Wednesday, May 30, 2012

Accident Discription Kaski,Pokhara



१) आज मिति २०६९।२।११६ गते बिहान अन्दाजी ०७ः५५ बजेको समयमा जिल्ला कास्की स्थित हरिचोक बाट हेम्जा जांदै गरेको ना.३ ख.५३०९ नं.को माईक्रोबस र हेम्जा बाट पोखरा तर्फ आउंदै गरेको ग६प ६८९९ नं.को मोटर साईकल जिल्ला कास्की पोखरा १ जौबारीमा एक आपसमा ठक्कर खांदा उक्त मोटर साईकलमा सवार गरेका जिल्ला पर्वत हुवास ९ बस्ने बर्ष ४० का लिलाराज भुर्तेलको घटना स्थलमा नै मृत्यू भएको र घाईते टेकराज भुर्तेललाई वडा प्रहरी कार्यालय वगरबाट खटी गएको प्र.नि. सहितको टोली उपचारको लागि पश्चिमांचल क्षेत्रीय  अस्पतालमा पठाईएको । उक्त नं.को माईक्रोबस तथा चालकलाई आबश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको ।

२) आज मिति २०६९।२।१६ गते बिहान अन्दाजी ०७ः०० बजेको समयमा जिल्ला पर्वत ठापाठाना १ बस्ने ख्यामु थापा जिल्ला कास्की स्थित नदीपुरबाट फुलवारी तर्फ साईकलमा जांदै गरेको अबस्थामा मणिपाल जाने सेतीको पुलको रेलीङ्गमा ठक्कर खाई सेतीको खोचमा खसेको अबस्थामा तत्काल वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक भुवनेश्वर तिवारीको कमाण्डमा उद्धार टोली खटीई गई ख्यामु थापालाई सकुसल उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पताल पु—याइएको ।

No comments:

Post a Comment

Please, comment about this article.