मदिरा सेवन गरेको कारणबाट समाजमा झै–झगडा, घरायसी विवाद, कुटपिट, घरेलु हिंसा, सवारी दुर्घटना जस्ता घट्नाहरु घट्न जानुको साथै सेवनकर्ताहरु विभिन्न किसिमका अपराधहरुमा समेत संलग्न हुने गरेको पाईएकोले यस कार्यालयबाट सामाजिक विकृत्तिहरु नियन्त्रण गर्ने क्रममा अभियानको रुपमा नै संचालन गरिएको घरेलु मदिरा नष्ट गर्ने अभियान अन्र्तगत आज मिति २०७०।१।४ गते निम्न स्थानहरुबाट निम्न परिणाममा अवैध घरेलु मदिरा बरामद गरी आवश्यक अनुसन्धान भईरहेको र थप कारवाहीको लागि आन्तरिक राजस्व कार्यालयमा पठाईने ।
: निम्न:
१) पोखरा ८ जाल्पारोड स्थित विभिन्न स्थानबाट घरेलु रक्सी बनाउने कच्चा पदार्थ ५३ ड्रम, १२० लिटर घरेलु रक्सी, रक्सी बनाउने भाडा १ सेट र २ जना पुरुष र १ महिलालाई पक्राउ गरिएको ।
२) पोखरा १० र ११ स्थितका विभिन्न स्थानबाट घरेलु रक्सी बनाउने कच्चा पदार्थ३१०० लिटर, घरेलु रक्सी २६० लिटर र ९ जना मानिसलाई पक्राउ गरिएको ।
३) पोखरा १७ सिमलटुडा बाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ १० ड्रम ।
४) पोखरा १ कसेरीमार्गबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ ३० ड्रम सहित ३ जनालाई पक्राउ गरिएको ।
District Police Office Kaski, Pokhara.

