Saturday, May 15, 2010

आगामी जेठ १४गणतन्त्र दिवस मनाउनमूल समारोह समिति गठन

आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउनका लागि सरकारले गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित समितिमा प्रधानन्यायधीश, संविधान सभाध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्व प्रधानन्याधीशहरु, सभासदहरु लगायत ९ सय ९९ सदस्यहरु रहेका छन् । गणतन्त्र दिवसबारे कार्यक्रमको निर्धारण गर्न प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बुधबार सिंहदरबार बसेको बैठकले तीन दिने गणतन्त्र दिवस सम्बन्धि कार्यक्रमको प्रस्ताव समेत पारित गरेको छ । पारित कार्यक्रमअनुसार जेठ १४ गते प्रचारात्मक कार्यक्रमहरु गर्ने, १५ गते सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र नागरिकहरुको सहभागितामा उत्सव मनाउने र १६ गते पुरस्कार वितरण तथा दीपावली गर्ने तय गरिएको छ । बैठकमा बौल्दै प्रधानमन्त्री माधवकुमार नेपालले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस र गणतन्त्र दिवसमध्ये कुनै एक दिवसलाई सर्वोपरि महत्व दिएर राष्ट्रिय दिवसका रुपमा मनाउने विषयमा मन्त्रिपरिषद्मा छलफल भैरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री नेपालले गत वर्ष शिलान्यास भएको गणतन्त्र स्तम्भ विभिन्न अवरोधका कारण निर्माण हुन नसकेको बताउनुभयो । गणतन्त्र फाउण्डेसन समेत प्रभावकारी हुन नसकेको गुनासो प्रधानमन्त्रीको थियो । नेपालमा एउटै निर्माण कार्यको १० पल्ट उद्घाटन हुने तर कार्य सम्पन्न नहुने अवस्था रहेको भन्दै प्रधानमन्त्री नेपालले असन्तुष्टी व्यक्त गर्नुभएको थियो ।
बैठकमा उपस्थित व्यक्तिहरुले गणतन्त्र दिवसलाई प्रभावकारी बनाउन सहिद परिवारको सहभागिता, झाँकी व्यवस्थापन र जनसहभागिता सम्बन्धि सुझावहरु दिएका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.