Showing posts with label Nepali Festival. Show all posts
Showing posts with label Nepali Festival. Show all posts

Tuesday, November 19, 2019

सप्तरंग–२ अमरसिंहमा भोलि-Saptarang Season 2 in Pokhara Nepal

मंसिर ३, पोखरा
ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रवर्धन र समुन्नति नारा सहित कार्यक्रममा महानायक राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्य कलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र प्रकाश सपुतको प्रस्तुति रहने छ ।
कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार सप्तरंग सांगीतिक कार्यक्रम देशका अन्य ६ प्रदेशमा भएपछि पोखरा हुन लागेको हो । ‘सुरुमा प्रदेश १ गतेबाट सुरु भएको यो कार्यक्रम प्रदेश नम्बर ५ सुर्खेत पछि गण्डकी प्रदेशमा समापन हुन लागेको हो,’ उनले भने, ‘गत वर्ष पनि पहिलो संस्करणको कार्यक्रम गरेका थियौं । त्यति बेला पनि कार्यक्रममा दर्शकको राम्रो सहभागी थियो ।’
कार्यक्रम बुधबार पोखरा अमरसिंह चौरमा साँझ ४ बजेपछि सुरु हुनेछ । प्रवेश निशुल्क गरिएको कार्यक्रममा नेपाल पुलिस क्लब, बिटुडी डान्स स्कुलको समेत प्रस्तुति रहने क्षेत्रीले जानकारी दिए । अघिल्लो संस्करणमा रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरी जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अञ्जली अधिकारीको प्रस्तुति रहेको थियो ।

Monday, January 21, 2019

समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न -Pokhara News

पोखरा, ७ माघ
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यही माघ -७ गते जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा शान्तिपूर्ण एंव सुरक्षित समाज निर्माणका लागि सरोकारवाला निकायहरु संग आगामी रणनीति कार्ययोजनाका विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 उद्योग वाणिज्य संघ कास्कीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतीनिधीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले समग्र ४ नं. प्रदेशमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सम्पन्न भईरहेका र आगामी दिनमा गरिने विभिन्न गतिविधिहरुको विषयमा प्रष्ट पार्दै यसबाट हमाज अब दिनानुदिन सचेतनाको मार्गमा लम्किरहेको समेत बताउनु भएको छ ।

कार्यक्रमका अन्य सहाभागिहरुले कसरी उक्त अवधारणा अन्तर्गत कास्की जिल्लामा सवै सरोकारवाला निकायहरुलाई साथमा लिई  थप प्रभावकारी ढङगले जनमुखि गतिविधिहरु गर्न सकिन्छ भन्ने विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
 कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम राना लगायत जिल्ला स्थित कार्यरत अन्य प्रहरी ईकाईका प्रमुख ,उधोग वाणिज्य संघ पोखराका प्रमुख दामु अधिकारी ,सामुदायिक प्रहही सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधि , नागरिक समाजका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

