्तोलहरु दिपक मल्ललाई राख्न दिएको । सो पश्चात निजले फोन मार्फत धम्की दिई २ करोड रुपैयाँ माग गरेको र यो क्रम लगभग एक महिना सम्म निरन्तर रुपमा छुट्टा छुट्टै सिम र व्यक्तिहरु प्रयोग गरि गर्ने गरेको । ( पैशा माग्ने क्रम बार्गेनिङ हुंदै २ करोड देखि शुरु भई अन्तिममा रु ५० लाख सम्ममा झरेको ।

५)    अनुसन्धानको क्रममा ऋषिराम भण्डारी र दिपक मल्ललाई मिति २०६७/१२/२१ गते शंकाको आधारमा पक्राउ गरिएकोमा कुनै प्रमाण नभएको कारण सार्वजनिक मुद्धा चलाई धरौटीमा छुटेको । त्यस समय पक्राउ हुंदा निजहरुले प्रयोग गर्ने गरेको सिमकार्ड सवै गादीवाट फाली दिएको । छुटे पछि ऋषिराम भण्डारीले दिपक मल्लको घरमा गई उसको श्रीमतीसँग उक्त हतियारहरु मागि ले.न.पा. १ भण्डारढिक नजिक लुकाई राखेको ।

६)    सोही लगतै मिति २०६८/५/२३ गते गते राती अं. ९ बजेको समयमा सशंक भट्टराई र दिपक क्षेत्रीलाई समेत पक्राउ गरिएको ।

पक्राउमा परेका अभियूक्तहरु:
१)    भरतपोखरी ३ बस्ने वर्ष २७ को विक्रम भन्ने ऋषिराम भण्डारी ।
    – घट्नामा गोली हान्ने र फोनमा पटक पटक धम्की दिई पैसा माग्ने ।
२)    ले.न.पा. २ बस्ने वर्ष २८ को दिपक मल्ल ।
    – फोन मार्फत धम्की दिई पैसा माग्ने ।
३)    लेखनाथ भण्डारढिक बस्ने वर्ष २८ को सशंक भट्टराई
    – पेस्तोल लुकाई राख्ने र पेस्तोल किन्नमा संलग्न ।
४)    पोखरा ८ न्यूरोड बस्ने वर्ष को वर्ष ३८ को दिपक क्षेत्री
    – घट्नाका योजनाकार र फोन मार्फत पैसा माग्ने ।

    मिति २०६८/५/२३ गते पोखरा उप.म.न.पा. वडा नं. ६ बैदाम वाराहीचोकबाट का.म.न.पा. वडा नं. २ बस्ने वर्ष ४१ को शरद थपलियालाई ठ।टद्द लेखिएको गोली थान १ सहित पक्राउ गरि हा.ह. तथा ख.ख. मुद्धा चलाईएको ।
    मिति २०६८/०५/२३ गते गोप्य सुचनाको आधारमा पोखराका विभिन्न स्थानहरुमा गुण्डागर्दिमा सलग्न रहि धम्की दिने, पैसा उठाउने र ठेक्का पट्टामा सलग्न रहि आएका पोखरा–१७ विरौटा वस्ने रविन गुरुङ्ग ( भाले ) लाई पक्राउ गरिएको र निजका सम्वन्धमा उजुरी र गुनासो भएमा जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्नु हुंन अनुरोध ।

फरार अभियूक्त पक्राउ:

–    सिन्दुजुरेमा भएको डाँका चोरी मुद्धाका फरार अभियूक्त जि. पर्वत तिलाहा ७ घर हुने वर्ष     २० को दिपेन्द्र लामिछानेलाई मिति २०६८।५।२४ गते बिहान ६ः०० बजेको समयमा पक्राउ     गरि आवश्यक अनुसन्धान कारवाही भईरहेको ।

जिल्ला प्रहरी कार्यालय कास्की ।

No comments:

Post a Comment

Please, comment about this article.