Thursday, May 23, 2013

अवैद्यरुपमा यार्सागुम्बा व्यापार गर्ने प्रहरीद्धारा पक्राउ(Arrested with Yarchaguma In Pokhara)

    मिति २०७०/२/९ गते २: ५० बजेको समयमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की हेम्जा गा.वि.स. वडा नं. ९ मा चेकिङ्ग गर्ने क्रममा जिल्ला कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. ९ सिदिङ्ग बस्ने वर्ष ३२ का टेक बहादुर तामाङ्गलाई निजले लुकाई छिपाई ल्याएको अवस्थामा ९०० ग्राम यार्सागुम्वा सहित पक्राउ गरिएको छ । निजले कहाँबाट के कसरी ल्याएको भन्ने बिषयमा अनुसन्धान भईरहेको अनुसन्धान पश्चात निजलाई अन्नपूर्ण संरक्षण क्षेत्र हरियोखर्क पठाईनेछ ।
District Police Office Kaski.

Wednesday, May 22, 2013

निर्मलपोखरीमा आगोलागी

     आज मिति  २०७०/२/७ गते १:२० बजेको समयमा जिल्ला कास्की निर्मलपोखरी ५ बस्ने पुर्णदेव अधिकारीका घरमा आफनै दाजुको छोरा वर्ष ३० को श्रीकृष्ण अधिकारीले आगो लगाई दिएको हुँदा निजलाई पक्राउ गरि आवश्यक अनुसन्धान कारवाही भईरहेको छ । आगोलागीबाट घरमा रहेका नगद, लत्ताकपडा, सुनचाँदी समेत जली क्षति भएको छ । उक्त स्थानमा प्रहरी टोली, स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

ट्याक्टर पल्टिन गई चालकको मृत्यु

    पोखरा १५ टुटुङ्गामा पोखरा उप.म.न.पा. को ग.१.त. ११८ नं. को फोहोर फाल्ने ट्याक्टर ब्रेक फेल भई सडक बाट अं. १० फिट तल पल्टिन जाँदा उक्त ट्याक्टरका चालक पोखरा ५ फलेपाटन बस्ने वर्ष ३५ को नौ बहादुर परियार च्यापिन गएको निजलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारको लागि गण्डकी अस्पतालमा लगि उपचार हुँदा हुँदै मृत्यु भएको ।

अवैद्यरुपमा यार्चागुम्बा र पांच औले व्यापार गर्ने प्रहरीद्धारा पक्राउ(Arrested with Yarchaguma)

 

मिति २०७०।२।७ गते ३:०० बजेको समयमा वडा प्रहरी कार्यालय वगर कास्कीवाट खटिएको प्रहरी निरीक्षक रोशन खड्का समेतको प्रहरी टोलीले जिल्ला कास्की पोखरा ८ स्थित पृथ्वीचोकबाट विशेष सूचनाको आधारमा जिल्ला जुम्ला कनकासुन्दरी १ बस्ने वर्ष ३६ को दल सिंह बुढाको साथबाट ५० पिस यार्चागुम्वा, ऐ कालिकावोता १ बस्ने वर्ष २५ का नर बहादुर राउतको साथबाट १५० पिस यार्चागुम्वा र ८ पिस पांचऔले जुडीबुटी र ऐ. विराट २ बस्ने वर्ष ३५ का सुर्यलाल बुढाको साथबाट ५१  पिस यार्चागुम्वा सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कास्कीमा पठाईएको छ ।

Kidnaper gets caught (अपहरण गर्ने पक्राउ)

 ८:०० बजेको समयमा जि. कास्की कालिका गा.वि.स. वडा नं. ६ बस्ने भोलाजंग सुवेदीलाई निम्न व्यक्तिहरुले अपहरण गरी जिल्ला कास्की कृष्टि गा.वि.स.वडा नं. ४ राम्दी हुँदै मट्टिखाना तर्फ लगेका छन भन्ने विशेष सूचनाको आधारमा तत्कालै जि.प्र.का. कास्की तथा मातहत समेतबाट प्रहरी टोली खटिई गई खोजतलास गर्दै जाँदा निजहरुलाई पुम्दीभुम्दीबाट पक्राउ गरिएको छ । अपहरण गर्ने भोलाजंग सुवेदी सकुशल रहेका छन भने  अपहरण गर्नेलाई अपरहण तथा शरिर बन्धक मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।
पक्राउ पर्नेहरुमा:
१)    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १४ मझेरीपाटन बस्ने वर्ष २५ को रोशन  बसेल ।
२)    जि. स्याङ्गजा फेदीखोला गा.वि.स. ५ घर भई हाल पोखरा १७ विरौटा बस्ने वर्ष ३० को सुनिल गुरुङ्ग ।