सराङकोट धार्मिक पर्यटन विकास समितिमा जिसी-Pokhara News Sarangkot


पोखरा, ७ माघ ।
सराङकोट धार्मिक क्षेत्र विकास समिति तथा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको संयुक्त साधारणसभाले प्रेम बहादुर जि.सी.को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । 
समितिको उपाध्यक्षद्वयमा उमानाथ चपाई, मिन बहादुर थापा, महासचिव शम्सेर बहादुर थापा, सचिव डिल बहादुर जिसी, कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिना रहेका छन् । समितिको सदस्यहरुमा छविलाल तिमिल्सिना, कृष्ण बहादुर थापा, शिव प्रसाद कोइराला, गंगा तिमिल्स्निा, दिपेन्द्र थापा, विकास थापा मगर, कमला पोखरेल, कमल थापा, अक्कल बहादुर थापा, ज्ञानेन्द्र बहादुर थापा, सुस्मा परियार र दुर्गादत्त तिमिल्सिना रहेका छन् । 
सराङकोटलाई वृहत्तर गुरुयोजना सहित धार्मिक पर्यटन पूर्वाधारको निर्माणका हेतु २०६१ मा स्थापित धार्मिक क्षेत्र विकास समिति र पर्यटन क्षेत्र विकास समितिलाई संस्थापक समिति मानी कार्य अगाडि बढाउने निर्णयका साथ लोक बहादुर थापाको समितिलाई संस्थापक समिति मानी अगाडि बढाउने निर्णयका साथ महासचिव शम्सेर बहादुर थापा र कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत संस्थागत तथा आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । 
सो साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेष नारायण पौडेलले आम महानगरबासीले गौरव गर्न सक्ने कार्यका साथ ३३ वटै वडालाई कामको जिम्मेवारी दिएको र सराङकोटलाई निजी, सरकारी साझेदारीको अवधारणामा विकास निर्मा०ा कार्य गरिने बताए । 
कार्यक्रममा वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले वडाको विकास निर्माणमा सबैले सकारात्मक सहयोग भएमा नमुना वडा बन्ने बताए । संस्थापक अध्यक्ष लोक बहादुर थापाले एकता सहित हुने विकास निर्माणले आम समुदायको विकास हुने बताए । 
समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार पुष्कल बहादुर थापा, विश्व हिन्दु महासंघका उपाध्यक्ष वेदनिधी शर्मा, पूर्व गाविस अध्यक्ष झपट बहादुर थापा, चिसाखोला बेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिना, जनजागृत माविका सहायक प्राचार्य यम बहादुर थापा, कमला पोखरेल, वडा सदस्य हरि लम्साल, सराङकोट बहुउद्देश्यीय सहकारीका सचिव कृष्ण थापा, उपाध्यक्ष मिन बहादुर थापा, सचिव डिल बहादुर जिसी लगायतले आ–आफ्नो धारणा राखेका थिए । 


Monday, September 24, 2018

पोखरा : जिल्ला प्रहरी प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न Nepal Police Program


४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा यही असोज ७ गते प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरु संग जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान र प्रहरी गतिविधिको अवस्था साथै आशन्न चाडपर्वहरुलाई मध्यनजर गरी एक रणनीतिक कार्ययोजना तय गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
४ नं। प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराधको अवस्था, प्रहरी परिचालन लगायत प्रहरी सेवा प्रवाहका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
साथै सहभागी जिल्ला प्रहरी प्रमुखहरुले चाडपर्वहरुको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन जिल्लामा विशेषरुपले प्रहरी परिचालन गरिने कुरा प्रदेश प्रहरी प्रमुख समक्ष जानकारी गराउनुभएको थियो । 
सहभागि जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले चाडपर्वहरु नजिकिए सँगै कानून विपरितका विभिन्न क्रियाकलापहरु हुन सक्ने बताउदै प्रहरी रचनात्कम ढंगले परिचालन हुनुपर्ने बताउनुभयो ।
साथै आम नागरिकलाई प्रत्यक्ष रुपमा अनुभुति हुनेगरी प्रहरी सेवा प्रवाह गर्न र प्रहरी प्रतिको विश्वसनियता साथै अपनत्व बढ्ने गरी कार्य सम्पादन गर्न गराउन सहभागी जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 
उक्त कार्यक्रममा संघिय ईकाई प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गणका प्रमुख, प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुख लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Saturday, August 18, 2018

रेडियो पश्चिम पोखराको आयोजनामा वातावरणमैत्री खुल्ला तिज गीत प्रतियोगिता भदौ २२ गते


