Sunday, January 8, 2012

क्यूपेक नेपाल लेखनाथ कमिटीको अध्यक्षमा शर्मा


नेपाल बिजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) लेखनाथ नगर कमिटीको चौंथो अधिवेशन लेखनाथको अर्घौंचोकमा सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरी अञ्चल अध्यक्ष युवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथि क्यूपेक नेपाल केन्द्रीय कमिटी उपाध्यक्ष चन्द्र प्रसाद गुरुङ्ग, जिफण्ट अञ्चल सदस्यद्वय सूर्यमोहन सुवेदी र गुन्जलाल श्रेष्ठ, जिफण्ट जिल्ला अध्यक्ष लिलाबहादुर कार्की, क्यूपेक नेपाल जिला अध्यक्ष ज्ञानेन्द्र प्रसाद मर्सानी, लेखनाथ नगरपालिका कर्मचारी संघका क्षेत्रीय सदस्य मुरलीमोहन पौडेल, क्यूपेक नेपाल जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु, पोखरा नगर कमिटीका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरु, पोखरा वडा कमिटीका अध्यक्ष तथा पदाधिकारी तथा सदस्यहरु रलेखनाथका सबै वडाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
      ऋषिराम नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष गौरी शंकर नेपालीले स्वागत र सुवास परियारले संचालन गर्नुभएको थियो ।
      अधिवेशनले २ वर्षे कार्यकालको लागि गौरीशंकर शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । उक्त समितिको उपाध्यक्षमा मेखलाल विक, सचिवमा ध्रुवबहादुर भुजेल, सहसचिवमा सुनिल खड्का, कोषाध्यक्षमा तारा माया तामाङ्ग, सदस्यहरुमा प्रेम मल्ल, डिलबहादुर वि.क., कृष्ण श्रेष्ठ, जगनाथ शाह, रुपलाल गिरी, कल्पना राना, हरिमाया, विष्णु राई रहनुभएको छ भने सल्लाहकारमा विष्णु आले र ध्रुवराज ओझा रहनुभएको छ ।

Blood Donation


नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासिय विद्यालय इकाईको खुल्ला रक्तदान कार्यक्रम शनिवार सम्पन्न भयो । उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले पहिलो रक्तदाता अंचल सदस्य तथा इकाई इन्चार्ज सुर्यराज रंजितलाई व्लड व्याग हस्तान्तरण गर्नु भई कार्यक्रम उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा रक्तसंचारका प्राविधिक माधव पोख्रेलले रक्तदान गर्दा रक्तदाताले अपनाउनु पर्ने विषयमा प्रष्ट पार्नु भएको थियो ।
उक्त रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । रक्तदाताहरुमा क्रमश : विजय पुन, उसा राना, धन ब. गुरुङ्ग, मिन प्र.कोइराला, पुर्ण परियार, नविन पौडेल, खेम ब.नेपाली, दिपक लामा, माधव सापकोटा, सन्तोष कुमार गुरुङ्ग, सुभाष गुरुङ्ग, बुद्धि प्र.बराल, दिपक रोक्का मगर, महेन्द्र गुरुङ्ग, कुलमान गुरुङ्ग, जंग ब.मगर, अमिल थापा मन ब.दर्जी, देव ब.राम्जा, गिता प्र.थापालिया, तारा गुरुङ्ग, बाबुराम राना, रुपेन प्रधान, सोम ब.गुरुङ्ग, कुमार आचार्य, बुद्धि प्र.वास्तोला, राजु थापा मगर, प्रेम ब.खड्का, तेज ब.नेपाली, राजेन्द्र पौडेल, चन्द्र ब.नेपाली, रवि थापा, गोपाल परियार, धुव्र भुजेल, सुन्दर परियार, प्रकाश कार्की, भरत मान श्रेष्ठ, गुप्त मान घर्ती, भिम ब.गुरुङ्ग, विक्रम लामा, कृष्णराज जबज्राचार्य, यम गुरुङ्ग, शिवहरि नेपाली, अभिषेक सुनार, सुरेश थापा, अनिल भण्डारी, शेर ब.उपाध्याय, हरि कुमार गुरुङ्ग, रत्न ब.राना, अंचल सदस्य स्कुल हरि ब. कार्की रहनुभएको छ ।

