Tuesday, September 1, 2015

मामा घर लैदीन्छु भन्दै १४ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्ने पक्राउ-Pokhara News

पोखरा, १४ भदौ
कास्की प्रहरीले एक नाबालीकालाई मामाघर लगि दिन्छु भनी जवरजस्ती करणी गर्ने एक युवकलाई पक्राउ गरेको छ । धादिङ जिल्लाको सलाङ्ग गाविस वडा नं ८ घर भई हाल पोखरा उपमहानगर पालिका वडा नम्बर ८ बस्ने बर्ष २४ वर्षिय नारायण शाहलाई पक्राउ गरेका प्रहरीले जानकारी दिएको छ ।
साउन २९ गते मामाघर जान हिडेकी १४ वर्षिया बालिकालाई पृथ्वीचोक स्थित एक होटलमा जवरजस्ती करणी गरेको अनुसन्धनले देखाएको कास्की प्रहरीका प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए । शाहलाई जवरजस्तीकरणी मुद्वामा म्याद थप गरी अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिए ।

No comments:

Post a Comment

Please, comment about this article.