Friday, June 11, 2010

FIFA WORLD BEGINS FROM 11JUNE,2010

बिश्वकप फुटवलका लागि खेलप्रेमीहरुको पार्खाइको समय चार वर्षको अन्तरालपछि आज सकिदैछ । पहिलो पटक दक्षिण अफ्रिकाले आयोजना गरिरहको १९ औ बिश्वकप फुटवलको पहिलो खेल जोहनसवर्गस्थित सकर सिटी स्टेडियममा हुनेछ ।बिश्वकपको पहिलो खेल आज समुह ए बाट चार टिम बीच प्रतिस्पर्धा हुनेछ । समुह ए मा रहेको आयोजक राष्ट्र दक्षिण अफ्रिकाले पहिलो खेलमा ल्याटिन अमेरिकी राष्ट्र मेक्सिको सामना गर्दैछ । कुल ३२ राष्टको सहभागिता रहेको बिश्वकपमा आयोजक राष्ट्र दक्षिण अफ्रिकाले यसअघि दुइ पटक सहभागिता जनाइसकेको छ भने मेक्सिकोले हाल सम्म १४ पटक बिश्वकपमा सहभागिता जनाइसकेको छ । यसअघि अफ्रिकाले सन् १९९८ र २००२ मा सहभागिता जनाइसकेको छ । दक्षिण अफ्रिकी राष्ट्रका लागि उद्घाटनका क्रममा हुन सक्ने दुर्घटनालाइ निस्तेज पार्न दक्षिण अफ्रिकी सरकारले सुरक्षास्थितीमा कडाइ गरेको छ । अप्रिय घटना हुन नदिन दक्षिण अफ्रिकी सरकारले ४१ हजार भन्दा बढिको संख्यामा सरक्षाकर्मी परिचालन गरेको छ ।सकरसिटी स्टेडियम समुन्द्री सतह भन्दा एक हजार ७ सय ५३ मीटरको उचाइमा रहेको छ । उद्घाटन खेल हुने सकर सिटी स्टेडियममा एकै पटक ९४ हजार ७ सय खेलप्रेमीले प्रत्यक्ष खेलको आनन्द लिन सक्नेछन् । त्यसैगरि मध्यरातमा हुने दोस्रो खेलमा ग्रुप ए मै रहेको उरुग्वेले केपटाउन शहरमा सन् १९९८ को बिश्वकप बिजेता फ्रान्सको सामना गर्दैछ । बिश्वकप फुटवलको सन् १९३० मा पहिलो पटक उरुग्वेबाटै शुरु भएको थियो । पहिलो पटक आयोजना गरिरहेको बिश्वकपका लागि अफ्रिकाले कुल दसवटा फुटवल स्टेडियमको निमार्ण गरेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.