Wednesday, August 21, 2013

चोरी निकासीका सवारी साधनहरु बरामद


    चोरीका सवारी साधनहरु लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जि. कास्कीपोखरा १३ मियापाटन स्थितज्ञानेन्द्र सिग्देलको घर कम्पाउण्डबाट चारपाङ्गे र दुई पाङ्गे विभिन्न नम्बर प्लेटहरु भएका निम्न सवारी साधनहरुका साथै अन्यनम्बर प्लेट नखुलेका र गाडीहरु काटी अन्य सवारी साधनमा थप घट गरेको र ईन्जिन, ढोका, शिशाहरु खोलेर पार्टसहरु छुट्टाई लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको छ । उक्त घट्नामा संलग्नहुन सक्ने आशंकमा ३ जना मानिसलाई समेत नियन्त्रणमालिई अनुसन्धान कार्य भईरहेको छ । बरामदगरिएका सवारी साधनहरु प्रहरी नियन्त्रणमा राखिएको   छ । गाडीहरु ः
१)    टाटा सुमो जिप १
२)    महिन्द्रा बोलेरो जिप १
३)    सुजुकी मारुती कार  १
४)    हिरो हण्डा, होण्डा साईन, पल्सर, डिस्कभर, अपाची आदि विभिन्न मोडलका ९     वटा मोटरसाईकलहरु ।
५)    अन्य सवारी साधनकापार्टपुर्जा र सामानहरु ।
मिति : २०७०/५/५गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
 District Police Office Kaski, Pokhara

No comments:

Post a Comment

Please, comment about this article.