Saturday, January 30, 2010

राजनीतिक संयन्त्रले नयाँ सरकार गठन गर्न नसक्ने

पोखरा, १६ माघ
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले हालै गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले नयाँ सरकार गठन गर्न नसक्ने बताए
उनले उच्चस्तरीय राजनीतिक संयन्त्र नयाँ सरकार गठन गर्नका लागि नभएको पनि स्पष्ट पारे
पोखरा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादीले हालै निःशस्त्रीकरण हुन नसक्ने भनी दिएको अभिब्यक्तिको समेत कडा प्रतिकार गरे
उनले भने, माओवादीको यसखालको अभिब्यक्ति शान्तिसम्झौता अन्तरिम संविधान विपरीत यसले शान्तिप्रक्रियामा आघात पुर्याउँछ
काँग्रेसभित्र नेतृत्व परिवर्तनका लागि चर्चा चलेको नि, भन्ने पत्रकारको जिज्ञासामा काँग्रेस उपसभापति पौडेलले बाहिर सुनिएजस्तो यसखालको कुनै पनि चर्चा नभएको स्पष्ट पारे

पुलिस सेमिफाइनलमा


पोखरा, १६ माघ
सहाराले पुलिसलाई शनिबारको पहिलो र्क्वाटर फाइनलमा कडा चुनौती दिएपनि डिफेन्सको गल्तीमा पुलिसले खेल अन्तत - गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो पुलिस सहारा पोखराको मैदानमा भिडेको यो तेस्रो अवसर हो
 
दिपेन श्रेष्ठले प्रहार गरेको बललाई तामाङले गोल बचाउन गोललाइनमा हातले रोकेपछि रेफ्री सुदेश पाण्डेले पुलिसलाई पेनाल्टीको अवसर दिएको थियो पेनाल्टीलाई पर्वत पाण्डेले सहज गोलमा परिणत गरेपछि पुलिस जितको हकदार बन्दा सहारा निराश बन्यो तामाङ रातो कार्ड पाउने गोल्डकपका पहिलो खेलाडी बने
 
पहिलो हाफ बराबरीमै रोकेपनि दोस्रो हाफमा पुलिसको टिमवर्कको अगाडि सहारा केही फितलो देखिएको थियो खेलको ५७ औं मिनेटमा पर्वत पाण्डेले गोल गरेपछि पुलिसले अग्रता लिएको थियो शुशिल केसीले दिपेन श्रेष्ठलाई लडाएपछि पाएको प्रि किकलाई राकेश श्रेष्ठ दिएको क्रसबललाई पाण्डेले हेड गोल गरेका हुन्
 
खेलको ६७ औं मिनेटमा राजन अधिकारीले प्रहार गरेको बललाई पुलिसका गोलकिपर रितेश थापाको हातबाट रिवाउण्ड हुन पुगेको बललाई पुष्प क्षेत्रीले बराबरी गोल गरेका थिए बराबरी गोलले उत्साहित सहाराको जोश पाँच मिनेटपछि टुंगिएको थियो ७२ औं मिनेटमा पुलिसले पाएको पेनाल्टीलाई पाण्डेले गोल गर्दै पुलिसलाई सेमिफाइनलको यात्रा तय गराउँदा पाण्डे म्यान अफ दि म्याचको हकदार बने                                            photo by: lovelypokhara.com

Friday, January 29, 2010

नाइटचेस क्लब झापालाई पराजित


पोखरा, १५ माघ

दुई संस्करणमा पहिलो खेलबाटै पराजित भएको एनआरटीले शुक्रबार पोखरामा नाइटचेस क्लब झापालाई पराजित गर्दै अन्तिम आठमा आफनो स्थान पक्का गरेको आहाको आठौं सस्करणको र्क्वाटर फाइनलमा प्रवेश गर्नेक्रममा नाइटचेस क्लब झापालाई - गोल अन्तरले पराजित गर्दै आफनो पुरानो तिक्ततालाई समेत एनआरटीले विर्सिएको चार खेलाडी विनामै उपस्थित भएको एनआरटीले जीवन सिन्केमानले दुई बरदानी गोल गरेका थिए खेलको १० औं मिनेटमा निराजन रायमाझीको पासमा सिन्केमानले गोलको खाता खोल्दा नाइटचेसले दवाव सहनुपरेको थियो अघिल्लो दिनको भन्दा कम संख्यामा उपस्थित दर्शकले नाइटचेसको र्समर्थन गरेपनि दर्शकको चाहना अनुरुप खेल प्रदर्शन नसक्दा खल्लो महशुस गरेका थिए खेलको तिसौं मिनेटमा सायन मुसाभीले एनआरटीलाई अर्को गोल थप्दै गोल अन्तर दोब्बर बनाउँदा पोखरेली दर्शक भने झापातर्फढल्किसकेका थिए दुई गोलले पछि परेको नाइटचेसले खेलको ३७ औं मिनेटमा आत्मघाती गोलको उपहार पाउँदा केही उर्जा थपिएपनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट विदाई लियो सुदीप लिम्बुको क्रस बललाई सिन्केमानले क्लियर गर्न खोजेको बल आफनै पोष्टभित्र छिरेको थियो खेलको अन्तिम मिनेटमा म्यान अफ दि म्याच सिन्केमानले नै एनआरटीका लागि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई र्क्वाटरफाइनलमा पुर्याए aako hoदोस्रो हाफमा नाइटचेसले निरन्तर आक्रमणको रणनीति बुनेपनि प्रहार सबै र्व्यर्थै गएको थियो बुद्ध चेम्जोङले खेलको ५३ औं मिनेटमा डिबक्स भित्र पाएको राम्रो अवसर उल्टो रोक्ने प्रयास गर्दा बराबरी गर्ने मौका गुमेको थियो ७१ औं मिनेटमा राजकुमार केसीको क्रसलाई लक्ष्मी श्रेष्ठको प्रहार बाहिरिनाले पनि नाइटचेस अभागी हुन पुग्यो ७४ औं मिनेटमा राजकुमार घिसिङको पासलाई विशाल र्राईको खुल्ला प्रहार आकासिएको थियो त्यस्तै ७७ औं मिनेटमा केसीको प्रहार पनि खेर गएको शनिबारको खेल पहिलो र्क्वाटरफाइनल खेल आयोजक सहारा विरुद्ध नेपाल पुलिस क्लब भिड्ने

