Saturday, June 22, 2013
होहल्ला गर्दै हिडने पक्राउ
१) मिति २०७०।३।७ गते दिउँसोको समयमा पोखरा नयाँबजार एरियामा कुटपिट हो–हल्ला गरी टोल टोलमा अशान्ति मच्चाईरहेको अवस्थामा निम्न ३ जना व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१)पोखरा ९ नयाँबजार बस्ने वर्ष २० को उदिम थापा
२)पोखरा नयाँबजार बस्ने वर्ष २१ को आकाश उदाश
३)पोखरा नयाँबजार बस्ने वर्ष १८ को राजु श्रेष्ठ
मिति :२०७०।३।८ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski.
जुवातास खेल्ने पक्राउ-Gamblers Arrested
१) मिति २०७०/३/७ गते दिनको समयमा जि.कास्की पोखरा १६ दिप स्थित बालकृष्ण गुरुङ्गको घरमा जुवातास खेलिरहेको अवस्थामा निम्न ७ जना व्यक्तिहरुलाई रु. १,०४,०००।–(एक लाख चार हजार) र तास सहित पक्राउ गरी कारवाही अनुसन्धान भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु :
१) पोखरा १६ लामाचौर बस्ने वर्ष ६० को नेत्र बहादुर खत्री ।
२) पोखरा न्यूरोड बस्ने वर्ष ४० को मिन बहादुर गुरुङ्ग
३) हेम्जा ९ बस्ने वर्ष ४५ को धुर्व थापा
४) अर्मला २ बस्ने वर्ष ६४ को भक्त ब. गुरुङ्ग
५) पोखरा १६ दिप बस्ने वर्ष ६० को शेर बहादुर गुरुङ्ग
६) पोखरा १६ दिप बस्ने वर्ष ४७ को सुग्म गुरुङ्ग
७) एै. बस्ने वर्ष ५० को बालकृष्ण गुरुङ्ग
मिति:२०७०/३/८ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski.
Wednesday, June 19, 2013
Man arrested with Pistol -पेस्तोल सहित पक्राउ
गुण्डागर्दी तथा अवैध रुपमा चन्दा असुल उपर गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी निरीक्षक रविन्द्र मान गुरुङ्ग सहितको टोलीले मिति २०७०।३।५ गते पोखरा उपमहानगरपालिका वडा नं. १० बुद्धचोकबाट एक थान कटुवा पेस्तोल सहित वर्ष ३४ को विकास च्याण्टे भन्ने नविन गुरुङ्गलाई पक्राउ गरेको छ । निज नविन गुरुङ्गले केही समय अगाडिबाट नै थल बहादुर गुरुङ्गसँगै मिली रामघाट, बुद्धचोक लगायतको एरियामा सर्वसाधारण जनताहरुलाई डर, धाक धम्की दिई त्रासको वातावरण सृजना गरी अवैध रुपमा चन्दा असूल उपर गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हाल निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी हिरासतमा राखी अनुसन्धान कारवाही भईरहेको छ ।
मिति २०७०।३।५ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
Tuesday, June 18, 2013
अपहरण मुद्धाका प्रतिवादीहरु पूर्पक्षको लागि थुनामा गएका छन
मिति २०७०/२/७ गते पोखरा न्यूरोड स्थित डल्फिन डेन्टल केयर सेन्टर अगाडिबाट वर्ष ४८ का भोलाजंग सुवेदीलाई अपहरण गरी शरिर बन्धक बनाएको मुद्धाको अनुसन्धानको सिलसिलामा उक्त घटनामा तत्काल संलग्न निम्न प्रतिवादीहरु सम्मानित कास्की जिल्ला अदालतको आदेश अनुसार पूर्पक्षको लागि थुनामा गएको छ ।
प्रतिवादीहरु:
१) जि. स्याङ्गजा फेदीखोला ५ घर भई हाल पोखरा १७ विरौटा बस्ने वर्ष ३२ को सुनिल गुरुङ्ग
२) जि. कास्की पोखरा १४ मझेरीपाटन बस्ने वर्ष २५ को रोशन बस्याल
३) जि. कास्की मिजुरेडाँडा ५ मुगी घर भई हाल पोखरा ८ बगालेटोलमा बस्ने वर्ष ३३ को तेज बहादुर गुरुङ्ग
४) जिल्ला पर्वत घर भई हाल पोखरा ११ फुलवारीमा बस्ने वर्ष ३० को नारायण गुरुङ्ग
५) जि. कास्की पोखरा ८ बगालेटोल बस्ने रोशन अधिकारी ।
साथै सोही घट्नामा रही फरार रहेका प्रतिवादी जि. कास्की लेखनाथ न.पा. वडा नं. २ रिठ्ठेपानी बस्ने वर्ष ३१ को जितु शाहीलाई समेत पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।
– उल्लेखित अपहरण मुद्धामा संलग्न भई हाल फरार रहेका अजय गुरुङ्गको खोजतलास कार्य भइरहेको छ ।

District Police Office Kaski, Pokhara.
Subscribe to:
Comments (Atom)