Monday, November 18, 2019

वडाध्यक्षद्वारा घार्मी सडकको निरीक्षण

शिशिर
पोखरा ०२ मंसिर
तिव्र रुपमा निर्माण कार्य भैरहेको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकको पोखरा १९का वडाध्यक्ष शोभामोहन पौडेल सहितको टोलीले निरीक्षण गरेको छ ।

पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको छ । भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने गा्रभेल राख्ने काम शुरु भएको उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो । निरीक्षणका क्रममा वडाध्यक्ष पौडेलले सडकका सुपरभाइजर राजु गुरुङसँग निर्माणका विविध पक्षका विषयमा जानकारी लिनुभएको थियो ।

त्यस अवसरमा उहाँले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिदै, कुनै किसिमको हेलचक््रयाई नगर्न सुझाव दिनुभयो । वडाध्यक्ष पौडेलले भैरहेको काम सन्तोषजनक रहेको वताउदै तिव्र रुपले काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना  वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिए । पछिल्लो समय वडाभित्र भैरहेका विकास निर्माणका कामको अनुगमनमा सक्रिय वन्नुभएका वडाध्यक्ष पौडेलले वस्ती वचाएर सडक निर्माण गर्नु चुनौतीपुर्ण रहेको भएपनि स्थानियको सहयोगले कठिन काम पनि पुरा भएको वताउनुभयो । निरीक्षण टोलीमा वडाध्यक्ष पौडेल सहित नेकपाका वडा सचिव निर्मल वास्तोला र उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेल सहभागी हुनुहुन्थ्यो ।

उक्त सडकलाई राष्टिय योजनामा पार्न हाल गण्डकी प्रदेशका सासंद रहेका तत्कालिन मन्त्री कुमार खड्काले भुमिका खेल्नु भएको थियो । यसैविच सडक निर्माणसँगसगै अवरुद्घ वनेको यातायात सेवा छिट्टै संचालनमा ल्याउने समितिले जनाएको छ ।यस्तै लामाचौरकै गौरवको रुपमा रहेको लिफ्टीङ्ग खानेपानी आयोजनाको काम पनि भैरहेको छ । आयोजना अन्र्तगत घार्मीमा टंकी निर्माणको काम अन्तिम चरणमा पुगेको र टंकी निर्माणको काम सम्पन्न भएपछि लाईन वितरणको काम शुरु गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । हाल वडा नम्वर १९ भित्र विकास निर्माणका विभिन्न कार्यले तिव्रता पाएका छन् ।

परोपकार महासंघ बैदामको अध्यक्षमा तुलसी दाहाल

 पोखरा, २ मंसिर ।
 राष्ट्रिय परोपकार महासंघ नेपाल पोखरा ६ बैदामको अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

पोखरामा भएको दशौँ साधारणसभा तथा पाँचौं अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा जुना अधिकारी, सचिवमा भिष्मा नेपाली, कोषाध्यक्षमा हरिराज कोइराला चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कोपीला सापकोटा, पवित्रा कँडेल, मैया कँडेल, दुर्गा प्रसाद तिमिल्सेना, रामजी प्रसाद पहारी, हरि प्रसाद पहारी चयन हुनुभएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन भागवत बाचक पण्डित ठाकुरा प्रसाद पराजुलीले गर्नुभएको थियो । उहाँले मानवसेवामा परोपकारी हिसावले लाग्न सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रम

महासंघ बैदामका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन सचिव जुना अधिकारीले गर्नुभएको थियो ।

