Saturday, June 6, 2015

विकाश र अनिल आरएमसी पोखरा ओपन टेनिसको उपाधीका लागि भिड्ने-News-Pokhara-Nepal Tennis


जेष्ठ २२, पोखरा

विकाश गुरुङ्ग र अनिल शाहि पोखरा रंगशालामा जारी आरएमसी पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विकासले नविन रानामगरलाई तथा अनिलले धरमसिंह लामिछानेलाई पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् । प्रतिस्प्रधात्मक खेलमा विकासले नविनलाई ६–१,६–७ र सुपरटाईमा १०–५ ले पराजित गरेका थिए । त्यसअघि भएको पहिलो सेमिफाइनलमा अनिलले धरमलाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेका हुन् ।

नौ वर्षदेखि टेनिस खेल्दै गरेका विकासले यसअघि लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा दशै कपको उपाधी जितेका थिए । सोही कोर्टमा सम्पन्न ओम फ्यामिली कपमा पनि उनी उपविजेता बनेका थिए । गत महिना भुकम्प प्रभावितहरुको सहयोगका लागि पस्र्याङ्गमा सम्पन्न प्रतियोगितामा पनि उनी सेमिफाइनल पुगेका थिए । त्यसैगरि हेटौडामा सम्पन्न सामरि ओपन राष्ट्रिय टेनिस प्रतियोगितामा ३५ वर्ष माथिको एकलमा सेमिफाइनल पुगेका थिए । त्यसैगरि दार्जलिङमा भएको अन्र्तराष्ट्रिय टेनिस प्रतियोगितामा पनि क्वाटरफाइनल सम्म पुगेका थिए । अर्का प्रतिस्पर्धी अनिल शाहिले भने पोखरामा भएका प्रतियोगिताका विभिन्न ११ वटा टाइटल जितिसकेका छन् । उनी हाल पोखराको शिर्ष बरियता खेलाडी हुन् ।

मेन्स सिंगल्सको ‘बि’ क्याटोगोरीतर्फ उपाधीका लागि लोक गुरुङ्ग र प्रदिप खड्का आमने सामने हुनेछन् । स्काइ माउण्ट टेनिस क्लवको आयोजनामा भएको प्रतियोगिता अन्र्तगत मेन्स डबल्सको उपाधी शक्ति शर्मा र शरण गुरुङ्गको जोडिले जितेको छ । धरमसिंह लामिछाने र गोपीबहादुर भट्टराईको जोडिलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै शक्ति शरण जोडिले सो उपाधी रक्षा गरेको हो । प्रतियोगितामा दुईवटा उपाधी जित्ने क्रममा शरणले नविन श्रेष्ठसंगको जोडिबाट मेन्स डबल्स ‘बि’ क्याटोगोरीको उपाधीपनि जिते । शरण र नविनको जोडिले पृथ्वीमान गुरुङ्ग र प्रदिप खड्काको जोडिलाई ६–३, ३–६ र १०–५ को सेटमा जित हाँसिल गर्दै उपधीमाथि कब्जा जमाएका हुन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने प्रतियोगिता संयोजक राजेन्द्र प्रसाद घिमिरेले जानकारी दिए । प्रतियोगितामा एकलतर्फको विजेताले नगद १० हजार र उपविजेताले ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने अन्य इभेण्टका विजेताले नगद ५ हजार र उपविजेताले ३ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

No comments:

Post a Comment

Please, comment about this article.