पोखरा १५ टुटुङ्गामा पोखरा उप.म.न.पा. को ग.१.त. ११८ नं. को फोहोर फाल्ने ट्याक्टर ब्रेक फेल भई सडक बाट अं. १० फिट तल पल्टिन जाँदा उक्त ट्याक्टरका चालक पोखरा ५ फलेपाटन बस्ने वर्ष ३५ को नौ बहादुर परियार च्यापिन गएको निजलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारको लागि गण्डकी अस्पतालमा लगि उपचार हुँदा हुँदै मृत्यु भएको ।
Wednesday, May 22, 2013
अवैद्यरुपमा यार्चागुम्बा र पांच औले व्यापार गर्ने प्रहरीद्धारा पक्राउ(Arrested with Yarchaguma)
मिति २०७०।२।७ गते ३:०० बजेको समयमा वडा प्रहरी कार्यालय वगर कास्कीवाट खटिएको प्रहरी निरीक्षक रोशन खड्का समेतको प्रहरी टोलीले जिल्ला कास्की पोखरा ८ स्थित पृथ्वीचोकबाट विशेष सूचनाको आधारमा जिल्ला जुम्ला कनकासुन्दरी १ बस्ने वर्ष ३६ को दल सिंह बुढाको साथबाट ५० पिस यार्चागुम्वा, ऐ कालिकावोता १ बस्ने वर्ष २५ का नर बहादुर राउतको साथबाट १५० पिस यार्चागुम्वा र ८ पिस पांचऔले जुडीबुटी र ऐ. विराट २ बस्ने वर्ष ३५ का सुर्यलाल बुढाको साथबाट ५१ पिस यार्चागुम्वा सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कास्कीमा पठाईएको छ ।
Kidnaper gets caught (अपहरण गर्ने पक्राउ)
८:०० बजेको समयमा जि. कास्की कालिका गा.वि.स. वडा नं. ६ बस्ने भोलाजंग सुवेदीलाई निम्न व्यक्तिहरुले अपहरण गरी जिल्ला कास्की कृष्टि गा.वि.स.वडा नं. ४ राम्दी हुँदै मट्टिखाना तर्फ लगेका छन भन्ने विशेष सूचनाको आधारमा तत्कालै जि.प्र.का. कास्की तथा मातहत समेतबाट प्रहरी टोली खटिई गई खोजतलास गर्दै जाँदा निजहरुलाई पुम्दीभुम्दीबाट पक्राउ गरिएको छ । अपहरण गर्ने भोलाजंग सुवेदी सकुशल रहेका छन भने अपहरण गर्नेलाई अपरहण तथा शरिर बन्धक मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।
पक्राउ पर्नेहरुमा:
१) जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १४ मझेरीपाटन बस्ने वर्ष २५ को रोशन बसेल ।
२) जि. स्याङ्गजा फेदीखोला गा.वि.स. ५ घर भई हाल पोखरा १७ विरौटा बस्ने वर्ष ३० को सुनिल गुरुङ्ग ।
पक्राउ पर्नेहरुमा:
१) जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १४ मझेरीपाटन बस्ने वर्ष २५ को रोशन बसेल ।
२) जि. स्याङ्गजा फेदीखोला गा.वि.स. ५ घर भई हाल पोखरा १७ विरौटा बस्ने वर्ष ३० को सुनिल गुरुङ्ग ।
Sunday, May 19, 2013
मोटरसाईकल मोडिफाइ गरी चलाउने पक्राउ-Person using Modified Motorcycle arrested
मिति २०७०।२।४ गते पोखराको सृजनाचोकबाट बाईक
मोडिफाई गरी अत्यधिक ध्वनी प्रदुषण गर्दे सार्वजनिक स्थलमा सर्व साधारणलाई आतंकित
तुल्याउने २ जना व्यक्तिहरुलाई निजहरुको सवारी साधन मोटरसाईकल सहित पक्राउ गरिएको छ ।
नियन्त्रणमा लिईएका मोटरसाईकल थप कारवाहीको लागि यातायात व्यवस्था कार्यालय
पोखरामा बुझाईनेछ ।
जिल्ला प्रहरी
कार्यालय, कास्की
मिति २०७०।२।५
गते ।
मृत अवस्थामा फेला परेको-Found in dead body condition
मिति २०७०/२/४ गतेबाट पोखरा सभागृहमा भईरहेको
नेपाल जनस्वास्थ्यकर्मी संघको छैटौ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका
प्रतिनिधिहरु मध्ये अछाम जिल्लाबाट आएका जनस्वास्थ्य प्रतिनिधि जि. कैलाली टिकापुर
९ स्थायी घर भई हाल अछाम लायटी स्वास्थ्य चौकी अछाममा कार्यरत अहेव वर्ष ४५ का
नरराज वन पोखरा-९ पृथ्वीचोकमा रहेको लामिछाने गेष्टहाउसको
Attach कोठाको C-20 बाथरुमको सावरमा झुण्डिई मृत अवस्थामा फेला
परेको उक्त मृत लाश पोष्टमार्टमको लागि प.क्षे. अस्पतालमा राखिएको । अन्य अनुसन्धान कार्य भईरहेको छ ।
Subscribe to:
Comments (Atom)
