श्रावण २४, पोखरा
लेखनाथ नगरपालिकाको भण्डारीढीक स्थित दिप शिखा सामुदायिक पुस्तकालयमा बिहीवार एक दिने भूकम्पबाट हुने क्षति तथा पूर्व तयारी सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको व्यवस्थापन, दिप शिखा सामुदायिक पुस्तकालयको आयोजना र रिड नेपालको सहयोगमा लेखनाथका टोल विकास संस्थाका प्रतिनिधी, आमा समूहका अध्यक्ष तथा प्रतिनिधी समेतको सहभागितामा भूकम्प, सो बाट हुने क्षति, पूर्व तयारी विषयमा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पोडेलले सहजीकरण एवं जिज्ञासाको समाधान गर्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दिप शिखा सामुदायिक पुस्तकालयका महिला प्रमुख विष्णुमाया पौडेल, सचिव हेमनाथ पौडेल, सामुदायिक सेवा केन्द्रका महासचिव दयाराम तिवारी समेतले बोलेका थिए ।