पोखरा, १ भदौ । 
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा रेडियो पश्चिम पोखराले वातावरणमैत्री खुल्ला तीज गीत प्रतियोगिता एवं शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । 
अघिल्ला वर्षहरुमा वातावरण सम्बन्धी सचेतना दिने उद्धेश्यले सडक नाटक मन्चन तथा रेडियोबाट विभिन्न वातावरणमैत्री कार्यक्रम प्रशारण गरेको रेडियोले यस पटक तिजको अवसरमा वातावरणमैत्री तिज गीत प्रतियोगिताको आयोजना गरेको हो ।
सिटीपोखरा डट कम अनलाइन पार्टनर रहेको प्रतियोगिताका लागि कर्मचार्य वेक्स एण्ड फुट्स प्रा.लि.को एक उत्कृष्ट उत्पादन कर्मचार्य डाईजेष्टिक विस्कुट्सले मुख्य प्रायोजन गरेको छ ।
आगामी भदौ २२ गते शुक्रवार हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको रेडियोका सञ्चालक मोतिसागर अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि आवेदन खुल्ला भइसकेको र आवेदन फाराम रेडियोको कार्यालयमा प्राप्त गर्न सकिनेछ भने फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ । आवेदन भदौ २२ गते बिहान १० बजे सम्म भर्न सकिनेछ ।
गीतको माध्यमबाट समाजमा वातावरण सम्वन्धी सचेतना जगाउने उद्देश्यले वातावरणमैत्री तिज गित प्रतियोगिताको आयोजना गरिएको अधिकारीले जनाए । प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११, द्वितीय हुनेले ७ हजार १ सय ११, तृतीयले ४ हजार १ सय ११ र सान्त्वना हुनेले २ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्य र भेषभूषालाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । उक्त कार्यक्रममा  तारापति सुवेदी, जीवन दाहाल, लक्ष्मी नेपाली साथै अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने रेडियोले जनाएको छ ।
कार्यक्रममा पोखराका उद्योग, व्यवसायी, संघ–संस्था, आमा समुह, राजनीतिज्ञ, कला, साहित्य, सांस्कृतिक, शिक्षा लगायत विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता रहने  अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त अवसरमा सामुहिक दर खुवाउने कार्यक्रम समेत रहेको छ ।
नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नका साथे वातावरण सफा राखौें भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा गाउने गीतहरु पनि सोही अनुरुप, समय सान्दर्भिक हुनुपर्ने रेडियोका कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिईन् । उनका अनुसार प्रतियोगीहरुले राजनीति र कोही कसैमाथि आक्षेप लगाउने खालको गीत गाउन पाउने छैनन् र एक टिममा नृत्य सहित ७ जना सम्म रहन पाउनेछन् । प्रतियोगिताको रेडियो पश्चिम पोखराले प्रत्यक्ष प्रशारण गर्नेछ । प्रतियोगितामा करिब २५ टिमको सहभागीता रहने रेडियोको अपेक्षा छ । 
यसै गरी सहप्रायोजकमा हेमजा आधुनिक सुपर मार्केट र कर्मचार्य ग्रुपको उत्कृष्ट उत्पादन कोसेली शुद्ध तोरीको तेल रहेका छन् भने प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ । कार्यक्रमको प्रायोजकहरूमा सुजल डेरी प्रालिको उत्पादन सफल दूध, नारायण प्लाई उद्योग लेखनाथ, पञ्च आयुर्वेद बुद्धचोक, हङकङ व्युटी इन्स्टिच्यूट कलेज  महेन्द्रपुल, हेमजा निर्माण कन्ट्रक्सन,  हेमजा आरएमसी प्रालि हेमजा, हेमजा हस्पिटल रिसर्च सेन्टर प्रालि, विजी हस्पिटल प्रालि माटेपानी, एक्सपर्ट एजुकेशनल भिषा एण्ड सर्भिसेस सिद्धार्थचोक, एस स्याङजा सुन चाँदी पसल विन्दवासिनी, रूपाकोट ज्योती सुनचाँदी पसल, गुरूङ व्युटी पार्लर, वेकन प्रिमियर एजुकेशन सिद्धार्थ चोक, मैला घडी मर्मत सेण्टर बगर, कैलाश विकास बैैक हेमजा शाखा, ईआईए सिएकलेज सिर्जनाचोक, स्याङजा ज्वेलर्स सुनचाँदी पसल मोहोरिया टोल, दलबहादुर सुनचाँदी पसल रामबजार र शाखा सिर्जनाचोक, शुभकामना सुनचाँदी पसल चिप्लेढुङगा, हिमालयन कलेज हस्पिटालिटी म्यानेजमेन्ट महेन्द्रपुल, अन्नपुर्ण सुपर मार्केट महेन्द्रपुल, बस्ताकोटी रिसोलिङ टायर, दि युनाईटेड गोल्ड मार्ट चिप्लेढुङ्गा र आविष्कार क्लिनिक वुद्धचोक लगायतका रहेका छन् ।

Sunday, July 8, 2018

होमस्टे सञ्चालकलाई पर्यटन व्यवस्थापन तालिम प्रदान Home stay Tourism Management Training


