Sunday, May 30, 2010
टाउको काटिएको शव फेला
महोत्तरीको हरिपुर हरिण मरिनमा टाउको काटिएको अवश्थामा एक शव फेला परेको छ । हरिण मरिन अज गेवास्थित जिवछि खोलामा भेटिएको शव पुरुषको रहेको र उमेर खुल्न नसकेको प्रहरीले जनाएको छ । दुई तीन दिन पहिले हत्या गरेर शव खोलामा फालिदिएको हुन सक्ने प्रहरीले बताएको छ । मृतकको सनाखत हुन सकेको छैन ।।
पूर्व युवराज निजी भ्रमणमा पोखरा
पूर्व युवराज पारस शाह निजी भ्रमणका क्रममा पोखरा पुग्नुभएको छ । आज बिहान छोरा ह्रदयन्त्र र छोरी पूर्णिकालाइ लिएर केहि चिनीयाँ साथीहरुका साथ उहाँ आज पोखरा पुग्नुभएको हो। उहाँले पोखराको सराङकोट लगायत क्षेत्रको अवलोकन गर्नुभएको छ । पूर्व युवराज पारस पोखरा पार्दी स्थित फिस्टेल लजमा बस्नुभएको छ । उहाँ भोली काठमाण्डौं फर्कने कार्यक्रम छ ।
Friday, May 28, 2010
DUTCH NATIONAL TEAM
नेदरल्याण्डले आगामि जुन ११ बाट दक्षिण अफ्रिकामा सुरु हुने बिश्वकप फुटबल प्रतियोगिता २०१० का लागि २३ सदस्सीय राष्ट्रिय टिमको घोषणा गरेको छ । घोषित टोलिमा गोल रक्षकको जिम्मेवारी एफसी ट्वाईन्टेले पाएका छन् भने डिफेन्सको जिम्मेवारी स्टुटगार्डका खालिड बउलार–उज, एडसन ब्राफेईड, र जोन हेईटिङगालले सम्हाल्ने छन् । यस्तै मिड फिल्डमा ईब्राहिम अफेले, नाईजेल जोङ, र डेमि ज्यू रहने छन् भने आक्रमणको जिम्मेवारी अर्जेन रोबेन, रोभिन भान पर्से, र रियन बाबेलले सम्हाल्ने छन् । डच टोलिमा चोटका कारण भुर्नुन् अनिता, रोन भ्लेयर, जर्मेन लेन्स र ओल्याण्डो इङजेलरले भने स्थान बनाउन असफल भएका छन् । समुह ईमा रहेको नेदरल्याण्डले आगामि जुन १४ मा बिश्वकप फुटबल २०१० को आफ्नो पहिलो खेलमा डेनमार्कको सामना गर्नेछ । समुह चरणको अन्य खेलमा डच टिमले एसियन राष्ट्र जापान र क्यामेरुनको पनि सामना गर्ने छ ।
संविधान सभा भवन बाहिर धर्ना
संविधान सभाको म्याद थप्ने विषयमा दलहरु सहमतीमा नपुगेको वेला संविधान सभाको अन्तिम दिन आज जेठ १४ गते सविधान सभा भवन बाहिर विभिन्न संघ संस्थाहरुले धर्ना दिइरहेका छन । अझै पनि दलहरु सहमतिमा आइ संविधान सभाको म्याद थप गरि नयाँ संविधान जारी गर्नु पर्ने माग राख्दै आज संबिधान सभा भवन बाहिर इलामेली विद्यार्थी मञ्चले चित्रकला प्रदशनी आयोजना गरेको हो । नेपाल जनजाती महासंधले गत ११ गते देखि संबिधान सभाको बिधटन नगर भन्दै गरेको धर्ना आज पनि जारी रहयो । त्यसै गरि संविधान सभाका सवै भन्दा कान्छा सभासद अभिसेख प्रताप शाहले पनि म्याद थप गर्न माग राख्दै आमरण अनसनमा बसीरहेका छन ।
Thursday, May 27, 2010
एकीकृत नेकपा माओवादीको बैठकद्धारा संविधानसभाको म्याद नथप्ने निर्णय
माओवादीको स्थायी समितिको बैठकले यथास्थितिमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको छ । आज माओवादी मुख्यालय पेरिस डाँडाँमा बसको बैठकले वर्तमान माधव नेपालको सरकारले राजीनामा नदिदाँसम्म र सहमतिको वातावरण नवन्दासम्म कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको पार्टी प्रबक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । तर सहमतिको प्रयासलाई भने जारी राख्ने प्रबक्ता शर्माले बताउनुभयो । आज र भोलीमा सहमति कायम हुन नसकि संविधानसभाको विघटन भएमा त्यसको जिम्मा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षको पदमा बसेका पार्टीहरुले लिनुपर्ने पनि प्रबक्ता शर्माको भनाई थियो ।
Subscribe to:
Comments (Atom)




