Thursday, May 31, 2012

केफमा श्रद्धाञ्जली कार्यक्रम (KEF Higher Secondary School Pokhara)


       पोखराको बगर स्थित केफ उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्र राजकुमार परियारको असामयिक निधन प्रति बिहीवार विद्यालय प्राङ्गणमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
       शारीरिक रूपमा अशक्तता खेप्दै आएका मिलनसार, लगनशील तथा कर्तव्यनिष्ठ एवं चित्रकारितामा प्रखर छात्र राजकुमार परियारको नामबाट विद्यालयले राजकुमार स्मृति चित्रकला पुरस्कारको स्थापना गरेको श्रद्धाञ्जली सभामा विद्यालयका प्राचार्य डिल्लीराम अधिकारीले जानकारी गराएका थिए । यो पुरस्कार वर्षभरिमा विद्यालयबाट चित्रकलामा उत्कृष्ठ ठहरिने एक जना विद्यार्थीलाई प्रदान गरिने समेत प्राचार्यले बताए । एक मिनेटको मौन धारणबाट सुरुवात भएको शोक सभामा विद्यालयका निर्देशक लोकराज भण्डारी, प्राचार्य डिल्लीराम अधिकारी, कक्षा शिक्षक हरिमाया आचार्य र समकक्षी छात्रा विनिता पराजुलीद्वारा शोक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सह–क्रियाकलाप संयोजक रेशमप्रसाद ढकालले गरेका थिए । पिता गंगाबहादुर परियार र माता चिजकुमारी परियारका पुत्र राजकुमार परियार वि.सं.२०५९ साउन २० गते घान्द्रुक–३, हुँदुमा जन्मिएका थिए । स्व.राजकुमार परियारको यही जेठ ११ असामयिक निधन भएको थियो ।

Wednesday, May 30, 2012

Accident Discription Kaski,Pokhara



१) आज मिति २०६९।२।११६ गते बिहान अन्दाजी ०७ः५५ बजेको समयमा जिल्ला कास्की स्थित हरिचोक बाट हेम्जा जांदै गरेको ना.३ ख.५३०९ नं.को माईक्रोबस र हेम्जा बाट पोखरा तर्फ आउंदै गरेको ग६प ६८९९ नं.को मोटर साईकल जिल्ला कास्की पोखरा १ जौबारीमा एक आपसमा ठक्कर खांदा उक्त मोटर साईकलमा सवार गरेका जिल्ला पर्वत हुवास ९ बस्ने बर्ष ४० का लिलाराज भुर्तेलको घटना स्थलमा नै मृत्यू भएको र घाईते टेकराज भुर्तेललाई वडा प्रहरी कार्यालय वगरबाट खटी गएको प्र.नि. सहितको टोली उपचारको लागि पश्चिमांचल क्षेत्रीय  अस्पतालमा पठाईएको । उक्त नं.को माईक्रोबस तथा चालकलाई आबश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको ।

२) आज मिति २०६९।२।१६ गते बिहान अन्दाजी ०७ः०० बजेको समयमा जिल्ला पर्वत ठापाठाना १ बस्ने ख्यामु थापा जिल्ला कास्की स्थित नदीपुरबाट फुलवारी तर्फ साईकलमा जांदै गरेको अबस्थामा मणिपाल जाने सेतीको पुलको रेलीङ्गमा ठक्कर खाई सेतीको खोचमा खसेको अबस्थामा तत्काल वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक भुवनेश्वर तिवारीको कमाण्डमा उद्धार टोली खटीई गई ख्यामु थापालाई सकुसल उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पताल पु—याइएको ।

Marijuana अवैध रुपमा उम्रिएको गाँजा नष्ट


१)              मिति २०६९।२।१७ गते बिहान ०९:०५ बजेको समयमा सार्दीखोला– १ मा रहेका स्थानिय ७÷८ घर आसपासमा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. डेढ क्वीन्टल स्थानीय युवा क्लव, आमा समूह, विद्यार्थी, शिक्षक, नागरिक समाज र अस्थायी प्रहरी पोष्ट सार्दीखोलाको संयूक्त सहभागितामा नष्ट गरिएको ।

२)              मिति २०६९।२।१७ गते बिहान ०९:४० बजेको समयमा घाचोक गा.वि.स.को वडा नं. ३ र ८ को वडा एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. १ क्वीन्टल स्थानीय आमा समूह, शिक्षक, विद्यार्थी, नागरिक समाज र प्रहरी चौकी घाचोकको संयूक्त सहभागितामा नष्ट गरिएको ।

