Monday, August 8, 2016

प्रहरी मेरो साथीकार्यक्रम अन्तरगत लागू औषध नियन्त्रणमा युवा बिधार्थीको भूमिका-Police My Friend Program



श्रावण २३ गते ।
    आज मिति २०७३।०४/२३ गते ११:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामाजिल्ला कास्की पोखरा(४ गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रहरी मेरो साथी Police My Friend  कार्यक्रम अन्तर्गत लागू औषध नियन्त्रणमा युवा विद्यार्थीको भूमिकाू विषयक अन्तर उच्च मा।वि।स्तरिय वक्तृत्वकला प्रतियोगिता पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र।ना।म।नि। कमल सिंह बमज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको, सो प्रतियोगितामा पोखरामा रहेका विभिन्न १२ वटा उच्च मा.वि.का १३ जना ( ६ जना छात्र र ७ जना छात्रा ) विद्यार्थीहरुले भाग लिएकोमा सगरमाथा निकेतन उच्च मा.वि.पोखराकी छात्रा मुस्कान झा प्रथम, मदरल्याण्ड उच्च मा.वि.की छात्रा प्रकृति सुवेदी द्वितिय र जनप्रिय उच्च मा.वि. की छात्रा रविना घिमिरे र सगरमाथा निकेतन उच्च मा।.वि.की छात्रा कृतिका कँडेल संयुक्तरुपमा तृतिय भएको, उक्त प्रतियोगितामा कास्की जिल्लामा लागू औषधको क्षेत्रमा कृयाशिल आमा समुह, संघ संस्था, स्कुल तथा कलेजका विद्यार्थीहरु, पत्रकार, उद्योगी व्यबसायी लगायत अं १५० जना व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रम ऐ १५:०० बजे समाप्त भएको र उल्लेखित प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगीहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रका साथै सहभागी अन्य प्रतियोगीलाई प्रमाण पत्र समेत प्रदान गरिएको ।

Sunday, June 26, 2016

युवा परिषद सबै जिल्लामा गठन हुने-Pokhara-News


पोखरा, ११ असार ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सह सचिव तेजराज पाण्डेले नेपाली युवाहरुको समस्याहरु समाधान गर्न युवा परिषद यहि भदौ भित्र सवै जिल्लामा सवै जिल्लामा गठन गर्ने गरी मन्त्रालयले काम अगाडी बढाएको जानकारी दिएका छन ।
मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रण्नितिक योजनाको बारेमा पश्चिमाञ्चल क्षेत्रमा आयोजित दुइ दिने छलफल कार्यक्रमको समापन गर्दै सह सचिव पाण्डेले सहभागीहरु समक्ष  उक्त कुराको जानकारी दिएका हुन । परिषद गठन हुने वित्तिकै जिल्लामा रहेका सबै युवा सूचना केन्द्रहरुको समेत प्रभावकारीता वढने उनले वताए ।    
बजेट अभावका कारण मन्त्रालयले युवा कार्यक्रमहरुमा गति लिन नसकेको वताउँदै सहसचिव पाण्डेले युवा संग गाँसीएका धेरै कार्यक्रमहरु परिषदको गठन पछि सहज हुने उनको भनाई थियो । मन्त्रालयले १० वर्षे रणनितिक योजना र कार्यक्रमहरुको कार्यान्वयनका लागि समेत सरोकारवाला संस्था र अन्य मन्त्रालयहरु संग समेत मिलेर काम गर्ने सहसचिव पाण्डेले वताए ।
दुइ दिने कार्यक्रममा मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रण्नितिक योजनाको बारेमा मन्त्रालयका उपसचिव ज्ञानराज सुवेदीले ६ वटा विभिन्न सिर्षकमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्रालय द्वारा पोखरामा आयोजित पश्चिमाञ्चल विकास क्षेत्रिय अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागिहरुले राष्ट्रिय युवा निति २०७२ को प्रभावकारी कार्यान्वयनका लागि समेत जोड दिएका थिए । दुई दिन सम्म चलेको उक्त कार्यक्रममा पश्चिमाञ्चलका कास्की, लमजुङ्ग, तनहुँ, स्याङ्गजा, पर्वत र म्याग्दी जिल्लाका विभिन्न रजनितिक दलका भातृसंगठनका अध्यक्ष तथा अन्य सरोकारवाला संस्थाकाहरुका करिव ५० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।



Tuesday, June 7, 2016

लागू औषध ब्राउन सुगर सहित पक्राउ -Arrested with Drugs-Pokhara-Nepal


     मिति २०७३।०२।२३ गते जिल्ला कास्की पोखरा उ.म.न.पा.-९ नयाबजार घर भई जिल्ला कास्की पोखरा उप(महानगरपालिका वडां नं -६ लेकसाइड डेरा गरी वस्ने वर्ष ३० को विकाश तामाङले पोखरा नगरक्षेत्रका विभिन्न स्थानहरुमा अवैध लागु औषध नर्फिम,डाइजापाम,फेनरागन,ब्राउन सुगर बिक्रीबितरण गर्दछन भन्ने प्राप्त विशेष सुचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङको कमाण्डमा खटिई गएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा उप-महानगरपालिका वडां नं -६ लेकसाइड बाट पक्राउ गरी तलासी लिंदा निजको साथ बाट नर्फिन ईन्जेक्सन थान १० (दस),डाईजापाम ईन्जेक्सन थान १० (दस),फेनरागन ईन्जेक्सन थान १० ९(दस),ब्राउनसुगर १ ग्राम ७५ मिलीग्राम,सिजीइयोनलाईट मोबाईल थान १ (एक)र जिल्ला बारा वुनियाद गा.बि.स.- ८ वस्ने वर्ष ४५ को प्रभु महतोलाई उप-महानगरपालिका वडां नं -९ पृथ्विचोकबाट पक्राउ गरी तलासी लिंदा निजको साथबाट ब्राउनसुगर ३५ (पैतीस) ग्राम डायमण्ड मोबाईल थान १ (एक)  बरामद गरि  आवश्यक कानुनी कारवाहीको लागी जि.प्र.का.कास्कीमा पठाईएको छ ।

