Wednesday, May 22, 2013

Kidnaper gets caught (अपहरण गर्ने पक्राउ)

 ८:०० बजेको समयमा जि. कास्की कालिका गा.वि.स. वडा नं. ६ बस्ने भोलाजंग सुवेदीलाई निम्न व्यक्तिहरुले अपहरण गरी जिल्ला कास्की कृष्टि गा.वि.स.वडा नं. ४ राम्दी हुँदै मट्टिखाना तर्फ लगेका छन भन्ने विशेष सूचनाको आधारमा तत्कालै जि.प्र.का. कास्की तथा मातहत समेतबाट प्रहरी टोली खटिई गई खोजतलास गर्दै जाँदा निजहरुलाई पुम्दीभुम्दीबाट पक्राउ गरिएको छ । अपहरण गर्ने भोलाजंग सुवेदी सकुशल रहेका छन भने  अपहरण गर्नेलाई अपरहण तथा शरिर बन्धक मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।
पक्राउ पर्नेहरुमा:
१)    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १४ मझेरीपाटन बस्ने वर्ष २५ को रोशन  बसेल ।
२)    जि. स्याङ्गजा फेदीखोला गा.वि.स. ५ घर भई हाल पोखरा १७ विरौटा बस्ने वर्ष ३० को सुनिल गुरुङ्ग ।

Sunday, May 19, 2013

मोटरसाईकल मोडिफाइ गरी चलाउने पक्राउ-Person using Modified Motorcycle arrested



  मिति २०७०।२।४ गते पोखराको सृजनाचोकबाट बाईक मोडिफाई गरी अत्यधिक ध्वनी प्रदुषण गर्दे सार्वजनिक स्थलमा सर्व साधारणलाई आतंकित तुल्याउने २ जना व्यक्तिहरुलाई निजहरुको सवारी साधन मोटरसाईकल सहित पक्राउ गरिएको छ । नियन्त्रणमा लिईएका मोटरसाईकल थप कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरामा बुझाईनेछ 
 जिल्ला प्रहरी कार्यालय, कास्की
मिति २०७०।२।५ गते ।

मृत अवस्थामा फेला परेको-Found in dead body condition

   मिति २०७०/२/४ गतेबाट पोखरा सभागृहमा भईरहेको नेपाल जनस्वास्थ्यकर्मी संघको छैटौ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरु मध्ये अछाम जिल्लाबाट आएका जनस्वास्थ्य प्रतिनिधि जि. कैलाली टिकापुर ९ स्थायी घर भई हाल अछाम लायटी स्वास्थ्य चौकी अछाममा कार्यरत अहेव वर्ष ४५ का नरराज वन पोखरा-९ पृथ्वीचोकमा रहेको लामिछाने गेष्टहाउसको

Attach कोठाको C-20 बाथरुमको सावरमा झुण्डिई मृत अवस्थामा फेला परेको उक्त मृत लाश पोष्टमार्टमको लागि प.क्षे. अस्पतालमा राखिएको ।  अन्य अनुसन्धान कार्य भईरहेको छ ।

लागू औषध विक्री वितरण गर्ने विदेशी नागरिक पक्राउ-Drug selling and distributing foreign Citizen Arrested



    पोखरा,६ खहरे चोकमा एक जना विदेशीले लागू औषध विक्री वितरण गरि रहेको छ भन्ने विशेष सूचनाको आधारमा तत्काल प्रहरी टोली खटिई जाँदा फ्रेन्च नागरिक पासपोर्ट नं.10CV27610 sf  Fabrice, Serge, Daniclczak लाई आज मिति २०७०/२/५ गते दिनको २:०० बजेको समयमा चेकजाँच गर्दा निजको साथबाट लागू औषध फेला पारिएकोले  पुनः निज बसेको होटलमा गई खानतलासी गर्दा लागू औषध चरेश ११०८ ग्राम, गाँजाको धुलो १२० ग्राम र तौल मेशिन १ थान सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कारवाही भईरहेको छ ।

Friday, May 17, 2013

डि.एल.ए.को केन्द्रीय साधारण सभा पोखरामा हुने । D.L.A. News,Pokhara

पोखरा समाचारदाता ।
पोखरा, जेठ ३ गते । काँग्रेस निकट कानून व्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन (डि. एल.ए) नेपालको केन्द्रीय साधारण सभा यही जेठ १६ गते पोखरामा हुने भएको छ ।
आवाधीक निर्वाचन, संवेदानिक सर्वोच्ता, स्वतन्त्र न्यायपालिका र कानूनी साशन एवम् स्वतन्त्र प्रेसको पक्षपातिको रुपमा साधारण सभा केन्द्रीत हुने डि.एल.ए. कास्कीका अध्यक्ष रोहितराज बाँस्तोलाले जानकारी दिनुभयो ।
सो भेला सम्पन्न गर्न २ सय १ सदस्य आयोजक समिति समेत आज गठन भएको छ । डि.एल.ए. कास्कीको आज सम्पन्न वैठकले भेलालाई सभ्य र भव्य तरीकाबाट सम्पन्न पार्न सम्पूर्ण पेशा व्यवसायी एवम् पोख्रेलीहरुमा अनुरोध समेत गरेको कुरा डि.एल.ए. कास्कीका सचिव विष्णु .रेडियो बाराहीलाई जानकारी दिनुभयो ।
वैठकमा डि.एल.ए. पश्चिमाञ्चल संयोजक मोहन कोइराला, पूरानावेदन बारका अध्यक्ष मुकुन्द्र आर्याल, वरिष्ठ अधिवक्ता कृष्ण थापा, रामचन्द्र त्रीपाठी, जगननाथ ढकाल, बोधराज बराल, दयाराम गौतम, प्रकाश पराजुली लगायतले मुलुकमा राजनैतिक अस्थिरता रहेको र निर्वाचनको मिति समेत घोष्णा नभएकाले पनि डि.एल.ए.को सम्मेलन निर्वाचन घोष्णा गराउन दवाव मुलक बन्ने बताउनु भयो ।
नेपाली काँग्रेसका सिर्स नेताबाट उद्घाटन गरिने सो कार्यक्रममा देशभरका ६ सयभन्दा बढी कानून व्यवसायीले भाग लिने बताइएको छ ।