पोखरा, २४ असार

मनोरम तथा ऐतिहासिक स्थल राईनासकोटका होमस्टेका सञ्चालहरुलाई होमस्टे पर्यटन व्यवस्थापन तालिम प्रदान गरिएको छ । लम्जुङको राईनास नगरपालिका स्थित प्रसिद्ध पर्यटकीय स्थल राईनासकोटमा रहेको राईनास होमस्टेका सञ्चालकहरुलाई गाऊ पर्यटन प्रबद्धन मञ्च, नेपालको आयोजना र पर्यटन बोर्ड पोखराको सहकार्यमा २ दिने तालिम प्रदान गरिएको हो ।

भुकम्पले क्षेतिग्रस्त बनेको राईनासकोट वस्ती पुननिर्माण गरिए सँगै होमस्टेको रुपमा विकास भएको छ । भूकम्पपछि राईनासकोटमा सबिधा सम्पन्न होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने १४ घर, एक आरोग्य भवन र एक सामुदायिक भवन निर्माण गरिएको छ । भौतिक संरचना संगै होमस्टेमा पाहुनाहरुको बृद्धि हुन थालेपछि पाहुनाको ब्यबस्थापन, मनोबिज्ञान, होमस्टेमा आवश्यक पर्ने मौलिकता, सस्कार,सस्कृति लगाएतका बिषयमा तालिम लिईएको गाँऊ पर्यटन प्रबद्धन मञ्च, प्रदेश नं ४ का सस्थापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

तालिम समापन समारोहको अवसरमा प्रदेश नं. ४ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले होमस्टे गाँउ पर्यटनको अभिन्न अगं भएको बताउदै प्रदेश सरकारले ३० करोड रकम होमस्टे पर्यटन पूर्वाधार विकासको लागी छुट्टाएको जानकारी दिए । २०२२ मा २५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सम्म पुग्न होमस्टेको भुमिका महत्वपुर्ण उनले बताए । गुरुङ जातीको बस्ती रहेको राईनासकोटमा उनीहरुको कला, सस्कृतिलाई जोगाउन संग्राहलयको व्यवस्थापन गर्दै गाँउमै उत्पादिन खाद्य वस्तुहरु होमस्टेमा आउने पर्यटकहरु लाई खुवाउन सकेमा मात्र यस ठाँउ पर्यटकको पहिलो गन्तव्य स्थल बन्न सक्ने धारणा राखे । होमस्टेमा आउने पर्यटकहरुको तथ्याङ राख्न मन्त्री लम्सालको सुझाव थीयो । गण्डकी प्रदेशको विकास र समृद्धीको लागी ग्रामिण पर्यटन पूर्वाधार लाई आफुले जोड दिएको उनले बताए ।

नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य मायानाथ अधिकारीले राईनासको दिगो बिकासका लागि आफुले जुनसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताउदै राईनासकोट क्षेत्र विकासको लागी आफु निरन्तर लाग्ने प्रतिबद्दता जनाइन् । अर्का प्रदेश सभा सदस्य धन्ञजय दवाडीले गाँउको बिशेषता पहिचान गरेर होमस्टे सञ्चालन गर्नुपर्ने भन्दै अर्गा्निक खाना,बिभिन्न संस्कृति लाई जोड दिएर होमस्टे सञ्चालन गर्नुपर्ने बताए । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकले राईनासकोट भरिभराउन हुने र यस ठाँउको उन्नती र प्रगति हुने उनको भनाई थीयो ।

प्रदेश सभा सदस्य मधु अधिकारीले गाँउ पर्यटन लाई पहिलो प्रथामिकतामा राखेर सरकारले नयाँ कार्ययोजान बनाउनुपर्नेमा जोड दिदै रोजगारी सिर्जना गर्ने गरी होमस्टे सञ्चालन गर्नुपर्ने बताए । गाँऊ पर्यटन प्रबद्र्धन मञ्चका संस्थापक अध्यक्ष एवम् पर्यटनविद्ध प्रेम शर्माले विगतको शैली परिर्वतन गर्दै होमस्टे सञ्चालन गर्नुपर्ने बताए । उनले पर्यटन निजी क्षेत्रले चलाउनुपर्ने र सरकारले पूर्वाधारको व्यवस्था गर्नुपर्नेमा जोड दिए । राईनासकोटमा रहेका केही पुराना घरलाई पौराणीक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ । पुनःनिर्माण र वातावरणमैत्री अवधारणा पनि सँगसँगै शुरु भएको छ । अवधारणाअनुसार गोबर ग्यास, धुवाँरहित चुलोे, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ । त्यसैगरी राईनासकोट प्रवद्र्धनका लागि एग्रोटुरिजम अवधारणा पनि सँगसँगै बढाइएको छ । 

