Thursday, January 5, 2012

Crime News Pokhara


मादक पदार्थ
 समाजमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दे हिड्ने जथाभावी मोटरसाईकल चलाउने र जथाभावी बोल्दै हिड्नेहरुलाई प्रहरीले विगतमा एक पटकलाई माफ दिने वा केही सार्वजनिक ऐन अन्र्तगत कार्वाही चलाउने गर्दे आएको थियो तर प्रहरी कार्वाहीबाट मात्र त्यस्ता व्यक्तिहरुको चरित्रमा सुधार आउदैन भन्ने अवधारणा तयार गरी कास्की प्रहरीले त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरी २४ घण्टा पश्चात १ हप्ताको ॐ शान्तिको ध्यान शिविरमा पठाई चरित्रमा सुधार ल्याउने र असल समाजको सिर्जना गर्ने कार्यको थालनी मिति २०६८/०९/१८ गतेबाट क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले समुदघाटन गर्नु भएको थियो, उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एस.पी. यादवराज खनालले कार्यक्रमको जानकारी र ॐ शान्तिका प्रमुखबाट त्यस्ता व्यक्तिहरुलाई सुधार्न आफ्नो संस्था प्रतिवद्धता रहेको धारणा व्यक्त गर्नु भएको थियो ।

यसरी प्रहरीले चालेको यस कदमलाई अझ शसक्त बनाउने उद्देश्यले कास्की प्रहरीले अझ नयाँ नयाँ कार्यक्रमहरु ल्याउने तयारी गरी रहेको छ । सोही अनुरुप कास्की प्रहरीले आन्तिक राजश्व कार्यालय र जिल्ला प्रशासन कार्यालय सँग समन्वय गरी मदिरा विक्री वितरण नियम निर्देशिका २०६५ लाई पालना गराउने र विशेष गरी उक्त ऐनको दफा ५ को ५.५ मा व्यवस्था भए अनुसार कुनै पनि अठार वर्ष उमेर नपुगेका व्यक्तिलाई मदिरा विक्री वितरण गर्न पाईने छैन भनि उल्लेख भएको दफालाई विशेष रुपमा पालना गराउने भएको छ र कुनै पनि डिलर वा पसलबाट १८ वर्ष मुनिका लाई मदिरा विक्री वितरण गरेमा उक्त विक्री वितरण गर्नेलाई समेत कानून बमोजिम कार्वाही गरिने हुँदा सम्पूर्ण मदिरा विक्री विक्रेतालाई समेत यसै विज्ञप्ती द्धारा जानकारी गराईन्छ ।

No comments:

Post a Comment

Please, comment about this article.