समाज सुरक्षीत बनाउनको लागि नागरिकको पहिलो र अहम जिम्मेवारी हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिनुभयो । कालिकामा मंगलबार सम्पन्न आम नागरिकमा सुरक्षा सम्बन्धी जानकारी गराउनका साथ प्रहरी कार्यमा आम नागरिकको सहयोग जुटाउने उद्देश्यले “प्रत्येक नागरिक बिना वर्दीका प्रहरी हुन भने प्रत्येक प्रहरी वर्दी सहितका नागरिक हुन” भन्ने नाराका साथ थालिएको नागरिक सुरक्षा सम्बन्धी नागरिक–प्रहरी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले नागरिकले सुरक्षा सम्बन्धी चिन्ता लिएमा समाज सुरक्षित हुने बताउनुभयो ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको संयोजन, कालिका गाविसको व्यवस्थापन र सामुदायिक सेवा केन्द्र कालिकाको आयोजनामा सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक बसन्त कुमार लामाले सुरक्षाको विषयमा आम नागरिकले चिन्ता लिएमा प्रहरी कार्य सहज हुनका साथै समाज सुरक्षित हुने बताउनुभयो ।
प्रहरी कार्यमा कसरी नागरिक सहयोग प्राप्त हुन सक्दछ भन्ने मुख्य विषय वस्तुका साथ गाँउ गाँउका समस्या सोही स्थानमा गई बुझ्ने र नागरिक प्रहरी दुवै पक्षले के कस्ता भूमिका निर्वाह गर्दा समाज सुरक्षित हुन्छ भनी यस प्रकारको सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम लिएर आम नागरिकको बीचमा आएको बताउनुभयो । सो कार्यक्रममा कानून विपरित कार्य गर्ने जो कोहीलाई कानून बमोजिम कारवाही हुने हुदाँ नागरिकले कानून हातमा लिन नहुने तर प्रहरीलाई हरतरहले सहयोग गर्न तयार हुनु पर्ने बताउदै सामुदायिक सेवा केन्द्रलाई क्रियाशिल बनाउनुहोस म सामुदायिक प्रहरी उपलब्ध गराउछु भनि प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कालिका गाविसका सबै वडाहरुबाट उल्लेख्य उपस्थिती भएको सो अन्तरक्रिया कार्यक्रममा नागरिक सुरक्षाको सम्बन्धमा आम नागरिकले जान्नु पर्ने सामान्य कुराहरु, प्रहरी, सामुदायिक प्रहरी, नागरिक प्रहरीको सम्बन्ध, प्रहरी तथा आम नागरिकको जिम्मेवारी तथा कार्यक्षेत्रको बारेमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले कार्य पत्र प्रस्तुत गरेका थिए ।
सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव बिमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष सीता गुरुङ, विशेष अतिथिद्धय कृष्ण के.सी. र मान बहादुर जी.सी. समेतले कालिका क्षेत्रमा हाल बढदै गएको विकृति विसंगतिका घटनाहरुमा कुनै न कुनै स्थानबाट स्थानियले सहयोग गरेको हुन सक्ने भन्दै यदी स्थानियको सहयोग नहुने हो र सुरक्षाको लागि आम नागरिकले चिन्ता लिने हो भने समाज शान्त हुने बताउनुभयो । अन्तरक्रियामा उठेका प्रश्नका जवाफ दिदै प्रहरी निरीक्षक गंगाबहादुर थापाले नागरिकको सहयोगले कालिकालाई सुरक्षित गाविस बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । सो कार्यक्रममा एकबहादुर कार्की, निर्मल दियाली सुनार, राजेन्द्र त्रिपाठी, वद्री पौडेल, विरेन्द्र भण्डारी, हुमनाथ अधिकारी, हिमनाथ कुईकेल, समेतका वक्ताहरुले कालिका क्षेत्रमा हाल भएका विकृति विसंगतिको अवस्था साथै सो स्थानमा सामुदायिक प्रहरीको माग गरेका थिए ।
कालिका गाविस का सचिव शोभाखर ढकालले कार्यक्रमको बारेमा प्रकास पार्दै स्वागत गरेका थिए ।
मिति:२०७१/२/६ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की