Thursday, February 25, 2016

सवारी दुर्घटना-Accident In Nepal



पोखरा फाल्गुण ११ गते ।
आज मिति-२०७२/११/११ गते, १३:५५बजेको समयमा जि.कास्की लेखनाथ नपा-१३ लामेआहालमा पोखराबाट दमौली तर्फ जादै गरेको ना..ख १०७३ नं.को बस र दमौलीबाट पोखरा तर्फ आउदै गरेको बा..क ९३१८ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा निम्न मानिसहरु घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल व.प्र.का. गगनगौडाबाट प्र.ना.नि. नरेन्द्रजंग कार्कीको कमाण्डमा प्रहरी टोली खटिई गई घाईतेलाई उपचारको लागि निम्न अस्पताल लगिएको, दुर्घटनामा संलग्न सवारी साधन घटनास्थल नजिक साईड लगाई आवागमन सुचारु गरिएको अन्य अनुसन्धान भईरहेको ।
            > मणिपाल शिक्षण अस्पतालमा उपचार भएका घाईतेहरु :
.     तनहु शुक्ला गण्डकी न.पा.वडा नं. ४ बस्ने बर्ष ३० की बिष्णुमाया सुनार मध्यम,
.     ऐ बस्ने निजको छोरा ९ महिनाको कृतन सुनार बेहोस,
.     ऐ ऐ बस्ने निजको छोरी बर्ष ५ की कृति सुनार- सामान्य
.     ना..ख १०७३ नं.बस चालक तनहु थप्रेक -५ बस्ने बर्ष २७ को नुन बहादुर गुरुङ- मध्यम,
.     तनहु जामुने-७ बस्ने बर्ष ४५ की नानी माया कुमाल- मध्यम,
.     ऐ मनपाङ-५ बस्ने बर्ष ४० की मिनु गुरुङ- मध्यम,
.     जि.कास्की ले..पा.-११ बस्ने बर्ष २१ की बर्षना मगर- सामान्य ।

           > पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भएका घाईतेहरु :
.काठमाण्डौ जिल्ला चपली-३ बस्ने बा..क ९३१८ नं. ट्रकको सहचालक बर्ष ३१ को कृष्ण तामाङ- सामान्य,
. ऐ वडा नं. २ बस्ने बा..क ९३१८ ट्रकका चालक बर्ष ४८ को उद्वव थापा-सामान्य,
. जि.तनहुँ शुक्लागण्डकी न.पा.वडा नं. १५ बस्ने बर्ष ६० को गोपाल पौडेल-मध्यम
. ऐ ऐ बस्ने बर्ष ५३ की लक्ष्मी थापा-मध्यम,
. ऐ राम्जाकोट गा.वि.. वडा नं. १ बस्ने बर्ष २८ को दल बहादुर पाल- सामान्य,
.जि. स्याङजा पु...पा.-९ घर भई हाल तनहुँ खैरेनीटार बस्ने बर्ष २७ को तुल बहादुर गुरुङ-मध्यम


मिति: २०७२/११/११ गते।                             
 जिल्ला प्रहरी कार्यालय कास्की
                                                                                                                       

