Wednesday, May 12, 2010

बम राखी जनयुद्धको सुरुवात भएको उद्घोष



आफूलाई नेपाल कम्युनिस्ट पार्टी मालेमाका दाङ जिल्ला इञ्चार्ज बताउनेआजाद नाम गरेका व्यक्तिले तुलसीपुर बजारमा बम राखीजनयुद्धको सुरुवात गरेको दावी गरेका छन् स्थानीय सञ्चारमाध्यममा टेलिफोन गरी उनलेजनयुद्धको सुरुवातका लागि बम राखिएको भन्दै जिम्मेवारी लिएका हुन् सामन्तवादी दक्षिणपन्थीविरुद्ध युद्व घोषणा गरिएको दावी गर्दै आजादले आफ्नो पार्टीको केन्द्रीय अध्यक्ष प्रवल विद्रोही भएको दावी गरेका छन् तुलसीपुर नगरपालिका स्थित विजय फर्निचर बाहिर मंगलबार एक क्यान बम फेला परेको थियो उक्त बमलाई तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्वर बाहिनीबाट गएको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको थियो

No comments:

Post a Comment

Please, comment about this article.