Monday, March 7, 2016

राम्रो नाच्नेलाईन ग्याँस उपहार प्रदान-Pokhara News


पोखरा, २३ फागुन ।
 गायिका कोमल ओलीले राम्रो पोइको लागि कहिले झ्वाँक तन्देरीलाई आह्वान गरिन् त कहिले शिवजी गुहारिन् । तर, के मिलने कुन्नी  ? उनी अझै अविवाहित छिन् । आइतबार उनी अविवाहित ओली पोखरामा झुल्किइन् । पोखरा उद्योग वाणिज्य संघले यहाँको नयाँबजारमा  आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७२ मा आउँदा उनी  ढाकाको कपडामा सजिएकी थिइन् । उनले पोखरेली सोल्टीहरुलाई आफ्नो अधर पिउन आग्रह मात्र गरिनन् भोली कुनै दिन ‘आइ लभ यु’ भन्ने आश्वासन पनि बाँडिन ।
 उनले सुरुमै शीरमा सिरबन्दी  भन्ने गीतमा दर्शकलाई नचाइन् । ‘तिमी सोल्टी म तिम्रो सोल्टिनी, जता सोल्टी उतै मन  गुल्टिनी’ भन्दै उनले दर्शकमाझ पुगेर नै सबैलाई मनोरञ्जन प्रदान गरिन् । माया बस्यो मुटुमा, ‘हरि ओम हरि’ भन्ने जस्ता गीतमा उनलाई दर्शकले राम्रै साथ दिए । पानी परेपछि खुलेको पोखरामा राधिका हमाल लगायतका कलाकारले पनि दर्शक नचाए ।
 यता आइतबार संघले राम्रो नृत्य गर्ने एक जना दर्शकलाई गृहलक्ष्मी ग्याँसको भरिएको सिलिल्डर नै उपहार दिइयो । साँस्कृतिक उपसमितिका संयोजक मोहनबाबु खड्काले विजेता ... लाई ग्याँस उपहार प्रदान गरे । प्रजापति पराजुली र गायिका कोमल ओलीको रोहवरमा ग्याँस पाएपछि उनले खुसी व्यक्त गरे । यता मेलाको तेस्रो दिन उत्कृष्ट नाच्नेहरुलाई ग्याँस सिलिण्डरसहित चामलको बोरा, चाउचाउ लगायतका उपहार पनि प्रदान गरिएको थियो । उपहार दिने क्रम आउँदा दिनमा पनि जारी रहने साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले जनाए ।
 यता सोमबार मेलामा विभिन्न सात देशका साँस्कृतिक समूहद्धारा विशेष अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । पपतर्फ  कन्दरा व्याण्डको लाइभ प्रस्तुति साथमा रवण व्याण्डको प्रस्तुति समेत रहने छ । हाँस्यतर्फ सविता गुरुङ,रतिमाया खड्काले दर्शकलाई हँसाउने छन् । लोकदोहोरीतर्फ नारायण रायमाझी, दुर्गा रायमाझी, चन्द्र शर्मा,प्रजापति पराजुली, जीवन दाहाल शिवहरि ढुंगाना, शंकर विरही गुरुङ,तारापति सुवेदी, प्रेमराज अधिकारी,टेक क्षेत्री लगायतका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।
वर्षाका कारण मेलामा केही असहजता उत्पन्न भए पनि अवलोकनकर्ताले देखाएको सहृदयताप्रति पोखरा उद्योग वाणिज्य संघले धन्यवाद ज्ञापन गरेको छ । संघका महासचिव तथा प्रचारप्रसार समिति संयोजक रवीन्द्रबहादुर प्रजुले मेलालाई सफल बनाउन सम्पूर्ण पोखरेलीहरुसँग आग्रह समेत गरे । यता मेला अन्तर्गत फागुन २२ गते प्रवेश टिकटमा दिइने कलर्स मोवाइल टिकट नम्बर २०४३ नम्बरको टिकटलाई प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक अमितराज मुल्मीले जनाए ।
 नोट: समाचारबारे थप जानकारी चाहिएमा महासचिव रवीन्द्रबहादुर प्रजु ः ९८५६०२०१४८

