Saturday, September 21, 2013

अन्तरलायन्स फूटवलको उपाधि यस बर्ष पनि आयोजक पिससिटिलाई


५,असोज ७ ,पोखरा
    पोखरामा सम्पन्न अन्तरलायन्स फुटवल प्रतियोगिताको उपाधी यस बर्ष पनि आयोजक पिससिटिले उचालेको छ ।
पोखराको बगर स्थित पुराँनो टुँडिखेलमा आज सम्पन्न फाईनल प्रतिस्पर्धामा लायन्स क्लब अफ पोखरा मुनाललाई ४–० गोल अन्तरले हराउँदै पिससिटिले उपाधी चुमेको हो । प्रतियोगितामा लायन्स क्लब अफ पोखरा मुनाल उप–विजेता भयो भने लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे र ताल बाराहि क्रमश ः तृतिय र सान्तोना भयो ।
प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय क्लबले क्रमश २५ हजार ५ सय ५५,१५ हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपयाँ नगदको साथमा मेडल ,ट्रफि र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा अनुशासित टिम लायन्स क्लब अफ पोखरा फिस्टेल सिटि घोषित भयो । त्यसैगरी उत्कृष्ट ड्रेस र अधिक सदस्य उपस्थितिको उपाधी लायन्स क्बल अफ अन्नपुर्ण र मुनाल प्राप्त गर्न सफल भयो । 
५ दिन सम्म चलेको सो प्रतियोगितामा सर्बाधिक गोलकर्ता,उत्कृष्ठ गोल रक्षक,उत्कृष्ठ खेलाडीहरु आयोजक क्लब पिससिटिकै शैलेस रायमाझी,समुन्द्र देवकोटा र बलराम केसी भए । आज नै विजयी क्लब तथा खेलाडीहरुलाई लायन्स क्लब अफ पोखराका संस्थापक अध्यक्ष शिक्षा विद् जोर्ज जोनले पुरस्कार वितरण गर्नुभएको हो ।  
फाईनल खेल पछि आज आयोजित पुरस्कार वितरण तथा समापन समारोहमा बोल्दै क्लब अफ पोखराका संस्थापक अध्यक्ष शिक्षाविद् जोनले पोखराकै ईतिहासमा लायन्स क्लब अफ पोखरा पिससिटिले आयोजना गरेको क्रमश उदाहरणीय भएको वताउनुभयो । सेवाको भावनाले स्थापना भएका लायन्स क्लबहले गरेको कामहरु समाजमा अनुकरणीय हुनुपर्ने उहाँले जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै विशेष अतिथि पोखरा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत झलकराम अधिकारीले लायन्स क्लबहरु सेवा गर्ने उद्देश्यले गठन भएकाले सेवामुलक काममा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोहि समारोहमा बोल्दै लायन्स क्लब ईन्टरनेशनल ३२५ वि वान का सेकेन्ड फाईस डिष्ट्रिक गर्भनर लायन धुर्वबहादुर थापाले सेवाको पवित्र भावना राखेर गठन भएका लायन्स क्लबहरुले गर्ने यस्ता कार्यहरुले सेवा गर्ने भावनालाई अभिबृद्धि गर्ने वताउँदै यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनु पर्ने जोड दिनुभयो ।
त्यसैगरी फोर्ड गाडीको अधिकृत बिक्रेता अटो भन्चर प्रालि पोखराका अध्यक्ष विन्दुकुमार थापाले खेल जिवनकोलागि महत्वपूर्ण भएकाले यसरी हुने कार्यक्रमले हामिलाई स्वाथ्य राख्न पनि सहयोग पु¥याउने वताउनुभयो ।
क्लबका अध्यक्ष प्रसान्तराज धमलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतियोगिता संयोजक सुदिपराज ढुङ्गाना र सचिव टंकराज अधिकारीले पनि बोल्नु भएको क्लबका संचार निर्देशक उत्तम पण्डितले जानकारी दिनुभयो ।



No comments:

Post a Comment

Please, comment about this article.