Thursday, May 19, 2016

अचार बनाउने तीनदिने तालिम सम्पन्न

पोखरा, ५ जेठ 
     पोखरा-५ मालेपाटनमा अचार बनाउने सिपमूलक तीनदिने तालिम सम्पन्न भएको छ । पोखरा–५, वडा समन्वय आमा÷महिला समितिद्धारा आयोजना गरिएको तालिममआप,गाजर, काउली, बन्दा, धनिया, गोलभेंडा, कटहर, खुर्सानी, मेथी लगायत मिक्स गरी ९ किसिमको अचार बनाउन तालिम दिइएको थियो । तालिममा सहभागी महिलाहरुका लागि तालिमले आय आर्जन गर्न सहयोग पु¥याउने  तालिम संयोजक कालिका थापाले बताउनुभयो । पोखरा–५, वडा समन्वय समितिका अध्यक्ष उज्वल खत्रीले सिकेको सिपलाई ब्यबहारमा खरो उतारेर ब्यबसायिक बन्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेय सहभागीहरुले सिकेको सिप लाई ब्यहारमा प्रयोग गर्दे सके ब्यबसायीक बन्नुपर्ने नसके आफुले खाने अचार आफैले बनाएर खानुपर्ने बताउनु भयो । कार्यक्रमा अभियान युवा क्लबका अध्यक्ष बसन्त गिरि ,सहभागी श्रmृजना श्रेष्ठ लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । नब सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेको अचार बनाउने सिपमूलक तालिममा ५३ जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन ससोमबार सससस पोखरा उप महा नगरपालिकाका निमत्त प्रमुख ओमराज पौडेलले गर्नुभएको थियो ।

Tuesday, May 17, 2016

लागू औषध नियन्त्रण एक हप्ते अभियान कार्यक्रमको उद्‌घाटन Pokhara News

पोखरा जेष्ठ-३ गते ।
    लागू औषध नियन्त्रण ब्यरो पोखराको संयोजकत्वमा सामुदायिक जिल्ला  समन्वय समिति कास्की तथा गेट वे फाउन्डेसनको सहकार्यमा आयोजित लागू औषध नियन्त्रण एक हप्ते अभियानू कार्यक्रम अन्तरगत आज मिति २०७३/०२/०३ गते १३:०० बजे अञ्चल प्रहरी कार्यालय गण्डकीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र पोखरेल ज्युको प्रमुख आतिथ्यता र लागू पदार्थ नियन्त्रण समाज सुधार आमा समुह नेपालका अध्यक्ष बिष्णु कुमारी गुरुङको अध्यक्षतामा पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा समुद्धघाटन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा लागू औषधको अवस्था, असर तथा रोकथाम सम्बन्धमा अ.प्र.का.गण्डकीका प्रमुख महेन्द्र कुमार पोखरेल, जि.प्र.का.कास्कीका प्रमुख प्र.उ. घनश्याम अर्याल, लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहका अध्यक्ष बिष्णु कुमारी गुरुङ, गेट वे फाउन्डेसनका अध्यक्ष बिष्णु गुरुङ, सामुदायिकका जिल्ला समन्वय समिति कास्कीका अध्क्षय बिष्णु बहादुर भट्टराई, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, तथा मानवअधिकारवादी टेकनाथ बरालले आ(आफ्नो मन्तब्य राख्नु भएको र उक्त कार्यक्रममा १५० जनाको उपस्थिती रहेको थियो ।
    साथै उक्त कार्यक्रममा संयोजकको तर्फबाट लागु औषध नियन्त्रण ब्युरोका प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्नुभएको थियो ।

मिति : २०७३।०२।०३ गते ।                                
 लागू औषध नियन्त्रण व्युरो पोखरा ।

