Wednesday, May 21, 2014

समाज सुरक्षीत बनाउन नागरिकको पहिलो जिम्मेवारी Pokhara -Nepal

       समाज सुरक्षीत बनाउनको लागि नागरिकको पहिलो र अहम जिम्मेवारी हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिनुभयो । कालिकामा मंगलबार सम्पन्न आम नागरिकमा सुरक्षा सम्बन्धी जानकारी गराउनका साथ प्रहरी कार्यमा आम नागरिकको सहयोग जुटाउने उद्देश्यले “प्रत्येक नागरिक बिना वर्दीका प्रहरी हुन भने प्रत्येक प्रहरी वर्दी सहितका नागरिक हुन” भन्ने नाराका साथ थालिएको नागरिक सुरक्षा सम्बन्धी नागरिक–प्रहरी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले नागरिकले सुरक्षा सम्बन्धी चिन्ता लिएमा समाज सुरक्षित हुने बताउनुभयो ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन, कालिका गाविसको व्यवस्थापन र सामुदायिक सेवा केन्द्र कालिकाको आयोजनामा सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक बसन्त कुमार लामाले सुरक्षाको विषयमा आम नागरिकले चिन्ता लिएमा प्रहरी कार्य सहज हुनका साथै समाज सुरक्षित हुने बताउनुभयो ।
प्रहरी कार्यमा कसरी नागरिक सहयोग प्राप्त हुन सक्दछ भन्ने मुख्य विषय वस्तुका साथ गाँउ गाँउका समस्या सोही स्थानमा गई बुझ्ने र नागरिक प्रहरी दुवै पक्षले के कस्ता भूमिका निर्वाह गर्दा समाज सुरक्षित  हुन्छ भनी यस प्रकारको सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम लिएर आम नागरिकको बीचमा आएको बताउनुभयो । सो कार्यक्रममा कानून विपरित कार्य गर्ने जो कोहीलाई कानून बमोजिम कारवाही हुने हुदाँ नागरिकले कानून हातमा लिन नहुने तर प्रहरीलाई हरतरहले सहयोग गर्न तयार हुनु पर्ने बताउदै सामुदायिक सेवा केन्द्रलाई क्रियाशिल बनाउनुहोस म सामुदायिक प्रहरी उपलब्ध गराउछु भनि  प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
 कालिका गाविसका सबै वडाहरुबाट उल्लेख्य उपस्थिती भएको सो अन्तरक्रिया कार्यक्रममा नागरिक सुरक्षाको सम्बन्धमा आम नागरिकले जान्नु पर्ने सामान्य कुराहरु, प्रहरी, सामुदायिक प्रहरी, नागरिक प्रहरीको सम्बन्ध, प्रहरी तथा आम नागरिकको जिम्मेवारी तथा कार्यक्षेत्रको बारेमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले कार्य पत्र प्रस्तुत गरेका थिए ।
सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव बिमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष सीता गुरुङ, विशेष अतिथिद्धय कृष्ण के.सी. र मान बहादुर जी.सी. समेतले कालिका क्षेत्रमा हाल बढदै गएको विकृति विसंगतिका घटनाहरुमा कुनै न कुनै स्थानबाट स्थानियले सहयोग गरेको हुन सक्ने भन्दै यदी स्थानियको सहयोग नहुने हो र सुरक्षाको लागि आम नागरिकले चिन्ता लिने हो भने समाज शान्त हुने बताउनुभयो । अन्तरक्रियामा उठेका प्रश्नका जवाफ दिदै प्रहरी निरीक्षक गंगाबहादुर थापाले नागरिकको सहयोगले कालिकालाई सुरक्षित गाविस बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । सो कार्यक्रममा एकबहादुर कार्की, निर्मल दियाली सुनार, राजेन्द्र त्रिपाठी, वद्री पौडेल, विरेन्द्र भण्डारी, हुमनाथ अधिकारी, हिमनाथ कुईकेल, समेतका वक्ताहरुले  कालिका क्षेत्रमा हाल भएका विकृति विसंगतिको अवस्था साथै सो स्थानमा सामुदायिक प्रहरीको माग गरेका थिए ।
  कालिका गाविस का सचिव शोभाखर ढकालले कार्यक्रमको बारेमा प्रकास पार्दै स्वागत गरेका थिए ।
मिति:२०७१/२/६ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की
   

