Thursday, February 6, 2014

अन्तर सामुदायिक भ्रमण टोलीसँग अन्तरक्रिया तथा तालिमको समापन

माघ २२, पोखरा ।
सिद्धार्थ सामुदायिक सेवा केन्द्र भैरहवाको भ्रमण टोली र कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुको बीचमा अन्तरक्रिया एवं ६ महिने निशुल्क प्लम्बिङ तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा श्रावण महिना देखि संचालन भएको ६ महिने निशुल्क प्लम्बिङ तालिममा ११ जना युवाहरुले तालिम प्राप्त गरेका थिए ।
संस्थाको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका निमित्त कार्यालय प्रमुख तुलसी प्रसाद पौडेलले सामुदायिक सेवा केन्द्र र आफ्नो सामिप्य सम्बन्ध रहेको र यस खालका तालिमले वेरोजगार युवाहरुलाई रोजगार बनाउने र युवा वर्गमा आएको विकृतिबाट अलग रहने हुदाँ यस खालका तालिम अति आवश्यक रहेकोले सामुदायिक सेवा केन्द्रको नारालाई शिखरमा पु¥याउनको लागि भविष्यमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष, निवर्तमान अध्यक्ष सीता गुरुङ, संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली, प्रहरी नायव निरीक्षक रेशम पौडेल, उपाध्यक्ष ध्रुवबहादुर क्षेत्री, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव जयराम अधिकारी, बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, बैदामका सदस्य प्रेम तामाङ, लेखनाथका उपाध्यक्ष ईश्वरी प्रसाद अधिकारी, सिद्धार्थ सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द प्रसाद बस्याल, संस्थापक अध्यक्ष ईन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष टिकाराम भट्टराई, उपाध्यक्ष पुरन प्रसाद श्रेष्ठ, लगायतले सामुदायिक सेवा केन्द्रको क्रियाकलाप, भावि रणनीति, सामुदायिक सेवाको विकासको लागि खेल्नुपर्ने भूमिका आदिको विषयमा बोलेका थिए ।
संस्थाका महासचिव विमलबहादुर कार्कीले संचालन गरेको उक्त कार्यक्रमका वक्ताहरुले तालिममा सहभागिहरुलाई स्वदेशमानै काम गरी स्वोरोजगार बन्नको लागि अनुरोध गरेको थिए ।

Friday, January 31, 2014

वेवारिसे शव फेला परेको

मिति २०७०/१०/१६ गते दिन जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-१६ बाटुलेचौर स्थित कालीखोलामा नामथर वतन नखुलेको टाउकोमा ओम नमस् शिवालय लेखिएको पंहेलो रङको रुमाल बाधेको, कालो स्वेटर निलो र रातो कोठे २ वटा चोलो हरियोमा कालो कोठे भएको फरिया दुबै हातमा पंहेलो वाला, कानमा पंहेलो २ वटा रिंङ, घांटीमा सेतो गेडीमाला, घांटीमा ३ वटा चाबी भएको डोरी भएको, कपाल धेरै भाग फुलेको अ.बर्ष(७०/७५ को महिलाको शव फेला परेको । घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी शव पश्चिम क्षेत्रीय अस्पताल पोखराको शव गृहमा राखिएको र हाल सम्म उक्त महिलाको शव सनाखत हुंन नसकेको हुंदा सनाखतको लागी हुलिया परिपत्र गरी दिनको निमित सम्पुर्ण मिडियाहरुलाई अनुरोध गरिन्छ ।

मिति २०७०।१०।१६ गते ।
District Police Office Kaski           
जिल्ला प्रहरी कार्यालय कास्की 