ग्रामीण क्षेत्रमा मानवअधिकार अवस्था विषयक सचेतना सम्पन्न


बढ्दै गएको मानवअधिकारका घटनामा न्यूनिकरणका साथै ग्रामिण क्षेत्रमा मानवअधिकारको अवस्थाका बारेमा जानकारि लिन तथा दिनका लागि ग्रामीण क्षेत्रमा मानवअधिकार विषयक सचेतना कार्यक्रमआज कास्कीको भरतपोखरी गाविसमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा र एम्नेष्टि इन्टरनेशनल समूह८२ को संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ग्रामीण क्षेत्रमा घट्ने मानवअधिकारका घटनामा कसैले पनि चासो नदिएको गुनासो गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले मानवअधिकारका कार्यक्रमहरु शहरमुखि भएकाले ग्रामीण क्षेत्रमा गरिएको यस्ता कार्यक्रमले प्रभाव पर्ने बताउनुभएको थियो । उँहाले सबैले अधिकारसँगै कर्तव्यको कुरा भुल्न नहुनेमा जोड दिदै समाजमा छुवाछुतका घटना, बालबालिकाका घटना, महिलाका घटना बढेको भन्दै दुख व्यक्त गर्नुभएको थियो । अधिकारीले भरतपोखरी गाविसलाई नमुना गाविस बनाउनुपर्ने भन्दै बढ्दै गएको घरेलु हिंसालाई न्यूनिकरण गर्न लागि व्यक्ति आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

शुभेच्छा सहकारीमा रेग्मी


शुभेच्छा बचत तथा ऋण सहकारी सँस्थाको १३ औँ वार्षिक साधारण सभाले दिपेन्द्र रेग्मीको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्ष विना लोहनी, सचिव नरेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष विकेन्द्रमान पालिखे र सञ्चालक सदस्यहरुमा नारायणप्रसाद सुवेदी, विष्णुकुमार श्रेष्ठ, सुरेन्द्रमान विजुक्छे, निन्द्रा आचार्य र पदेन सञ्चालकमा पूर्व अध्यक्ष दामोदर चालिसे, लेखासमिति संयोजकमा दिलीपकुमार रञ्जित सदस्य विज्ञान गौतम, दुर्गा पराजुलि, ऋण समिति संयोजक ओमकुमार मुल्मी, सदस्य हिराराम गिरि, चन्दन गिरि, शिक्षा समिति संयोजक बाबुराम गिरि, सदस्य रविन्द्र बाटाजु, होमनाथ पौडेल रहनुभएको छ ।

Thursday, January 5, 2012

Crime News Pokhara


मादक पदार्थ
 समाजमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दे हिड्ने जथाभावी मोटरसाईकल चलाउने र जथाभावी बोल्दै हिड्नेहरुलाई प्रहरीले विगतमा एक पटकलाई माफ दिने वा केही सार्वजनिक ऐन अन्र्तगत कार्वाही चलाउने गर्दे आएको थियो तर प्रहरी कार्वाहीबाट मात्र त्यस्ता व्यक्तिहरुको चरित्रमा सुधार आउदैन भन्ने अवधारणा तयार गरी कास्की प्रहरीले त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरी २४ घण्टा पश्चात १ हप्ताको ॐ शान्तिको ध्यान शिविरमा पठाई चरित्रमा सुधार ल्याउने र असल समाजको सिर्जना गर्ने कार्यको थालनी मिति २०६८/०९/१८ गतेबाट क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले समुदघाटन गर्नु भएको थियो, उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पी. यादवराज खनालले कार्यक्रमको जानकारी र ॐ शान्तिका प्रमुखबाट त्यस्ता व्यक्तिहरुलाई सुधार्न आफ्नो संस्था प्रतिवद्धता रहेको धारणा व्यक्त गर्नु भएको थियो ।