Tuesday, February 16, 2016

दाह्री कपाल काट्दा रकम बढ्यो : नाई संघ-Pokhara News

नाई पेशाकर्मीलाई नाई संघ कास्कीको अनुरोध

पोखरा, ४ फागुन । 
नेपाल नाई संघ जिल्ला कार्यसमिति कास्कीद्वारा नाई व्यवसायीलाई सेवामा दररेट परिवर्तन भएको उल्लेख गरिएको छ । नाई संघ जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा वसेको वैठकले विगत लामो समयदेखि नबढेको कपाल काट्ने शुल्कमा परिवर्तन भएको निर्णय भएको जानकारी दिए । छैटौं अधिवेशन २०६८ पुसबाट पारित भईसकेको समयानुकुल दररेटलाई मंगलबारको वैठकले बृद्धिगरि बुधबारबाट लागु गरिने नाई संघका सचिव आदेशप्रसाद ठाकुरले जानकारी दिए । कास्की जिल्लामा रहेको करिव १ सय ५० सैलुनमा कपाल काट्दा रु ७० लाग्ने विज्ञप्तिमा जनाएको छ । 
बढ्दो महंगी, सैलुनमा प्रयोगहुने औजार तथा सामग्रीको मुल्य बृद्धि, मजदुरको सेवा सुविधामा बृद्धि लगायतलाई ध्यान दिँदै दररेटमा परिवर्तन गरिएको नाई संघ लेखनाथका प्रतिनिधि आनन्द ठाकुरले जानकारी दिए । हरेक २÷२ वर्षमा बृद्धि गरिनुपर्ने रकमलाई नेपाल नाई संघ केन्द्रीय समितिको ढिलासुस्ती र महाधिवेशन प्रक्रिया अगाडि नबढ्दा देश भरका नाईहरुले समस्या भोग्दै आएका छन् । नाई संघ कास्कीले दाह्री काटेको ५० रुपैयाँ लिने बताउँदै होम सर्भिसमा प्रति व्यक्ति २ सय ५०का दरले लिन समेत नाई पेशाकर्मीलाई अनुरोध गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको सभाहलमा सम्पन्न बैठकमा नाई संघले उपभोक्तालाई दिनुपर्ने सेवा सुविधामा कञ्जुस्याई नगर्न व्यवसायीलाई आग्रह समेत गरेको छ । 
संघले विज्ञप्ति जारी गर्दै मेसिनले कपाल काटेको रु ८०, टाउको मसाज गरेको रु १ सय, लेडिज कपाल काटेको एक सय रुपैयाँ लिन व्यवसायीलाई अनुरोध गरिएको संघका सहसचिव धु्रर्व ठाकुरले जानकारी दिएका छन् । नाई संघ कास्कीले आफ्ना मजदुरलाई तालिम, महिनाको १ दिन विदा, भ्रमण तथा अवलोकन, व्यवसाय जन्य सुरक्षाको तालिम गराउँदै आएको छ । विज्ञप्तिमा कास्की जिल्लामा कपाल काट्ने दररेट बृद्धि हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमा समेत मागेको छ । 
थपजानकारीका लागि 
विगुलाल ठाकुर, अध्यक्ष नाई संघ, ९८४६०६०५९५   

Saturday, February 13, 2016

सिर्जनाचोकमा सेगाको शाखा -Pokhara Nepal

पोखरा, १ फागुन ।
पोखराको अमरसिंहचोकमा बिगत १० वर्षदेखि सञ्चालित सेगा कम्प्युटरले सिर्जनाचोकमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको शनिबार एक कार्यक्रम बीच कम्प्युटर एशोसिएसन महासंघ नेपाल कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले उद्घाटन गरे । कम्प्युटर शिक्षाको क्षेत्रमा लामो अनुभव भएका युवाहरु विकास भुर्तेल र महेन्द्र भुर्तेलले सेगा कम्प्युटर सञ्चालन गरेका हुन् ।
सेगाले शाखाको ब्राण्डिङ ‘सेगा एजुकेशन फाउण्डेसन प्रालि’ नामबाट गरेको छ । शाखामा वेब डिजाइनिङ तथा वेब प्रोग्रामिङ, मोबाइल एप्लिकेसन, अटो क्याडमा टुडि, थ्रिडी, व्यासिक तथा एडभान्स लेबलको हार्डवयर, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज लगायतका कम्प्युटर कोर्ष प्रदान गरिने सञ्चालक विकास भुर्तेलले जानकारी दिए । दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराउने उनले बताए । ‘प्रशिक्षण पछाडि विभिन्न संघ–संस्थामा इन्टर्नसिपको व्यवस्था गरिनेछ,’ उनले भने । सूचना तथा प्रविधिको क्षेत्रमा चासो राख्ने विद्यार्थीलाई लक्षित गरी शाखा सञ्चालनमा ल्याइएको हो ।
पारिवारिक वातावरणमा दक्ष प्रशिक्षकद्वारा शिक्षा प्रदान गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्ने अर्का सञ्चालक महेन्द्र भुर्तेलले बताए । सैद्धान्तिक र व्यवहारिक माध्यमबाट विद्यार्थीलाई प्रशिक्षण दिइने उनले बताए । ‘ठूलो स्क्रिनको मोनिटरबाट शिक्षा दिइने भएकाले विद्यार्थीले सहज तरिकाले बुझ्न सक्छन्,’ उनले भने । प्राक्टिकलमा ल्यापटपको माध्यमबाट विद्यार्थीलाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको भुर्तेलले जानकारी दिए ।
शाखा शुभारम्भको अवसरमा बोल्दै अध्यक्ष बास्तोलाले पोखरामा सूचना तथा प्रविधिको क्षेत्रमा आकर्षण बढेको बताए । उक्त अवसरमा कम्प्युटर एशोसिएसन महासंघ कास्कीका पूर्व अध्यक्ष गुणानिधि पाण्डे, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष कृष्णराज पोखरेल लगायतले बोलेका थिए । शाखा उद्घाटनका अवसरमा मोबाइलको माध्यमबाट बिजुलीको स्विच अनअफ गर्ने प्रविधिको डेमो प्रदर्शन गरिएको थियो । उक्त डेमो सेगामा हार्डवयर प्रोग्रामिङ कोर्ष सिकेका विद्यार्थीले तयार पारेका हुन् ।