मिति : २०७३।०२।२३ गते ।                                
 लागू औषध नियन्त्रण व्युरो पोखरा ।



Thursday, May 26, 2016

लागू औषध सहित मानिस पक्राउ -Men Arrested with Drugs-Pokhara-Nepal

 पोखरा जेष्ठ-१२ गते ।
    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १२ सिंगापुरे टोलमा होटलको कोठा भाडामा लिई लागू औषधको बिक्री बितरण तथा कारोवार गर्दै गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७३/२/११ गते यस कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठामा खानतलासी लिंदा बिक्री बितरण तथा सेवन गर्नको लागि पलाष्टिकमा स(साना पोका बनाई राखेको १६७ ग्राम ब्राउन सुगर सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा थप अनुसन्धान कार्य भईरहेको ।
पक्राउमा परेका ब्यक्तिहरु :
१.    जिल्ला स्याङजा चित्रे भन्ज्याङ ४ बस्ने बर्ष २४ को उमेश ठकुरी ।
२.    जि. तनहुं राईपुर बस्ने बर्ष ३६ को धिरेन थापा ।
३.    जिल्ला तनहुं रौ बस्ने बर्ष २९ को सुजन थापा ।
४.    जिल्ला तनहुं भानुमति २ बस्ने बर्ष २५ को चन्द्र बहादुर शाही ।
५.    जिल्ला कास्की ढिकुरपोखरी ६ बस्ने बर्ष १९ कि मेलिना बि।क।
६.    जिल्ला बारा मोहडा २ बस्ने बर्ष २४ को सोनालाल गिरी ।
२०७३/०२/१२ गते ।                                      
 जिल्ला प्रहरी कार्यालय कास्की ।

Wednesday, May 25, 2016

नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने ब्यक्तिहरु पक्राउ -Pokhara News

पोखरा जेष्ठ.१२ गते ।
    जिल्ला प्रहरी कार्यालय कास्कीलाई प्राप्त बिषेश सुचनाको आधारमा जिल्ला रुपन्देही बुटवल नगर  क्षेत्रका बिभिन्न स्थानमा जग्गा बेच्ने ब्यक्तिहरुको मोबाईल नंम्बर पत्ता लगाई आफु जग्गा किन्ने ब्यक्ति भएको भनि बताई  मोल(मोलाई गर्नको लागी बुटबल वसपार्कका होटलहरुमा बोलाई पेय पदार्थ ९ जुस ० तथा बिष्कुटमा नशालु पदार्थ मिसाई खुवाई बेहोस बनाई लुट्ने तथा पोखराका बिभिन्न स्थानहरुबाट पाल्पा, मुग्लिङ, मनकामना सम्म जानु छ भनि ट्याक्सी रिर्जभ गरी उक्त स्थान तर्फ लैजाँदा बाटोमा पेय पदार्थ ९ जुस ० तथा बिष्कुटमा नशालु पदार्थ मिसाई खुवाई बेहोस बनाई बिभिन्न गर(गहना र नगद तथा मोबाईल समेत लुटी फरार रहेका निम्न नामथर बतन भएका ब्यक्तिहरुलाई पोखरामा लुकि छिपी बसेको अबस्थामा पो.उ.म.न.पा.बडा नं ७ जनप्रिय मार्गबाट Lorazepam Tablet (नशालु औषधी)  र बिस्कुट सहित वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७३।०२।११ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।   
    प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले वुटवल रुपन्देही , मुग्लिङ चितवन र पाल्पामा समेत बिभिन्न ब्यक्तिहरुलाई नशालु पदार्थ सेवन गराई नगद तथा सुनका गरगहनाहरु लुटि फरार रहेको भन्ने खुलेको ।
    निम्न:
१.  जिल्ला स्याङ्जा स्वरेक वडा नं ७ बस्ने बर्ष ४९ को बिकास भन्ने डिल बहादुर सेन ठकुरी ।
२.  जिल्ला नवलपरासी अरुणखोला गा.वि.स.बडा नं ८ बस्ने बर्ष ३७ को प्रकाश सुनार ।
३.  जिल्ला पर्बत हसौनी गा.वि.स.वडा नं ६ घर भई हाल जि.रुपन्देही वुटवल न.पा.१२ बर्ष ५९ को राम गुरुङ
४.  जिल्ला स्याङ्जा छाङछाङ्दी बडा नं.१ भई हाल जिल्ला रुपन्देही वुटवल न.पा.वडा नं १२ बस्ने बर्ष ४५ को लाले ब.दमै ।
५.  ऐ.ऐ.पेलाकोट गा.बि.स।.वडा नं.६ भई हाल कास्की जिल्ला पो.उ.म.म.पा.७ बस्ने बर्ष ४५ को धन बहादुर बि.क.
   
मिति :२०७३।०२।११ गते ।                                       
जिल्ला प्रहरी कार्यालय कास्की ।