Tuesday, May 10, 2016

सुनको सिक्री लुट्ने ब्यक्ति पक्राउ-Crime News Pokhara

पोखरा बैशाख, २७ गते 
    मिति २०७३/१/२६ गते बेलुका अं. ८:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ न्यूरोडमा बर्ष ८६ कि मन कुमारी भट्टचन आफनै घरमा रहेको होटल भित्र काउन्टरमा बसी रहेको अवस्थामा जिल्ला कास्की पुरन्चौर घर भई पोखरा ९ न्यूरोड बस्ने बर्ष ३१ को सुर्य बहादुर नेपालीले उक्त होटलमा पुगी काउन्टरमा रहेकी वृद्द महिलालाई आमा  काम छ तपाई एकछिन यता बाहिर आउनुहोस भनी बोलाई निज वृद्द महिलाले घांटीमा लगाएको अं. ५ तोलाको सुनको सिक्री तानी भागेकोमा प्रहरी घटनास्थलमा पुगी निजअभियुक्तलाई लुटी लगेको सिक्री सहित पक्राउ गरी आज मिति २०७३/१/२७ गतेसम्मानित कास्की जिल्ला अदालतबाट जवरजस्ती चोरी मुद्दामा म्याद थप लिई थप  अनुसन्धान कार्य भईरहेको ।
 
     अभियुक्तको नाम : सुर्य बहादुर नेपाली
     ठेगाना : जिल्ला कास्की पुरन्चौर घर भई हाल पोखरा ९ बस्ने ।
     उमेर : ३१ बर्ष

मिति : २०७३/१/२७ गते ।                       
जिल्ला प्रहरी कार्यालय कास्की

Friday, April 29, 2016

आठौ राष्ट्रपति रनिङ्ग शिल्ड जारी आठ सय मिटरमा पवन र जमुनालाई स्वर्ण Sports News Pokhara


पोखरा,  बैशाख १६ गते  
   कास्की जिल्ला स्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड   विद्यालय खेलकुद प्रतियोगिता  अन्र्तगत रगंशालामा विहिबार सम्पन्न ८ सय मिटर छात्र÷छात्रा दौडमा सैनिक आवासिय माविका पवन श्रेष्ठ र गौरिशंक माविकी  जमुना कुँवरले स्वणपदक जितेका छ । पोखरा रगंशालाको एथलेटिक्स ट्रयाकमा भएको दौडमा छात्र तर्फ गण्कडी आवासियका सम्मर ढकालले रजत जिते भने मेश्रमबराह माविका सचिन गुरुङले कास्यपदक जिते । छात्रा तर्फ भद्रकाली उच्च माविकी सुजाता रानामगरले रजत र गौरीशंक माविकी ओममाया खगाने मगरले कायस्पदक प्राप्त गरिन् । त्यस्तै एक सय मिटर छात्रा दौडमा टप्स उच्चमाविकी शशी चौधरीले स्वण हात पारिन भने छोरेपाटन उच्च मावीकी गोम वि.कले रजत र कास्की मोर्डनाइजकी सृजना क्षेत्रीले कास्य पदक जितिन् । छात्र तर्फ गण्डकी आवासीयका विकास कुमार शाहले  स्वर्ण जिते, सैनीक आवासीयका सिद्धान्त काकीले रजत र हेमजा बोर्डिङका सागर नेपालीले कास्यपदक हात पारे ।