Monday, May 28, 2012

विश्वकर्मा समाज नेपालको अधिवेशनका लागि आयोजक समिति गठन


       आउँदो भदौ १२ गते हुने विश्वकर्मा समाज नेपालको दोस्रो अधिवेशन सम्पन्न गर्नका लागि आयोजित एक भेलाले समाजका अध्यक्ष गणेश बराइलीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन गरेको छ ।
       पूर्व व्यवस्थापिका संसदका सभासद् चुडामणि जंगलीको प्रमुख आतिथ्यतामा भएको भेला समाजका अध्यक्ष गणेश बराइलीको सभापतित्वमा भएको थियो ।
       पश्चिमाञ्चलका सम्पूर्ण जिल्लाहरु समेटेर गर्न लागिएको अधिवेशनले विश्वकर्माहरु सदियौंदेखि दविएर उत्पीडनमा परेको र उनीहरुको आवाज राष्ट्र समक्ष पु¥याई संघीय राज्यमा उनीहरुको हक, अधिकार सुनिश्चित गर्ने कार्यको लागि सजिलो पर्ने र राष्ट्रव्यापी रुपमा आवाज बढाउन सकिनेछ ।
       प्रमुख अतिथि चुडामणि जंगलीले भौतिक विकासले चेतनाको विकास हुन्छ, यस समाजका युवा वर्गहरु जातीय उत्पीडनका कारण अन्य पेशा व्यवसाय अपनाएका छन्, युवा वर्गलाई प्रशिक्षित गराई आफ्ना हक अधिकारका लागि अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
       उहाँले भारतीय संविधान निर्माता डा.भिम राव अम्वेडकरले मजदुर, गरीब, शोषित, पीडित, दलनमा परेका छन्, यिनीहरुलाई ६० प्रतिशत आरक्षण दिनुपर्छ भन्ने अडान लिएको बताउँदै अहिले नेपालमा त्यही दलन शब्दलाई दलितमा परिणत गरी राजनीतिक दलहरुले असाध्यै प्रयोग गरेका छन र विश्वकर्मा एवं दलितहरुको मुक्ति नहुने कुरा बताउनुभयो । उहाँले विश्वकर्माहरुले राज्य नै मागेका छैनन्, केवल हक, अधिकार र श्रमको उचित मूल्य मात्र मागेका हुन् भन्नुभयो ।
       भेलामा ऋषिराम विश्वकर्मा, बमबहादुर घताने, डिलबहादुर खड्का, बाबुलाल घिमिरे, गोविन्द घताने, पूर्णबहादुर दीयाली, रामलाल सुनार, खरीलाल विश्वकर्मा, कमल लामगादे, दीपेन्द्र सुनार, धनबहादुर विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।
       सभापति गणेश बराइलीले राजनीतिक पार्टीहरुले विश्वकर्माहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको र उनीहरुको हक अधिकार एवं सदीयौंदेखिको शोषणबाट मुक्त गर्न नचाहेको बताउँदै अब हाम्रो आवाज सशक्त पार्दै अगाडि बढ्ने बताउनुभयो ।
       सम्पूर्ण कलामा निपूर्ण विश्वकर्माहरु देश निर्माणमा अग्रस्थानमा रहँदा रहँदै पनि शिल्पकारी इतिहासलाई अन्य जातिहरुमा सीप हस्तान्तरण भएको तर दलितको विल्ला मात्र रहेकोले कति वर्ष सम्म त्यो विल्ला भिर्ने हो ? सम्पूर्ण विश्वकर्माहरुले बेलैमा सोच्नुपर्ने बताउँदै सचिव चन्द्र किशोर गौतमले अब समाज अगाडि बढ्ने विश्वास दिलाउँदै सबै जुट्नुपर्ने बताउनुभयो ।
       आगामी शनिवार भेला आयोजक समितिको बैठक बसी विभिन्न उपसमितिहरु गठन गर्ने र कार्य विभाजन गर्ने बताइएको छ ।

Saturday, May 26, 2012

DAIHATSU TERIOS 4x4 PLAY Your WILD SIDE IN POKHARA

TERIOS
TERIOS 5 SEATER
A True Japanese Masterpiece,where the theme "We make it compact" is true in all sense.With an extremely fuel  efficient engine and a compact body it is ideal for the narrow streets of Nepal. These cars are made in Japan but are most suited for Nepal from its cost of maintenance,price to service to after sales Daihatsu stands tall in all aspects and Terios has till date.the best resale value among all premium cars available in Nepal and is the highest selling 4x4  SUV.
TERIOS 5 SEATER INTERIOR
TERIOS
A Sporty ,Modern Interior with High Quality



Spesifications

Seating Dimensions (l*W*h)
Person
5
7
Interior Dimensions (l*W*h)
mm
4055x1695x1690
4370x1695x1740
Wheelbase
mm
2580
2685
Min. Ground Clearance
mm
200
200

Weight

Kerb Weight
Kg
1120
1190
Gross Vehicle Weight
Kg
1750
1800

Engine & Transmission

Engine Type

          4, Cylinder,16 valve, DOHC, DVVT
Bore stroke
mm
                                72.0x91.8
Fuel System

                EFI(Electronic Fuel Injection)
Fuel Tank Capacity
Ltrs
                                         50
Transmission
5M/T
Forward 5 speed manual, all synchromesh
Total Displacement
cc
                                      1495

Performance

Max. Output
Kw/rpm
                                     77/6000
Max. Torque
Nm/rpm
                                    140/4400

Steering

Steering Type

Rack & Pinion with power- steering
Min. Turning Radius
M
4.9
5.2

Suspension

Suspension
Front
Macpherson Struts with coil spring
Suspension
Rear
5-link rigid axle with coil spring

Brakes

Brakes
Front
Disc brakes with booster
Brakes
Rear
Drum brakes, Leading & trailing
Brakes
Parking brakes
Mechanically operating on rear wheels

Tires

Tires

215/65R 16
215/65R 16
Alloy Wheels


 
 Details:
Gandaki Trade House
Play your Wild side
Nayabazer,Pokhara-8,Nepal
Tel.no:+977-61-521206,524848
Fax.no:+977-61-524848
Email : [email protected]