Thursday, August 8, 2013

भूकम्पबाट हुने क्षति तथा पूर्व तयारी सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया

 श्रावण २४, पोखरा
लेखनाथ नगरपालिकाको भण्डारीढीक स्थित दिप शिखा सामुदायिक पुस्तकालयमा बिहीवार एक दिने भूकम्पबाट हुने क्षति तथा पूर्व तयारी सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
 सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको व्यवस्थापन, दिप शिखा सामुदायिक पुस्तकालयको आयोजना र रिड नेपालको सहयोगमा लेखनाथका टोल विकास संस्थाका प्रतिनिधी,  आमा समूहका अध्यक्ष तथा प्रतिनिधी समेतको सहभागितामा भूकम्प, सो बाट हुने क्षति, पूर्व तयारी विषयमा सामुदायिक प्रहरी सेवा  जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पोडेलले सहजीकरण एवं जिज्ञासाको समाधान गर्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दिप शिखा सामुदायिक पुस्तकालयका महिला प्रमुख विष्णुमाया पौडेल, सचिव हेमनाथ पौडेल, सामुदायिक सेवा केन्द्रका महासचिव दयाराम तिवारी समेतले बोलेका थिए । 

चोरी गर्न हिडदै गरेको अवस्थामा पक्राउ

 मिति २०७०।४।२३ गते राती १२ बजेको समयमा पोखरा ४ गैहपाटन भित्री गल्लीमा    बाहिरबाट सटर खोल्न लागेको अवस्थामा रहेका २ जनालाई रड सहित पक्राउ गरी  अनुसन्धान कारवाही भईरहेको छ ।
 मिति २०७०।४।२३ गते राती १२:३० बजेको समयमा पोखरा नयाँबजार गुरुकुल  स्कूल नजिकै रहेको एउटा घरको तलामा चढी झ्यालको भेन्टीलेशनबाट छिरेर चोर्न  खोजेको अवस्थामा हार गुहार गरे पछि उक्त स्थानबाट भागी रहेको अवस्थामा १ जनालाई पृथ्वीचोकबाट पक्राउ गरी अनुसन्धान कारवाही भइरहेको छ ।
मिति : २०७०।४।२४ गते ।
जिल्लाप्रहरी कार्यालय, कास्की
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara

चेतना मूलक पर्चा वितरण गरी सजगता अपनाउन अनुरोध

    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी नियन्त्रणको लागि शुरु गरेको चोरी नियन्त्रण योजना अन्र्तगत सर्वसाधरणलाई चोरी नियन्त्रणमा अपनाउनु पर्ने सुरक्षा सजगताको सम्बन्धमा चेतना मूलकपर्चा तयार गरी सुरक्षा सजगता अभिवृद्धिगर्न आजमिति २०७०।४।२४ गते पोखरा नगर र लेखनाथ नगरका प्रमुख व्यापारिक स्थल र आवासिय क्षेत्रहरुमा करिव १५,००० (पन्ध्र हजार) पर्चा वितरण गरी जनचेतना अभिवृद्धि गर्ने कार्य गरियो । यस्ता जनचेतना मूलक संदेश रहेको पर्चा वितरण गर्ने कार्य आगामी दिनहरुमा समेत निरन्तरतब दिईने र यसलाई क्रमिक रुपमा ग्रामिण भेगहरुमा समेत गरिनेछ ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara

प्रहरी हिरासतबाट मुक्त गराई दिन्छु भनि रकम असुलीगर्ने पक्राउ

    मिति २०७०।४।२० गते राती ०२:०० बजे पोखरा ६ हल्लनचोकमा रहेको होटल गोल्डेन रोजमा अनैतिक कार्यमा संलग्न भारत देहरादुन बस्ने वर्ष ३१ को अजय गुप्ता, एै. बस्ने वर्ष २८ को जितेन्द्र गुप्ता, एै. बस्ने वर्ष २८ को राजेश राणा र जि. पर्वत थापाठाना ७ बस्ने वर्ष २८ को श्याम भण्डारी, जि. कास्की घाचोक ३ बस्ने वर्ष १८ कि सुनिता परियार र जि. दाङ्ग तुल्सीपुर ३ बस्ने वर्ष २१ किजानुका डाँगीलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाममा राखी केही सार्वजनिक अपराध मुद्धामा कारवाही भईरहेको अवस्थामा होटल गोल्डेन रोजका मालिक जि. गोरखा नामाजुङ्ग घर भई पोखरा ६ बैदाम बस्ने वर्ष २७को प्रविण लामिछानेले मुद्धा मिलाई दिन्छु र कारवाही फिर्ता दिलाई दिन्छु भनि भारतीय रुपैया १०,०००।– (दशहजार) लिई रहेको समयमाजि.कास्कीपोखरा-६ बैदामबाट-मिति२०७०।४।२३गते.पक्राउगरी.आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।  

Wednesday, August 7, 2013

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध -District Police Office Kaski, Pokhara.


