Saturday, February 13, 2010

नेपालमा नलेज बैंकको आवश्यकता

आवासीय नेपाली संघ (एनआरएन) का अन्तराष्ट्रिय अध्यक्ष देवमान हिराचनले नेपालमा नलेज बैंकको आवश्यकता रहेको बताउनु भयो । अध्यक्ष भएपछि पहिलो पटक पोखरा आउनुभएका अध्यक्ष हिराचनसँग प्रेस युनियन कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । दक्ष जनशक्तिको अभावका कारण विदेशिएका नेपालीहरु न्यून पारिश्रमिक लिन वाध्य भएका कारण दक्ष बनाउन नलेज बैंक आवश्यक रहेको उहाँले बताउनु भयो ।
नेपालमा बुद्धिको लगानी आवश्यक छ, अध्यक्ष हिराचनले भन्नुभयो – सबैले पैसा-पैसा भन्छन्, तर नेपालमा बुद्धिको कमी छ । उहाँले अगाडि थप्नुभयो – बौद्धिक विकास र दक्ष जनशक्ति निर्माण गर्नुपर्ने एनआरएनले ठहर गरेको छ । उहाँले अध्यक्ष हिराचनले आफ्नो नेतृत्वमा नयाँ समिति बनेपछि २० वटा टास्कफोर्स समिति गठन गरेको बताउँ भयो ।

Friday, February 12, 2010

Mahashivratri 2066 is a major festival of Nepal



महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हो रातमा गरिएको व्रत उपासनाले मानवलाई शिव रहस्य ज्ञान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ महाशिवरात्रिमा शुभसंकल्पका साथ शिवव्रत गर्न सकेमा मानवले शिवत्वको ज्ञान प्राप्त गर्न सक्छ भन्ने तथ्य शास्त्रहरूमा पाइन्छ शिवस्वरूप बनेर शिवको उपासना गर्ने दिन महाशिवरात्रि पर्व आफैंमा दिव्य योगको समय मानिन्छ ।

Harr Harr Mahadev
Bole Har Jann
Ho manokamana Poori
Mille Sukh Samriddhi Aur Dhan
Happy Mahashivratri 2066

Thursday, February 11, 2010

फेवातालमा हराएका विदेशी पर्यटक आज विहान मृत अवस्थामा फेला परे

एघारौं प्याराग्लाडिङ च्याम्पियनसिप हुने

पोखरा, २८ माघ
पोखरामा फागुनको पहिलो साता एघारौं प्याराग्लाडिङ च्याम्पियनसिप हुने भएको छ । साहसिक खेल पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित टान क्षेत्रीय च्याप्टर पोखराले फागुन ६ देखि ८ गतेसम्म प्याराग्लाडिङ च्याम्पियनसिप गर्ने भएको हो ।
प्याराग्लाडिङको लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल सराङकोटबाट उडान गरेर फेवातालको किनारको खहरेमा अवतरण गर्ने छन् । एघारौं सस्करणमा नेपाल र विदेशी गरेर झण्डै १ सय ५० जना पाइलटले प्याराग्लाडिङ च्याम्पियनसिपमा सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल एयरस्पोर्टस एशोसियसनको प्राविधिक सहयोगमा सञ्चालन हुने तीन दिने प्रतियोगिता विजेता पाइलटलाई नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । खुला तर्फ विजेतालाई २५ हजार, द्धितियलाई २० हजार, र तेस्रो हुनेलाई १५ हजार रुपियाँ प्रदान गरिने पत्रकार सम्मेलनमा टानका अध्यक्ष बसन्तराज दवाडीले बताउनुभयो । त्यस्तै डिएचभी-१-२ प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतीयलाई क्रमश १५, ८ र ६ हजार रुपियाँ प्रदान गरिने समेत पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सोमबहादुर थापाले जानकारी दिनुभयो ।
खुल्ला प्रतिस्पर्धामा सहभागि नेपाली पाइलटलाई क्रमश फ्लाइङ सुट, फ्लाइङ ज्याकेट, फ्लाइङ ग्लोभ तथा बेष्ट एक्रोव्याट्स गर्ने पाइलटलाई फ्लाइङ हेल्मेट, बेष्ट स्पोर्ट ल्याण्डिङ गर्नेलाई एकसेट क्याराभना प्रदान गरिने छ । प्रतियोगिलाई नगदसहित पुरस्कार व्यवस्था गरिएको यो पहिलो अवसर हो । अघिल्ला संस्करणमा टानले आकर्ष पुरस्कार प्रदान गर्दै आएको थियो ।
नेपाल एयरस्पोर्ट एशोसियसनका उपाध्यक्ष राजेश बमजनले प्याराग्लाइडिङ गर्ने पाइलटले नागरिक उडड्यन प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने बताउनुभयो । दशौं सस्करण बेलायती पाइलटले बर्चस्व जमाएका थिए । जेम्मी म्यासेन्जर, एडम हिल र माट क्रमश प्रथम, द्धितिय र तृतीय भएका थिए । महिला तर्फजर्मनीकी इसाबेला रेइव्लिङ प्रथम भएकी थिइन भने नेपाली पाइलट विनोद बमजन बेष्ट स्पोट ल्याण्डिङ घोषित भएका थिए । नेपालमा झण्डै ४० जना नेपाली पाइलट छन् । तीन दिने प्रतियोगिताको टानले ३० लाख रुपियाँ खर्च हुने अनुमान छ । २८ सदस्यीय मुल आयोजक समिति तथा १६ वटा उपसमिति गठन गरिएको छ ।

Paragliding,and what is a Paragliding Tandem Flight ?


Pokhara,Feb,11

Paragliding is the simplest and purest form of flying there is. whether you dream of soaring above the himalya,or taking your canopy on holiday with you to explore exotic locations from the air. Tandem paragliding is a whole new way to see the world-No motor, no noise, just the wind in your ears and an an incredible feeling of flying in a completely free way. Imagine soaring over magnificent peaks, glaciers and valleys with nothing between your boot and the ground but clear air. Tandem paragliding gives sightseeing a brand new meaning:
*the views are beyond compare!
*the thrill of free flight beats the fairs wheel by a country mile.
*this is excitement and fun you can really talk about home
The inflatable wing that suspends you and your pilot/instrutor is hi-tech material that unfolds from a backpack. After launching, you ride comfortably in a specially designed harness that holds you in place while your pilot flays the the wing.You fly with confidence knowing that you have a fully qualified and rated tandem/instructor pilot at the controls.
After a pre-flight briefing on paragliding and what you are about to experience, you are coached on how to work with your pilot to launch and land successfully. Once in the air you can relax and enjoy the view and commentary from your pilot. Bring your video or still camera .These pictures will really get them talking when you get home again… and they might even convince you to come and do the whole Paraglider course, if your Tandem Paraglider flight didn’t already .

Sarangkot Paragliding (p) Ltd . Sarangkot Paragliding (p) Ltd .

Head Office:
Sarangkot-8, Kaski
Tel:00977-61-622344
  Branch Office:
 Lakeside-6,Khahare
 Tel: 00977-61-465514
Fax: 00977-61-465517
E-mail: [email protected]
Website: http://www.sarangkotparagliding.com