सटफुटमा
राष्ट्रपति रनिङ सिल्ड अन्र्तगत छात्र सटपटमा हिल प्वाइन्ट स्कुलका बेदबहादुर भुजेलले स्वर्ण, गौरीशंकर उच्च माविका विष्णु सेन्चुरीले रजत र रिभर डेल बोर्डिङका विश्वास मित्रकोटीले कायस्पदक जिते । त्यस्तै छात्रा तर्फ भद्रकाली उमाविका सोनु नेपालीले स्वर्ण, टप्स उमाविकी सरस्वती सुनारले रजत र गौरीशंकर माविकी सलिना वि.क ले कास्यपदक जित्न सफल भए ।
लङ्गजम्प
रनिङ्ग शिल्डमा आयोजना गरिएको लङ्गजम्पको छात्र तर्फ हेम्जा बोर्डिङका सागर नेपालीले स्वर्ण, गण्ण्डकी आवासीय स्कुलका विकास कुमार शाहले रजत र टप्स उच्च माविका अर्जुन अधिकारीले कास्य पदक जिते ।  छात्र तर्फ टप्सकी शशी चौधरीले स्वर्ण, हिलप्वाइन्टकी विना रानाभाटले रजत र हेमजा बोर्डिङकी नमुना पराजुलीले कास्य पदक हात पारे ।
ट्रिपल जम्प
राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत संचालित ट्रिपल जम्पमा छात्रा तर्फ सैनिक आवासिय माविका अनु अधिकारीले स्वर्ण जित्न सफल भइन भने गौरीशकरका अनिसा भण्डारीले रजत र गौरीशकरकै मिना नेपालीले कास्य पदक जितिन । छात्र तर्फ कास्की मोडनाइज्ड बोर्डिङका डोविन गुरुङले स्वर्ण जिते भने डायमण्ड उमाविका सन्तोष पतनीले रजत र साइनिङ स्टारका किरण परियाले कास्य पदक हात पार्न सफल भए ।
ज्याभलिङ थ्रा्े
ज्याभलिङ थ्रो छात्र तर्फका प्रतिस्प्र्धामा विष्णु पादुका प्रविण नेपालीले स्वर्ण जिते । भने हिमालयन माविका जेनिस वि.कले रजत र गण्डकी बोर्डिङका जीतेन्द्र गरुङले कास्य पदक जिते । त्यस्तै छात्रा तर्फ टप्स उच्च माविकी सरस्वती सुनारले स्वर्ण जित्न सफल भइन । कास्की मोडनाइज्डकी इशा गुरुङले रजत र विष्णु पादुकाकी करुया नेपालीले कास्य पदक जित्न सफल भइन् ।
कराँतेमा हिमाली बोर्डिङ स्कुल प्रथम
आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत सचालित सितेरीयो कराँते प्रतियोगितामा हिमाली बोर्डिङ  स्कल प्रथम भएको छ । दुई स्वर्ण, एक रजत र  तिन कास्य सहित हिमाली प्रथम भएको हो । त्यस्तै भास्कर एकेडेमी दोस्रो भयो । दुई स्वण, एक कास्य सहित दोस्रो भएको हो भने २ स्वर्ण एक कास्य सहित भाष्करपनि दोस्रो भएको थियो । दुवै टिमको बराबरी भएपछि गोलप्रथाद्धारा दोस्रो र तेस्रो छुटटयाएको थियो । गोलाप्रथाबाट भाष्कर एकेडेमी दोस्रो हुदाँ बर्डस एकेडेमीले तेस्रो स्थानमा चित्त बुझायो ।

Friday, April 22, 2016

कालोबजारी गर्ने पक्राउ-Gas Cylinder

पोखरा बैशाख, ९ गते
    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ सृजनाचोकमा बिष्णु प्रसाद गौतमले संचालन गरेको  दाजु गौतम किचन स्टोर्समा बढी मुल्य लिईग्याँस सिलिन्डरहरु बिक्री बितरण गरीकालोबजारी गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०७३/१/९ गते बिहान ८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली खटि गईनिजले संचालन गरेको पसलमा चेकजांच गर्दा अवैध रुपमा ग्यांसको जम्माखोरी तथा कालोबजारी गर्दै गरेको अवस्थामा फेला पारी लुकाई छिपाई राखेको भानु ग्यांस भरी सिलिण्डर  थान  ९ सहितउक्त पसलका संचालक बिष्णु प्रसाद गौतमलाई पक्राउ गरी कालो बजारी तथा अन्य केही सामाजिक अपराध मुद्धामा आजै सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको ।

मिति २०७३/०१/०९गते ।       
 जिल्ला प्रहरी कार्यालय कास्की।