साईकल चोरी गर्ने पक्राउ -Man Arrested

  पोखरा उ.म.न.पा.वडा नं.-३ नदिपुर बस्ने ध्रुब बहादुर गोदारले पोखरा उ.म.न.पा.वडा नं.-९ महेन्द्रपुलमा सडक छेउमा साईकल राखी किनमेल गर्न लागेको अवस्थामा भारत दार्जलिङ घर भई हाल जि.कास्की हेम्जा गा.बि.स.वडा नं.-२ बस्ने दिनेश लामाले साईकल चोरी गरी भागेको भन्ने निज ध्रुब बहादुर गोदारको लिखित निबेदनको आधारमा निजलाई चोरी भएको साईकल सहित पोखरा उ.म.न.पा.वडा न.-११ रानीपौवाबाट यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही दिन पक्राउ  गरी चोरी मुद्दामा म्यादथप गरी अनुसन्धान कारबाही भई रहेको छ ।
  
मिति २०७०।१०।१५ गते ।    
District Police Office Kaski                               
जिल्ला प्रहरी कार्यालय कास्की ।

लागु औषध सहित पक्राउ- Man Arrested with Drugs


            जिल्ला कास्की घान्द्रुक गा.वि.स.वडा नं. २ बस्ने बर्ष ६८ की जित कुमारी वि.क.र ऐ ऐ वस्ने बर्ष ५५ को सोम बहादुर बि.क.ले लागु औषध चरेश विक्री वितरण गर्दछन भन्ने गोप्य सुचना अनुशार यस कार्यालयको विशेष प्रहरी टोलीले निजहरु दुबैजनाको  निग्रानी गरी रहेकोमा निजहरुलाई लाई लागु औषध चरेश १ के.जी २५० ग्राम सहित पक्राउ गरी लागु औषध मुद्वामा म्याद थप गरी अनुशन्धान भईरहेको छ ।
        यसै गरी लागु औषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा बिश्रामपुर गा.बि.स.वडा नं. १ बस्ने लालबाबु महत्तोलाई आज मिति २०७०/१०/१४ गते दिउसो पोखरा उ.म.न.पा.वडा नं. १० रंगशाला नजिक संकास्पद अवस्थामा हिडिरहेको भेटी निजलाई नियन्त्रणमा लिई शरिर तलासी गर्दा निजले लगाएको खैरो ज्याकेटको खल्तीमा कालो प्लाष्टीक भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध बुप्रिनर्फिन (३० र डाईजापाम थान (३० सहित पक्राउ गरी थप अनुसन्धान आवस्यक कारबाही भई रहेको छ  ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

मानव बेचबिखनमा संलग्न पक्राउ


         विभिन्न  कारणले पोखरामा आएका सोझा सादा महिलाहरुलाई अनेक थरीका प्रलोभन देखाई जबर्जस्ती यौन कृयाकलापमा लगाएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको  विशेष प्रहरी टोलीले निम्न मानिसहरुलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुशन्धानको क्रममा निजहरुले पटक पटक सोझा सिधा युवतीहरुलाई बिभिन्न प्रकारका जागिर लगाई दिने,काम गरे वापत प्रशस्त पैसा कमाउन सकिने जस्ता प्रलोभन देखाई जबर्जस्ती होटलमा आएका ग्राहकसंग अनुचित कृयाकलाप गर्न बाध्य गराउने गरेको पाईएकोले निजहरुलाई मानव वेचविखन तथा ओसार पसार मुद्वामा म्याद थप गरी अनुसन्धान भई रहेको छ ।
निम्न : १.   जिल्ला सप्तरी पन्सेरा – ३ घर भई हाल पोखरा-८ सिमलचौर स्थित फेमिलि रेष्टुरेण्टकी संचालक अन्जु चौधरी  ।
२.  जिल्ला मुस्ताङ जोमसोम घर भई हाल पोखरा – ९ नया बजार स्थित मुस्ताङ रेष्टुरेण्टकी संचालक लक्ष्मी गुरुङ ।
  मिति २०७०/१०/१५ गते ।                                 
 जिल्ला प्रहरी कार्यालय कास्की ।