Thursday, July 5, 2018

रामबजारका सुनचाँदी ब्यवशायी र मोवाइल पसलले सिसी क्यामेरा राख्ने-Pokhara-News

पोखरा, २० असार 
पोखराको रामबजारमा रहको सुनचादी ब्यवशायी र मोवाइल पसलेहरुले आफ्नो पसलमा सिसी क्यामेरा राख्ने भएका छन् । आफ्नो पसलको सुरक्षा र समाजमा कुनै घटना भएमा त्यसको पहिचानका लागि सजिलो होस् भनी सुनचांदी ब्यवशायी र मोवाइल पसलेहरुले पसलहरुमा सिसी क्यामेराहरु जडान गर्ने भएका हुन् ।
वडा प्रहरी कार्यालय रामबजारको प्रतिवद्धता अपराध विरुद्धको एकता भन्ने मुल नाराका साथ बुधबार वडा प्रहरी कार्यलय रामबजारले आयोजना गरेको कार्यक्रममा सहभागी ब्यवशायीहरुले आफ्नो ब्यवशायको सुरक्षा र प्रहरीको काम कारवाहीलाई सहजता होस भन्ने उद्देश्यले आगामी दिनमा छिट्टै सिसी क्यामेरा जडान गर्ने वताएका हुन ।
उक्त अवसरमा वोल्दै वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक दिपक बहादुर केसीले ब्यवशायीहरुले आफ्नो सुरक्षाका लागी सिसी क्यामेरा जडान गर्नु अहिलेको आवश्यक्ता भएको वताए । सानो पसलहरुमा पनि सिसी क्यामेरा जडान गरेको खण्डमा साना तथा ठूला घटना तथा चोरीमा संलग्नहरुलाई खोजी गर्न सजिलो हुने केसीको भनाइ रहेको छ ।
सुनचांदी ब्यवशायी संघ कास्कीका पूर्व अध्यक्ष तथा विश्वकर्मा सुनचांदी पसल रामबजारका संचालक चन्द्रकिशोर गौतमले अहिले सम्म वडा प्रहरी कार्यालयमा आएका प्रहरी प्रमुखहरुले आफुहरुको पसलको सुरक्षाको बारेमा केही छलफल नभइरहदा हाल कार्यरत प्रहरी प्रमुखले आफुहरुको पेशाको बारेमा चासो देखाएकोमा खुसी ब्यक्त गरे ।
गौतमले रामबजार क्षेत्रमा भएका सुनचांदी पसलहरुमा छिट्टै नै सिसी क्यामेरा जडान गर्ने प्रतिवद्धता ब्यक्त गर्दै सिसी क्यामेरा जडानले आफुहरुको पेशामा समेत सुरक्षा हुने र केही घटनाहरु भएमा प्रहरीलाई कारबाही गर्न समेत सजिलो हुने वताए ।
त्यसैगरी रामबजार क्षेत्रमा मोवाइल पसल सञ्चालन गर्दै आएका गनी मियाले आफुहरुले पनि छिट्टै नै मोवाइल पसलहरुमा सिसी क्यामेरा जडान गर्ने प्रतिवद्धता ब्यक्त गरे । उक्त अवसरमा वडा प्रहरी कार्यालय भित्र रहेका सुनचादी तथा मोवाइल पसलका संचालकहरु २६ जनाको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.