Friday, June 1, 2018
सूचनाको हक सन्बन्धी प्रशिक्षण सम्पन्न -National news Pokhara
४ नं प्रदेश प्रहरी कार्यालय पोखरामा आज जेष्ठ १८ गते सूचनाको हक सम्बन्धि एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आम नागरीकको सुसूचित हुन पाउने हकलाई संरक्षण र प्रचलन गराउने उद्श्यले प्रहरी कर्मचारीहरुलाई पनि उक्त प्रशिक्षण प्रदान गरिएको हो ।
प्रशिक्षणमा सूचनाको हक सम्बन्धी ऐन २०६४ प्रस्तावना, सूचनाको हक कार्यान्वयनमा सार्वजानिक निकायको भुमिका र दायित्व साथै सूचना प्रवाह गर्ननपर्ने विषयहरु र संरक्षण गर्नुपर्ने सूचना लगायतका विषयमा प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
४ नं. प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल, प्रहरी नायव उपरीक्षहरु, प्रहरी निरीक्षकहरु लगयात अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रममा ४ न। प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्याम कुमार महतोले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
Thursday, May 31, 2018
म्याग्दीमा सवारी दुर्घटना-Accident in Myagdi
Man electrocuted in Nawalparasi
नवलपरासीमा करेण्ट लागी घाईते(बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका ११ धारापानि चोक स्थित रहेको बिजुलिको पोलमा बिजुलि मर्मत गर्न क्रममा अचानक करेण्ट लाग्दा देवचुलि नगरपालिका ६ बस्ने वर्ष ४८को बम बहादुर के।सि। उक्त पोलबाट खस्न गई घाईते भएकाले उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाईएको छ । घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीखटिगई थप अनुसन्धान गरिरहेको छ ।
पर्वतमा आगलागी- Fire Home
मिति २०७५/०२।१६ गते राती अं. २१:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालीका वडा नम्बर ७ लालुङ बस्ने तुल वहादुर बि.क.को ढुङगा माटोले बनेको खरले छाएको १तले कच्ची घरमा राती खाना बनाएर छोडेको आगो बाल-बच्चाले खेलाउने क्रममा अचानक घरमा सल्कीन गई आगोलागी हुँदा घर पुर्ण रुपमा जली नष्ट भएको छ । उक्त आगो रातीको १२ बजेको समयमा नियन्त्रणमा आएको छ । उक्त घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी ली खटिगई बुझ्दा उक्त आगोलागीबाट घर तथा घरमा रहेको अन्नपात, लत्ताकपडा समेत जली अन्दाजी ७,००,०००(सात लाख)बराबरको क्षेती भएको छ ।
Subscribe to:
Comments (Atom)



