Friday, June 11, 2010

Nelson Mandela is not in the opening ceremony of world cup 2010


 कार दुर्घटनामा पनातिनीको मुत्यू भएपछि दक्षिण अफ्रिकाका बिश्व प्रसिद्ध नेता नेल्सन मण्डेला फिफा विश्वकप २०१० को उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् फुटबलको महामेला बिश्वकप सुरुहुन मात्रै केहि घण्टा बाँकी रहदा कार दर्घटनामा नातिनीको मुत्यू भएपछि मण्डेलाले अन्तिम समयमा उद्घाटन समारोहमा सहभागी नहुने निर्णय गरेका हुन् १३ बर्षीय मण्डेलाकी नातिनी जेनानी मण्डेला ओर्लन स्टेडियममा भएको बिश्वकप कन्सर्ट हेरेर फर्कदै गर्दा आज बिहान उनि चढेको कार जोहनेशबर्गमा दुर्घटना ग्रस्त भएको थियो जेनानीले एक दिन अघिमात्रै उनको १३ औँ जन्मदिन मनाएकी थिईन् उक्त कारमा मण्डेलाकी पुर्ब पत्नी वीन्नी मण्डेला पनि सवार रहेपनि उनि सकुसल रहेकी अन्तर्राष्ट्रिय समाचार सँथ्थाहरुले जनाएका छन्  जोहनेशबर्ग प्रहरीले घटनाको छानबिन गर्न कार चालकलाई नियन्त्रणमा लिएको जनाएको

No comments:

Post a Comment

Please, comment about this article.