Tuesday, March 1, 2016

भुर्तेल बन्धुहरुको कुल पूजा-Pokhara News


पोखरा, १७ फागुन
भुर्तेल बन्धु समाज नेपालको कुलपूजा सम्पन्न भएको छ । माझठाना ६ स्थित नवनिर्वित कुल मन्दिरमा सोमबार पूजा सम्पन्न भएको हो । समाजका अध्यक्ष सोमनाथ भुर्तेलको अध्यक्षतामा आयोजित पूजामा १ सय वटा बोकालाई बलि दिइएको छ ।
नेपाल खाद्य संस्थानका केन्द्रीय अध्यक्ष प्रकाशबहादुर भुर्तेल केसीको प्रमुख आतिथ्यतामा आयोजित पूजामा विष्णुप्रसाद भुर्तेल, यादवचन्द्र भुर्तेल, विश्वबन्धु भुर्तेल, कृष्णमणि भुर्तेल, चेतकृष्ण भुर्तेल, भोजराज भुर्तेल, कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेल, अर्थ संंकलन समितिका संंयोजक दुर्गादत्त भुर्तेल, स्मारिका प्रकाशन समितिका संयोजक कालिप्रसाद भुर्तेल लगायतले बोलेका थिए ।
जग्गादाता डिल्लिराम भुर्तेल तथा कुल मन्दिर निर्माणार्थ ५ हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नेहरुलाई उक्त अवसरमा प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिएको छ । पूजामा विभिन्न क्षेत्रमा छरिएर रहेका भुर्तेल बन्धुहरुकोे उल्लेखनीय सहभागिता रहेको समाजले जनाएको छ । कूल मन्दिर निर्माण समितिका संयोजक प्रजापति भुर्तेलको घरबाट पूजाको दियोकलश निकाली गाउँ परिक्रमा गराइएको थियो ।

Tuesday, December 1, 2015

पोखरामा बाह्र भैरव नृत्यको तयारी-Pokhara-News

कृष्ण रानाभाट÷पोखरा १५, मंसीर
प्रत्येक छ/छ वर्षको अन्तरालमा निकालिने पोखराको महत्वपुर्ण साँस्कृतिक धरोहर बाह्र भैरव नृत्य यस वर्ष पनि धुमधामका साथ देखाईने भएको छ।
नृत्य सुरु हुनु पहिला नृत्य समुह, वाद्य वादन समुह, रागी समुह र अन्य सदस्यहरुको ठुलो समुहले किसली चढाउने गरिन्छ। किसली भनेको एउटा दुनामा एकमुठी चामल, सानो सुपारी, सिक्का, धुप र फुलको थुप्रोलाई भनिन्छ। उक्त किसली चढाउने कार्यक्रम यहि मंसीर १७ गते विहान गरिने भएको समितिले जानकारी दिएको छ।
उक्त दिन भैरवाष्ठमीको दिन पनि भएकोले भैरबलाई मन पर्ने खानाको परिकार ‘रोट र सम्ह्यवजी द्व’ चढाउने गरिन्छ।
बाह्र भैरव नृत्य माघ महिनादेखी निकाली चैत्र÷वैशाख महिनासम्म पोखराका हरेक वस्तीहरुमा प्रदर्शन गरिन प्रचारप्रसार संयोजक अष्ठ्मान प्रधानाङ्गले वताएका छन् ।

Tuesday, November 24, 2015

ग्याँस सिलिण्डर बरामद गरिएकाे बारेमा-Pokhara News


मिति २०७२।८।६ गते वितरण गरिएको गृहलक्ष्मी ग्याँस कम्पनीको सिलिण्डर वितरण गर्ने क्रममा पोखरा उ.म.न.पा. ११ रानीपौवा स्थित अनुप स्टोरमा वितरणको लागि झारिएका ३५२ वटा ग्याँस सिलिण्डर पूरा विक्री वितरण नगरी लुकाई राखेको भन्ने गुनासोको आधारमा आज मिति २०७२/८/८ मा अनुगमन गर्न जाँदा ५ थान ग्याँस सहितको सिलवन्दी सिलिण्डर बरामद भएको हुँदा निजको विक्री खाता सहित निज विक्रेतालाई थप कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, कास्कीमा पठाएको व्यहोरा जानकारी गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय,कास्की ।