Monday, May 19, 2014

आम सुरक्षा सम्बन्धी लुम्लेमा नागरिक प्रहरी बीच अन्तरक्रिया - Nepal Police discuss for the safety of the mass in Lumle


जेष्ठ ४, पोखरा 
 आम नागरिकमा सुरक्षा सम्बन्धी जानकारी गराउनका साथ प्रहरी कार्यमा आम नागरिकको सहयोग जुटाउने उद्देश्यले “प्रत्येक नागरिक बिना वर्दीका प्रहरी हुन भने प्रत्येक प्रहरी वर्दी सहितका नागरिक हुन” भन्ने नाराका साथ थालिएको नागरिक सुरक्षा सम्बन्धी नागरिक – प्रहरी अन्तरक्रिया कार्यक्रम लुुम्ले गाविसमा आईतबार सम्पन्न भयो ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरको व्यवस्थापन र लुम्ले गाविसको आयोजनामा लुम्ले गाविसका सचिव हरी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक बसन्त कुमार लामाले सुरक्षाको महत्वपूर्ण पक्ष नै होशियारी भएको बताउदै नागरिक र प्रहरी दुवै पक्षमा कमजोरी भएकोले सो कमजोरी हटाई आपसमा मिलेर सहकार्य गर्नको लागि कास्की प्रहरी यहाँहरुको माझ आएको बताउनुभयो । देशको कानूनको पालना गर्दै निस्वार्थ जनताको सेवा गर्नेछौ भनि कसम खाएका प्रहरी संगठनका केही गलत सदस्यका कारण भएको बदनामी मेटाउन प्रहरी संगठन लागि परेको बताउदै वहाँले समाज चनाखो भई सकारात्मक सोचका साथ काम गरेमा प्रहरीको आचरण र व्यवहारमा छिट्टै परिवर्तन हुने समेत बताउनुभयो । अन्तरक्रियामा उठेका प्रश्नको जवाफ दिदै लामाले हरेक सकारात्मक कार्यको लागि नागरिक प्रहरी सहकार्य गर्न जिल्ला प्रहरी कार्यालय कास्की सधै तत्पर रहेको बताउदै आम सुरक्षाको लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
 लुम्ले गाविसका सबै वडाहरुबाट उल्लेख्य प्रतिनिधित्व भएको सो अन्तरक्रिया कार्यक्रममा नागरिक सुरक्षाको सम्बन्धमा आम नागरिकले जान्नु पर्ने सामान्य कुराहरु, प्रहरी, सामुदायिक प्रहरी, नागरिक प्रहरीको सम्बन्ध, प्रहरी तथा आम नागरिकको जिम्मेवारी तथा कार्यक्षेत्रको बारेमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले कार्य पत्र प्रस्तुत गरेका थिए ।
सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव बिमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष सीता गुरुङ, भरत देवकोटा, लक्ष्मण देवकोटा, चन्द्र बहादुर गुरुङ, जौमाया देवकोटा, सन्तोष गुरुङ, आसमाया वि.क., जीवन देवकोटा, भक्तिराम देवकोटा, चुणाराम देवकोटा, नारायण बराल समेतका वक्ताहरुले सुरक्षा, प्रहरीको हालको व्यवहार, सुधार गर्नुपर्ने विषय लगागत गाविसका अन्य विषयमा समेत बोलेका थिए ।
कार्यक्रमका संयोजक सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले कार्यक्रमको बारेमा प्रकास पार्दै स्वागत गरेका थिए ।                                              