विगत केही समय यता विशेष गरी पोखरा नगर क्षेत्र र यस आसपासका ग्रामिण भेगहरुमा केही चोरीका घट्नाहरु हुनुको साथै यस वर्षको विशेष  चाडपर्वहरु समेत नजिक आईरहेकोले चोरी, लुटपाटका घट्ना हुन गर्न नदिई सर्वसाधारणमा सुरक्षाको प्रत्याभुती प्रदान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले मिति २०७०।७।२२ गते देखि असोज मसान्त सम्मको लागि  “चोरी नियन्त्रण विशेष योजना – २०७०” तयार गरी कार्यान्वयनमा  ल्याएको हुँदा चोरी तथा लुटपाटबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध पर्चा पाना १ यसै पत्र साथ संलग्न राखी पठाईएको छ । प्राप्त भएपछि तपाईहरुको संचार माध्यम द्धारा अनुकूल समयमा निशुल्क प्रचार प्रसार/ प्रकाशित गरि दिनु भई चोरी नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याई दिनु हुन अनुरोध गरिएको छ ।
  •  
  •  सुरक्षाको आधारभुत तत्वनै होशियारी हो तसर्थ चोरीबाट बच्न होशियारी अपनाउनुहोस ।
  • घर भित्र रहदाँ वा बाहिर जानु पर्दा मूल गेट तथा झ्याल ढोका राम्रो संग बन्द गर्नुहोस ।
  •  त्यावश्यक कामले परिवारको सम्पुर्ण सदस्य घर बाहिर जानु पर्दा छिमेकीलाई घरको रेखदेखको लागि जानकारी  गराउनुहोस ।
  • बहुमुल्य चिज वस्तु (गर गहना तथा नगद) बैंक तथा वित्तिय संस्थामा राख्ने गर्नुहोस ।
  • कुनै वस्तु वा व्यक्ति उपर शंका लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस ।
  • रातको समयमा घर, बाटो र गल्लीहरुमा उज्यालो राख्ने व्यवस्था गर्नुहोस ।
  • लामो समय र विशेष गरी रातको समयमा घर खाली रहने अवस्था नराख्नुहोस ।
  • आफ्नो टोल छिमेकमा आउने अपरिचित मानिसहरुको कृयाकलापमा ध्यान राख्नुहोस ।
  • चाडपर्व, मेला वा भिडभाडमा जादा बहुमुल्य गरगहना नलगाउनुहोस ।
  • आफ्नो धन सम्पतिको सुरक्षाका लागि अपनाउनु पर्ने सुरक्षाका उपायहरु समयमानै अपनाउनुहोस ।
  • आफ्नो सवारी साधनको ढोका, मोटरसाईकलको हेण्डल लक गरेर मात्र सवारी पार्किङ्ग गर्ने बानी बसालौ, सकभर अध्यारो र एकान्त स्थानमा पार्कङि नगरौ, एकछिन त होनी भनि हेलचेक्राई नगरौ ।
  • रातको समयमा कसैले बजाएको घण्टी वा बोलाएको व्यक्तिलाई राम्रोसंग पहिचान गरेर मात्र ढोका खोल्ने गरौ ।
  • चोरी भएको जानकारी पाउनासाथ तुरुन्त प्रहरीलाई खबर गर्नुहोस ।
  • चोरी नियन्त्रणको लागि पोखरा प्रहरीले अगाडी सारेको अभियानलाई सहयोग गरौ ।
  • चोरी अपराधका फरार अपराधी, कैद भुक्तान गरी सकेका तथा चोरी कार्यमा संलग्न हुन सक्ने संभावित ब्यक्तिहरु समेतको विवरण पोखरा प्रहरीले संकलन गर्ने अभियान रहेकोले सो कार्यमा सहयोग गरौ, सूचना दिने व्यक्तिको विवरण गोप्य  राखिनेछ ।
  •  सके सम्म घरमा कुकुर पाल्नुहोस ।
  •  बैंक वा बित्तिय संस्थाको कारोबारमा गोपनियता राख्नुहोस ।
  • अपरिचित व्यक्ति तथा बिना बिल कुनै सर सामान बेच्न ल्याएमा चोरीको हुन सक्छ तसर्थ त्यस्ता सामान नकिनौ र प्रहरीलाई जानकारी दिने गरौ ।
  • एकछिन फोन गर्छु भनि महङगा मोवाईल मागेर भाग्ने गरेका घटनाहरु बढेकोले सो कार्यमा होशियारी अपनाउ ।
  • आफनो घर, पसल, कार्यालयहरुको झ्याल, ढोका, शटरहरुको चुकुल,लक, तालाको अवस्था के छ राम्रोसंग जांच गर्नुहोस
  • आफनो ब्यवसायिक कार्यालय, पसल, होटल, रेष्टुरेण्टहरु बन्द गरी जानु अघि चेकजांच गर्नुहोस ।
  • आफनो घर, पसल र कार्यालय अगाडि बत्तीको ब्यवस्था गर्नुहोस ।
  • आफनो घर, कार्यालय, पसल वरपर अपरिचित र शंकित ब्यक्तिहरुको अस्वभाविक गतिविधी देखिएमा तत्काल प्रहरीलाई खवर गर्नुहोस ।
  • कुनै जानकारी दिनुपरेमा नजिकको प्रहरी कार्यालय, सि।आर।भि।एवं मोवाईल भ्यानहरुमा जानकारी दिनुहोस्।
  • तपाईको सम्पूर्ण विवरण गोप्य राखिनेछ ।

        जिल्ला प्रहरी कार्यालय कास्की १००, ०६१–५२००३३, ५२२०९९             
        जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की १०३,  ०६१–५२०४१२
        वडा प्रहरी कार्यालय बैदाम ०६१–४६५०८७
        वडा प्रहरी कार्यालय बगर ०६१–५२११११
        वडा प्रहरी कार्यालय रामबजार ०६१–४३०९३३   
        प्रहरी चौकी शिसुवा, कास्की ५६००९९
        प्रहरी चौकी छोरेपाटन ४६१६४६