Thursday, March 4, 2010

राष्ट्रिय सरकार निर्माण नभए देश ठुलो द्धन्द्धमा फस्छ


पोखरा,१९ फागुन
एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भटटर्राईले रेडियो गण्डकी ९०.२ मेगा हर्ज पोखराको दोस्रो वाषिर्कोत्सवको अवसरमा बोल्दै उहाले राष्ट्रिय सरकार नबने संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षा नपुग्ने दावी गदै डा भटटर्राईले भन्नुभयो-” राष्ट्रिय सरकार निर्माण नभए देश ठुलो द्धन्द्धमा फस्छ ।”नेता भटटर्राईले दलहरु पुरानै ढङगले कुर्ची हत्याउने प्रवत्ति र राष्ट्रको ढुकुटी मा हालीमुहाली गर्नै दाउमा लाग्ने हो भने संविधान पनि नवन्ने र शान्ति प्रक्रिया पुरा हुने चेतावनी दिनुभयो ।उहाँले मंगलबार शिर्ष नेतृव संगको बैठकबाट निकास निष्कनेमा उत्साही नभएको बताउदै “दलगत मात्रै नभई गुटगत स्वाथमा हावी भएको पाएको भन्दै यस्तै अवस्था भए देश ठूलो दुर्घटना तर्फजाने निश्चित छ । नेता भटटर्राईले सवै पार्टीभित्रका देशभक्त र अग्रगामी विचारहरु विचको एकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो-देशभक्त र अग्रगामी विचार विच एकता भए संकटलाई पार लगाउदै सयममै संविधान निर्माण हुने विश्वास ब्यक्त गनूभयो । परानै मान्छेले नयाँ टोपी लगाएर रजाई गर्ने हो भने नयाँ नेपाल बन्न नसक्ने बताउदै नेता भटटर्राईले अहिले द्धन्द्ध अगाडि जाने कि पछाडि जाने भन्नेकहरुका विच भएको स्पष्ट पार्नुभयो । । सञ्चारक्षेत्रमा ठूला घरानियाले लगानि गरेका कारण प्रेस जगत आफनै खुटटामा उभिन नसक्दा स्वतन्त्र हुन नसकेको बताउनुभयो ।स.ञ्चार क्षेत्रमा ब्यत्तिलगत लागनीमा नभई सहकारी मुलक लागनीमा सञ्चारमाध्यम संचालन गर्नुपर्ने खाचो औल्याउदै ब्यक्तिको लगानि हुदाँ निहित स्वार्थमा प्रयोग भएको उल्लेख गर्नुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.