Tuesday, March 12, 2019

पोखरा वडा नं. १० मा केन्द्रीय अनुगमन टोलीको अन्तरक्रिया-Pokhara-News


पोखरा, २७ फागुन ।
पोखरा महानगर पालिका वडा समिति कार्यालय वडा नं -१० का वडा प्रतिनिधि तथा कर्मचारीहरूको ३ दिने अबलोकन भ्रमणमा चितवन, नवल परासी, लुम्बिनी, बुटवल, पाल्पाको अबलोकन सम्पन्न भएको छ ।
उक्त ३ दिने अबलोकन भ्रमणमा वडा सदस्य एवं अबलोकन भ्रमणका संयोजक सम्मर बहादुर श्रेष्ठको प्रतिनिधित्वमा भ्रमणमा निस्केका वडाका टोलीलाई वडा नं १० का वडा अध्यक्ष राज कुमार गुरुङ्गले ३ दिने अबलोकन भ्रमणले थोरै भएपनि वडा बिकास गराउन सहयोग पुर्याउने बताउनु हुदै भ्रमणको सफलताको शुभकामना दिनुहुदै बिदाई गर्नु भयो ।
उक्त अबलोकन भ्रमणमा पोखरा महानगर पालिका वडा समिति कार्यालय वडा नं -१० बाट बिदाईका साथ प्रस्थान गरेको ३ दिने अबलोकन भ्रमणमा वडा सदस्य सम्मर बहादुर श्रेष्ठ, वडा सचिव महेन्द्र बहादुर खवास समेत १३ जनाको टोलीले चितवन, नवल परासीको सास्वत धाम, रेलमार्ग, लुम्बिनीको गौतम बुद्ध जन्मस्थल, बुटवलको मणीमौकुन्द सेन उधान पार्क, सिद्धबाबा मन्दिर, पाल्पाको श्री नगर र रानी महलको अबलोकन गरिएको  कार्यक्रमका संयोजक एवं वडा सदस्य सम्मर बहादुर श्रेष्ठले बताउनुहुदै उक्त अबलोकन भ्रमणमा अन्य नगर पालिकाका वडाले गरेका विकासका कार्य र अन्य अफिसियल कामकाजमा सुधार गरि वडा बिकासमा अझ अग्रसर हुनुपर्नेमा श्रेष्ठले बताउनु भएको थियो । 
भ्रमण टोलीलाई तानसेन नगर पालिका कार्यालयका राजस्व बिभागका अधिकृत मधुसुधन घिमिरेको सहयोग मा रानी महल अनुगमन रानी महल स्थापना र त्यसको महत्वो बारे जानकारी गराउनु हुदै आउदा दिनमा पाल्पाको वडा र पोखरा को वडाको भागिनी सम्बन्ध बनाउन पहल गर्ने बताउनु भयो ।
उक्त अबलोकन भ्रमण कार्यक्रममा वडा सचिव महेन्द्र बहादुर खवासले ३ दिने भ्रमणले पोखराको बिकास संगसंगै अन्य क्षेत्रका नगर पालिका वडाको काम गर्ने सैलीबाट भ्रमण टोलीको केहि क्षमता वृद्धि भएको बिचार राख्नु हुदै भ्रमण सफल भएको बताउनु भयो ।

पर्वतमा सवारी दुर्घटना-Road Accident-Parbat-Nepal

पोखरा,फागुन-७ गते
 कुश्मा नगरपालिका-८ दोबिल्ला स्थित पोखरा - बाग्लुङ सडक खण्डमा डिमुवाबाट कुश्मा तर्फ आउँदै गरेको ध १ प ६८४ नं.को मोटरसाईकल अचानक सडकबाट अन्दाजी २०/२५ मिटर तल खसी मोटरसाईकल चालक मोदी गाउँपालिका-६ बस्ने २७ वर्ष को रबिन्द्र के.सी घाईते भएको अवस्थामा आज मिति २०७५/११/२८ गते स्थानियले देखी उपचारको लागि पर्वत हस्पिटल प्रा.लि कुश्मा पठाएकोमा थप उपचारको लागि पोखरा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

Monday, February 18, 2019

निशानको नयाँ गाडी ‘किक्स’ पोखरा बजारमा-THE NEW NISSAN KICKS LAUNCH IN POKHARA NEPAL



पोखरा संवाददाता
पोखरा, ६ फागुन । 
प्रिमियम मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दावी प्रा.लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे । 
सोमबार प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले संयुक्त रुपमा किक्स गाडीको अनावरण गरे । सोमबार नै पाँचवटा किक्स गाडी बुकिङ समेत भएको प्रिमियम  कम्पनीले जानकारी दिएको छ । 
किक्सको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी आवरणले ग्राहकहरुलाई आकर्षित गर्ने विश्वास प्रिमियम कम्पनीको छ । उत्कृष्ट विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको  ५९ लाख ९९ हजारमा उपलब्ध भएको प्रशासकीय प्रमुख मोहन गिरीले जानकारी दिए । 
यस किक्स गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा संचालन गर्न सकिन्छ । साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको कार्यक्रममा जानकारी दिईयो ।
यो एसयुभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा बजारमा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले बताए । 
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निशान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरकेको ५ स्पीड ,म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ केनाइनडी डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ ।  
किक्सको माइलेज क्षमतालाई अति नै उत्तम मानिएको छ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरिसकेको कम्पनीको भनाई छ । निशान कम्पनीले यसलाई ‘द इन्टिलीजेन्स एसयूभी’का रुपमा चिनाएको छ । ‘यसको डाइमेन्सन असाध्यै उत्कृष्ट रहेको छ । यसको एक्सटेरियर निकै प्रिमियम खालको छ । ग्राउन्ड क्लियरेन्स, इन्टेरियर, सुरक्षा लगायतका फिचर उत्कृष्ट रहेका छन् । अहिलेको प्रतिस्पर्धी बजारमा ‘मूल्यका हिसावले पनि किक्स गाडी विशेष रहने छ । 
थप जानकारीका लागि प्रिमियम मोटर्स प्रा. लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइराला ९८५१११३७७७