Wednesday, February 3, 2016

कार्कीद्वारा मतदाताप्रति आभार व्यक्त-Bimal Karki Pokhara-News

पोखरा १९,माघ
नेपाली कांग्रेस पोखरा उपमहानगर कार्यसमितिको सम्पन्न चुनावमा सभापति पदका प्रत्यासी बिमलबहादुर कार्कीले आफुलाई मत दिने सबैप्रति आभार व्यक्त गरेका छन् । मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै आफुलाई मत दिने र नदिने सबै सुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका हुन् । उनले भनेका छन्,–“निर्वाचनमा म सभापति पदमा उमेदवार भै सम्मानजनक मत प्राप्त हुँदा हुँदैपनि केहि प्राविधीक पक्षको असावधानीका कारण उपविजेता बन्न पुगेपनि निर्वाचनलाई जित हारको रुपमा भन्दा पनि लोकतान्त्रीक मूल्य मान्यताको अभिन्न अंगका रुपमा लिई स–गौरव सम्मान गर्दछु ।”
आफु पराजित भएपनि उनले कांग्रेसको नगर तथा गाउँ र वडा अधिवेसनबाट विजयी सबैलाई बर्धासमेत दिएका छन् । आफु पार्टीको नीति,निर्देशनभित्र रहि सदैव कार्य गरीरहने प्रणसहित कार्कीले आफ्नो स्थानबाट पार्टी र पार्टीका विभिन्न तहको नेतृत्वमा रहने अनि नरहने सबैलाई आफ्नो सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

Monday, January 25, 2016

स्वास्थ्य सन्देशमुलक कार्यक्रम सम्पन्न-Health for Nepal


पृथ्वी नारायण क्याम्पस, शिक्षा शास्त्र स्नातकोत्तर तह प्रथम वर्ष स्वास्थ्य शिक्षा विषय अध्ययनरत विद्यार्थीले स्वास्थ्यमूलक कार्यक्रम शनिबार ढिकुरपोखरी गा.वि.स. समितिको सभाकक्षमा सम्पन्न भयो।
“स्वास्थ्य र सक्षम समुदाय निर्माणको लागि स्वास्थ्य शिक्षा र जनचेतना, गुणस्तरीय जीवनको परिकल्पना” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा अध्यापन अभ्यास विभागिय प्रमुख यादव राज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
स्वास्थ्य शिक्षा आजको आवश्यकता भएको हुँदा रोग लाग्नुभन्दा रोग लाग्न नदिन गरिने सुरक्षा उपाय नै स्वास्थ्य शिक्षाको मूल आधार भएको प्रमुख अतिथि अधिकारीले जानकारी गराएका थिए। भने कार्यक्रमका विशिष्ट अतिथि केशवराज वाग्लेले स्वाथ्य शिक्षा सैद्धान्तिक शिक्षा भन्दा व्यवहार परिवर्तनशिल शिक्षा हुनुपर्ने कुरामा जोड दिएका थिए।
त्यसैगरी लक्ष्मी शर्माले स्वागत मन्तव्य राखेकी थिइन् भने उमनाथ गौतमले कार्यक्रमको उद्देश्य, शान्ति पुनले शौचालय र गर्भवस्था स्वास्थ्य परिक्षण, शन्तुक कार्कीले उमेर अनुसारको जनसंख्या र पोषण, दिनीत गुरुङले फोहोर मैला व्यवस्थापन, गणेश सुनारले मुख स्वास्थ्य, चन्द्रा घलेले पानी शुद्धीकरण र सागसव्जी विवरण सम्वन्धी जानकारी गराएका थिए।
कास्की जिल्ला ठिकुर पोखरी गा.वि.स. वाड नं. ४ माझथोक टोलमा समुदाय स्वास्थ्य सर्वेक्षण विगत ७ महिना देखि गर्दै आएका थिए। उक्त समयमा परिवार नियोजन, सुरक्षित मातृत्व खोप सेवा, जनसांख्यीक वितरण, शैक्षिक विवरण, व्यक्तिगत स्वास्थ्य तथा सरसफाई, पोषण, मुख स्वास्थ्य, शौचालय, पानी शुद्धिकरण सम्बन्धि विषयमा अध्ययन गरी तथ्याङ्क संकलन गरिएको थियो।
गणेश सुनारद्वारा सञ्चालन गरेको उक्त कार्यक्रममा टोली नेता उमनाथ गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।