मिति २०७३।०२।२३ गते जिल्ला कास्की पोखरा उ.म.न.पा.-९ नयाबजार घर भई जिल्ला कास्की पोखरा उप(महानगरपालिका वडां नं -६ लेकसाइड डेरा गरी वस्ने वर्ष ३० को विकाश तामाङले पोखरा नगरक्षेत्रका विभिन्न स्थानहरुमा अवैध लागु औषध नर्फिम,डाइजापाम,फेनरागन,ब्राउन सुगर बिक्रीबितरण गर्दछन भन्ने प्राप्त विशेष सुचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङको कमाण्डमा खटिई गएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा उप-महानगरपालिका वडां नं -६ लेकसाइड बाट पक्राउ गरी तलासी लिंदा निजको साथ बाट नर्फिन ईन्जेक्सन थान १० (दस),डाईजापाम ईन्जेक्सन थान १० (दस),फेनरागन ईन्जेक्सन थान १० ९(दस),ब्राउनसुगर १ ग्राम ७५ मिलीग्राम,सिजीइयोनलाईट मोबाईल थान १ (एक)र जिल्ला बारा वुनियाद गा.बि.स.- ८ वस्ने वर्ष ४५ को प्रभु महतोलाई उप-महानगरपालिका वडां नं -९ पृथ्विचोकबाट पक्राउ गरी तलासी लिंदा निजको साथबाट ब्राउनसुगर ३५ (पैतीस) ग्राम डायमण्ड मोबाईल थान १ (एक) बरामद गरि आवश्यक कानुनी कारवाहीको लागी जि.प्र.का.कास्कीमा पठाईएको छ ।
मिति : २०७३।०२।२३ गते ।
लागू औषध नियन्त्रण व्युरो पोखरा ।