Thursday, April 24, 2014

ठगी गर्ने पक्राउ-Pokhara-Nepal News

      जिल्ला लम्जुङ भोर्लेटार ४ स्थायी घर भई हाल पोखरा न्यूरोड डेरा गरी बस्ने बिकल पौडेलले जिल्ला कास्की पोखरा ४ रामकृष्णटोल बस्ने बर्ष ३७ को ईश्वर लिगललाई ब्यापार ब्यवसायमा सामान थपी कारोवार बढाउनको लागि भनी सापटी स्वरुप १७,२२,०००।( ९सत्र लाख बाईस हजार० दिएकोमा निज बिकल पौडेलले आफले  दिएको सापटी रकम निज ईश्वर लिगलसंग बारम्बार फिर्ता दिन अनुरोध गर्दा नदिई केही लामो समय पछि सनराईज बैंक पोखराको खातामा रकम छ चेक मार्फत उक्त रकम भुक्तानी लिनु भनि दिएकोमा रकम लिन गई चेक साटन लाग्दा उक्त बैंकमा निज ब्यक्तिको खातामा रकम नै नभएकोले रकम नभएको चेक दिई ठगी गरेको हुंदा निज ईश्वर लिगललाई मिति २०७१/१/१० गते पक्राउ गरी आबश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
 District Police Office Kaski
जिल्ला प्रहरी कार्यालयकास्की

लागू औषध सहित मानिस पक्राउ-Pokhara Nepal


जिल्ला नवलपरासी पिठौली गा.वि.स. वडा नं.७ लोकाहा बस्ने बर्ष २१ को सुमन थनेतले भारतबाट अवैध लागू औषध खरिद गरी पोखरा नगर क्षेत्रमा बिक्री बितरण गर्दछन भन्ने बिशेष सूचना आधारमा लागू औषध नियन्त्रणको कार्यमा खटिएको बिशेष प्रहरी टोलीले निज सुमन थनेतलाई पोखरा ( ९ नयांबजारमा निजको शरिरमा लुकाई छिपाई राखेको नर्फिन ईन्जेक्सन ४, डाईजापाम ईन्जेक्सन ५ थान, फेनरागन ईन्जेक्सन ५ थान सहित पक्राउ गरी ला.औ. मुद्दामा अनुसन्धान कारवाही भईरहेको छ । 
District Police Office Kaskiजिल्ला प्रहरी कार्यालयकास्की

Monday, March 17, 2014

होलीको समयमा होहल्ला गर्ने पक्राउ Pokhara Holi 2014

होलिका दिन पोखरा तथा लेखनाथ नगर क्षेत्रमा होलीको नाममा अनावश्यक मानिसहरुलाई जवरजस्ती रंग छ्याप्ने, समाती रंग लगाई दिने, मादक पदार्थ सेवन गरी हो-हल्ला गरी अशान्ति मच्चाउँदै हिडने, हुलहुज्त गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ४८ जना पुरुष र ८ जना महिला गरी जम्मा ५६ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाही अनुसन्धान भईरहेको छ । होलीको समयमा ओभर स्पीडमा चलाउने, लाईसेन्स साथमा नलिई चलाउने, ३ जना मोटरसाईकलमा चढि होहल्ला गर्दै हिडने र सवारी दुर्घटना गराउने जम्मा ४८ वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