Tuesday, May 13, 2014

होडिङ्ग वोर्ड राख्ने क्रममा खसी मृत्यु- Man died while placing Hooding Board

   बैशाख २९, पोखरा,जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ पृथ्वीचोक स्थित नयाँ बन्दै गरेको घरको छतमा होडिङ्ग बोर्ड काटेर हटाउन खोजि रहेको अवस्थामा जि. संखुवासभा घर भई हाल पोखरा ५ बस्ने वर्ष ४२ को पंच बहादुर तामाङ्ग २ तला माथिबाट खस्न गई घाईते भएकोमा तत्काल उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगि उपचार भईरहेको अवस्थामा मृत्यु भएको छ । सो घट्ना सम्बन्धमा अन्य अनुसन्धान भईरहेको छ ।

कपडामा बिस्कुटको लेदो छर्किई छक्यानमा पारी लुटपाट गने खोज्ने पक्राउ- Thief caught after sprinkling biscuit on a woman

    पोखरा,  बैशाख २९, पोखरा ९ महेन्द्रपुलमा रहेको गरिमा बिकास बैंकबाट ले.न.पा. ६ बस्ने कुसुम क्षेत्रीले रकम झिकी झोलामा राखी बाहिर हिडीरहेको अवस्थामा भारत कटीहार जिल्ला विहार राज्य घर भई हाल पोखरामा बस्ने वर्ष १४ को नेहाल कुमारले मुखमा बिस्कुट चपाई विस्कुटको  लेदो पारी  निज महिलाको शरिर र कपडामा फाली दिएको निज महिलाले उक्त रकम रहेको झोला भुईमा राखी टकटक्यान लाग्दा निज नेहाल कुमारले रकम रहेको झोला लिई भाग्दै गर्दा तत्कालै निज व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ । 
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालयकास्की

सुनका गरगहना तथा ल्यापटप कम्प्यूटर चोरी गर्ने पक्राउ - Gold & computer theif caught

   
 पोखरा उप.म.न.पा. वडा नं. १८ बस्ने उषा के.सी. लगायत सपरिवार आफनो घरमा ताला लगाई उपचारको लागि मिति २०७१/१/२१ गते काठमाण्डौ गएकी र मिति २०७१।१।२५ गते घर फर्कि घरमा हेर्दा ताला फोडी घर भित्र कोठमा रहेका सामानहरु लथालिङ्ग पारी कोठमा रहेको सुनका गरगहना, क्यामरा, ल्यापटप, चरेसका थाल, कचौरा, भिडियो क्यामेरा, मोवाईल र रकम समेत चोरी भएको हुँदा आवश्यक कारवाही गरि पाउँ भनि निज उषा के.सी. ले यस कार्यालयमा निवेदन दिनासाथ उक्त घट्नामा संलग्न हुन सक्ने व्यक्तिहरुको खोजतलास एवं अनुसन्धान गर्ने क्रममा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मिति २०७१।०१।२८ गते निम्न ६ जना व्यक्तिहरुलाई चोरी गरेको सुनको मंगल सुत्र १ थान, कानमा लगाउने मुन्द्रा २ थान, भिडियो क्यामेरा थान १, औठी १, डेल ल्यापटप १, चरेशको थाल र कचौरा ६, मोवाईल २ सहित पक्राउ गरी चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको छ ।

पक्राउमा परेका व्यक्तिहरु:
१)    जि. कास्की पोखरा ११ रामघाट बस्ने वर्ष ३४ कि सन्तुमाया सार्की
२)    जि. कास्की पोखरा ५ पश्र्याङ्ग बस्ने वर्ष २४ को सोम पुन
३)    जि. कास्की पोखरा १७ घर भै हाल पोखरा ५ बस्ने धन बहादुर गौतम
४)    जि. कास्की पोखरा ९ बस्ने वर्ष २२ को हल्दार भन्ने बिमल पाण्डे
५)    जि. कास्की पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष १५ को जिवन नेपाली
६)    जि. कास्की पोखरा १४ चाउथे बस्ने वर्ष १७ को अर्जुन बि.क.
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालयकास्की