Thursday, January 28, 2010

र्क्वाटरफाइनलमा मनाङ मर्स्याङदी


पोखरा,१४ माघ
एन्फाका जोसिला युवा खेलाडीले भरिएको मनाङ मर्स्याङदीले पोखरामा बनाई राखेको साखलाई जोगाउन बिहीबार शसस्त्र प्रहरीबलको एपीएफ क्लबको चुनौतीलाई पन्छाएको
 पाएको तीनवटा फ्रीकिक सदुपयोग हुदाँ मनाङले पोखराको मैदानमा पहिलो पटक भेटेको शसस्त्रलाई - गोल अन्तरले मात खुवायो शसस्त्रमाथि इज्जतिलो नतिजा निकाल्न जगजित श्रेष्ठले दुइ शिव श्रेष्ठको नाममा एक गोल रहृयो मनाङले जितसँगै र्क्वाटर फाइनलमा Photo by: lovelypokhara

Wednesday, January 27, 2010

दुई गोलले मछिन्द्र क्वाटरफाइनल





पोखरा, १३ माघ
 प्रतिस्पर्धामा पोखरा रंगशालामा बुधबार मछिन्द्रले देहरादुनको गोर्खा युनाइटेडलाई विदाई गरेको
आहा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको गोरखा यूनाइटेड क्लब देहरादुनलाई - गोल अन्तरले पन्छाउँदै अन्तिम आठमा स्थान पक्का गर्दा उसको र्क्वाटरफाइनल भेट नेपाल आर्मी क्लबसित हुने आगामी १७ गते आर्मीसंग क्वाटरफाइनल खेल्ने खेलको ४५ मिनेटमा कर्ण लिम्बुले गोल गदै मछिन्द्रको लागि गोलको खाता खोलेका थिए दोस्रो हाफ सुरुको एक मिनेट वित्न नपाउदै गोरखा यूनाइटेडका परेको युनाइटेडका लागि बालविन्दरले गोल गरेको सात मिनेट पछि अर्को गोल गोस्वामीले गदै गोल अन्तर दोब्बर बनाउँदै मछिन्द्रमाथि दवदवा कायम गरे
खेलको उत्तराद्धमा केही सयम खेलको मिनेटको दौरानमा दुई गोल खान पुगेको हो मछिन्द्रले् खेलको ६८ मिनेटमा ग्रिक नागरिक डियालो रोहिम कोजीले गोल गदै खेल बरावरीमा  कोजीले ७५ मिनेटमा ब्यक्तिगत दोसो गोल गदै मछिन्द्रको जितमा नायक सावित बन्दा क्वाटरफाइनल यात्रा सुनिश्चित दुवै गोल उनले गोलकिपर विक्रम गुरुङबाट फुत्किएको रिवाउण्ड बलमा सम्भव गरेका थिए कोजीले गरेका पहिलो गोल किपरको हातबाट फुत्किएको बललाई गोलनाइबाट जाली चुमाएका थिए भने दोस्रो गोल कर्ण लिम्बुले कडा प्रहार गरेको बल रिवाउन्ड बललाई जालीमा चुमाउदै जित पक्का गरेका हुन
खेल सुरु भएको सात मिनेटमा नरेश पोखरेलले प्रहार गरेका बल किपरले पञ्च गरेर फकाएपछि मछिन्द्रको गोलको अवसरबाट चुकेको थियो यता गोर्रखा यूनाइटेडका लागि खेलको २५ मिनेटमा धर्मसिहं नेगीको प्रहार बाहिरिएको थियो
खेलपछि प्रतिक्रिया दिदै मछिन्द्रंका प्रशिक्षक नरोत्तम शाक्यले जित्ने आशा लिएर आएका छौ उनले भने गोल अझै धेरै हुनुपर्ने हो तर कम भयो मिडफिल्ड चल्न नसक्दा गोल कम भयो शाक्यले भने आर्मींसंग खेल्दा पनि आक्रामक शैलीमा प्रस्तुत हुने बताए
यता गोर्रखा यूनाइटेड देहरादुना भारतका मेनेजर समिर गुरुङले खलेप्रति सन्तुष्ट ब्यत्तः प्रशिक्षण लिएका खेलाडी ल्याएको बताए
विहिबारको खेल मनाङमस्यार्ङर्दी शसस्त्र प्रहरी (एपीएफं) विच हुने