Saturday, March 15, 2014

जबरजस्ती रङ हान्दै हुनुहुन्छ ? होशियार प्रहरी कारवाहीमा पर्नुहोला - Pokhara-2014

 चैत्र १, पोखरा ।
फागूपूर्णिमा (होली) को अवसरमा कुनै अप्रिय घटना नघटोस र विकृति तथा विसंगति जन्य क्रियाकलापमा कोही संलग्न नहोस भनि कास्की प्रहरीले आम जनतालाई सुसूचित गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालयहरु, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्की जिल्लामा क्रियाशिल सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतले होली पर्वमा हुने विकृति विसंगति न्यून गर्न, जवरजस्ती रङ्ग तथा लोलाहरु नहान्न, पर्वको नाममा लागू पदार्थ तथा उत्तेजनात्मक पदार्थ सेवन नगर्न, घरको छत माथीबाट तथा सवारी साधनबाट रङ छयाप्ने काम नगर्न, ट्राफिक नियमको उल्लघंन नगर्न, छालामा हुने रोगहरु निम्ताउने केमिकलयुक्त रङ्ग प्रयोग नगर्न अनुरोध गरेका छन ।
 हजारौ थान यस्ता सचेतनामूलक पर्चाहरु छपाई कास्की जिल्लाका पोखरा, लेखनाथ नगरपालिका र आसपासका गाविसहरुमा वितरण गर्दै माईकिङ गरिएको छ ।
अवान्छिथ क्रियाकलापमा सहभागि नहुन र सहभागि भएको पाईएमा कडा कारवाही हुने व्यहोराको सूचना सहित माईकिङ गरिएको हो । जबरजस्ती रङ्ग तथा लोलाहरु हान्ने कामलाई दुरुत्साहन गर्न, पर्वको नाममा महिला, वालिका तथा पर्यटन माथि हुने अवान्छित क्रियाकलापहरु रोक्न यस खालका कार्यक्रम गरेको र सो को उल्लंघन गरेको पाईएमा कडा कारवाही गरिने सम्बन्धित श्रोतले बताएको छ ।
यस खालको सचेतनामूलक सूचना प्रवाहका कारण यस पालिको होलीमा कुनै अप्रिय घटना नघटने होली पर्वको समयमा कुनै दूर्घटना नहुने सम्बन्धीत श्रोतले जानकारी दिएको छ ।
        सचिव
चक्रपाणी सुवेदी

होलीलाई सुरक्षित बनाउन कास्की प्रहरीको अभियान- Happy Holi 2014

 फाल्गुन ३०, पोखरा ।
आसन्न फागूपूर्णिमा (होली) २०७० को अवसरमा कुनै अप्रिय घटना नघटोस र विकृति तथा विसंगति जन्य क्रियाकलापमा कोही संलग्न नहोस भनि कास्की प्रहरीले विशेष अभियान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अभियान, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन र कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी र लेखनाथ समेतको सहयोगमा कास्की जिल्लाका पोखरा, लेखनाथ नगरपालिका र आसपासका गाविसहरुमा होली पर्वमा हुने विकृति विसंगति न्यून गर्न, जवरजस्ती रङ्ग तथा लोलाहरु नहान्न, पर्वको नाममा लागू पदार्थ तथा उत्तेजनात्मक पदार्थ सेवन नगर्न, घरको छत माथीबाट तथा सवारी साधनबाट रङ छयाप्ने काम नगर्न, ट्राफिक नियमको उल्लघंन नगर्न, छालामा हुने रोगहरु निम्ताउने केमिकलयुक्त रङ्ग प्रयोग नगर्न अनुरोध गरीएका पर्चा वितरण सहित माईकिङ गरिएको छ । सो अभियानलाई चैत्र १ र २ गते समेत जारी राखिनेछ ।
त्यस्ता क्रियाकलापमा सहभागि नहुन र सहभागि भएको पाईएमा कडा कारवाही हुने व्यहोराको सूचना सहित माईकिङ गरिएको हो । जबरजस्ती रङ्ग तथा लोलाहरु हान्ने कामलाई दुरुत्साहन गर्न, पर्वको नाममा महिला तथा पर्यटन माथि हुने अवान्छित क्रियाकलापहरु रोक्न यस खालका कार्यक्रम गरेको सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेले बताए । वाल लालिकाले त्यस्ता क्रियाकलाप गरेको पाईएमा अभिभावकलाई समेत कारवाही हुने कुरा समेत सो पर्चामा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालयहरु बैदाम, बगर, रामबजार र शिसुवाबाट समेत सो कार्यमा विशेष समय दिई ४ वटा सवारी साधन प्रयोग गरी सूचना प्रवाह गरिएको छ जसको कारण यस पालिको होलीमा कुनै अप्रिय घटना नघटने होली पर्वको समयमा कुनै दूर्घटना नहुने सम्बन्धीत श्रोतले जानकारी दिएको छ ।