Monday, March 25, 2013

जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना

    फागू पूर्णिमा (होली पर्व) मनाउने सम्बन्धी जिल्ला प्रशासन कार्यालय कास्की द्धारा सर्वसाधरणमा जारी गरिएको सूचना जारी भईसकेको हुँदा यस वर्षको होली पर्वमा आपसी सद्भाव, स्नेह, भाईचारा अभिवृद्धि हुने गरी मनाउनु हुन अनुरोध गरिन्छ ।
    साथै होलीको अवसरमा जवरजस्ती रंग लगाई दिने, महिलालाई दुव्र्यवहार गर्ने, समुह समूह विच झैझगडा गर्ने, लागू औषध, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिडने जस्ता कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही भई जाने व्यहोरा सर्वसाधारणको लागि सूचित गरिएको छ ।
   साथै तपाईहरुको संचार माध्यमबाट सर्वसाधारणको जानकारीको लागि प्रचार प्रसार गरी दिनु हुन अनुरोध गरिएको छ ।
मिति २०६९।१२।१२ गते ।
जिल्ला प्रहरी कार्यालय कास्की ।

Sunday, March 24, 2013

अवैध मदिरा बरामद तथा नष्ट



१)  अवैध मदिरा उत्पादनमा रोकथाम तथा नियन्त्रणको लागि यस कार्यालयले मिति २०६९/१२/१ गते देखि संचालन गरेको अप्रेशनबाट निम्नानुसारको स्थानबाट निम्नानुसारको परिमाणमा घरेलु मदिरा नष्ट गरिएको 
(क)    मिति २०६९/१२/५ गते हेम्जाबाट ५० लिटर र ९ जना मानिसलाई नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(ख)  मिति २०६९/१२/६ गते पोखरा ८ सृजनाचोकबाट १० लिटर नष्ट गरी १ जनालाई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
 (ग)  मिति २०६९/१२/८ गते पोखरा ८ सृजनाचोकबाट २० लिटर नष्ट गरी १ जना लाई आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(घ) मिति २०६९।१२।९ गते पोखरा १६ तल्लो दिप बाट १५ ड्रम कच्चा पदार्थ नष्त्र गरी १ जना आन्तरिक राजश्व कार्यालयमा कारवाहीको लागि पठाईएको ।
(ङ)  मिति २०६९/१२/१० गते पोखरा ८ जनप्रिय मार्गबाट १९ ड्रममा राखिएको कच्चा पदार्थ नष्ट गरिएको ।

२) अवैध तथा विना लाईसेन्सका हातहतियार संकलन:
    ५० नाल भरुवा बन्दुक र १ नाले कार्तोस राईफल १ नाल संकलन गरिएको ।

मिति: २०६९/१२/११ गते  ।
जिल्ला प्रहरी कार्यालय, कास्की
District Police Office Kaski, Pokhara.

Friday, March 22, 2013

जिल्ला प्रशासन कार्यालय कास्कीको सूचनाहरु, Pokhara,kaski,Nepal

१.यस जिल्ला भित्र अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्दै शान्ति सुरक्षाको स्थितिलाई थप मजवुत बनाउनका लागि सबै होटल व्यवसायीहरुले आफनो होटेलमा बास बस्ने पाहुनाहरुको परिचय खुल्ने आधार सहित रजिष्ट्रेसन फाराम अनिवार्य रुपमा भरी भराई राख्नु हुन सम्बन्धित सबै होटल व्यवसायीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना बमोजिम रेकर्ड नराख्ने होटल व्यवसायीहरुलाई अनुगमनको दायरा भित्र ल्याई प्रचलित कानून अनुसार कारवाही गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।

२.यहि आउँदो फागू पूर्णिमा (होली पर्व) को अवसरमा रङ्ग खेल्दा अनाधिकृत र जवरजस्ती रुपमा रङ्ग लगाउने, पानीका लोला हान्ने, पानी खन्याउने लगायतका अभद्र व्यवहारहरुका कारणले मानवीय दुर्घटना हुन जाने सम्भावनालाई मध्यनजर राखी यस्ता कार्यहरु नगर्न नगराउन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनाको बर्खिलाप गरी त्यस्ता किसिमका क्रियाकलापहरु गर्ने उपर स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने व्यहोरा समेत यसै सूचना द्धारा जानकारी गराईएको छ ।
   मिति: २०६९/१२/८ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की

Wednesday, March 20, 2013

जिल्ला प्रहरी कार्यालय कास्कीबाट भएका केही उल्लेखनिय कार्यहरु :

शान्ति सुब्यवस्था कायम गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट भएका केही उल्लेखनिय कार्यहरु :
९२०६९/१०/२२ देखि २०६९/१२/६ सम्म)
  •   कूल पक्राउ संख्या             २२९१ ९पुरुष २१२८ र महिला १६३०
  •    कारवाही गरिएको संख्या         २८६ ९ पुरुष २३३ र ५३ महिला०
  •  अनुसन्धान पश्चात छाडिएको         २००५ ९पुरुष १८९५ र महिला ११०० अन्य सरकारी कार्यालयमा उपस्थित गराईएको,  मिलापत्र, मा.प.से. गरी सवारी चलाउने, आदि समेत

२.    अवैध तथा बिना लाईसेन्सका हातहतियार संकलन स्
ड्ड    २३ नाल
३.   गुण्डागर्दी नियन्त्रण स्        ३७ जना
ड्ड    १ जना हा।ह। मुद्दामा पूर्पक्षमा थुनामा कारागारमा रहेको,
ड्ड    १ जना ज्यान मार्ने उधोग मुद्दामा अनुसन्धान भईरहेको
ड्ड    जवरजस्ती रकम असुली गर्ने १ जना ९अपहरण उधोग मुद्दा चलाई अनुसन्धान भईरहेकोड्ड    ३४ जनालाई सार्वजनिक मुद्दा चलाई धरौटी राखी तारेखमा छुटेको
४.    सामाजिक बिकृत्ति नियन्त्रण स्
ड्ड    यौन बिकृत्ती स् ३६ पुरुष, ५० महिला गरी जम्मा ८६ जना ९ के।सा।अ। मुद्दा चलाईएको
ड्ड    जुवातास स् ७४ पुरुष र ३ महिला गरी ७७ जना
५.    लागू औषध नियन्त्रण स्
ड्ड    पुरुष ३५ र महिला २ गरी ३७ जनालाई ला.औ. मुद्दा चलाईएको ।
    बरामद स्     गांजा ५ के.जि. ४४० ग्राम        नर्फिन ९७
            डाईजापाम ९३                फेनेरागन ९३
            लुपिजेसिक ३                ब्राउनसुगर ८ ग्राम
६.    फुटपाथ ब्यवस्थापन लाई प्रभावकारी बनाईएको
७.   Taxi मा मिटर जडान गरी अनुगमन गरिने
८.    ट्राफिक ब्यवस्थापन स्
  • .४९२७ सवारी साधनलाई कारवाही गरी ११,२२,१५०।( राजश्व संकलन
  • . मा.प.से. गरी सवारी साधन चलाउने ३५६ लाई कारवाही गरिएको जसबाट ३,५६,०००।( राजश्व संकलन भएको
  •  ४ जनाको लाईसेन्समा प्वाल पारिएको
९.    रात्रीकालीन ब्यवसाय ब्यवस्थापन गरिने
१०.   फरार अभियुक्त अपराधी पक्राउ
  • ७ जना
११.   ग्रामिण गस्ती गरी ग्रामिण नागरिकहरुलाई सुरक्षाको प्रत्याभुती दिईने ।
१२.    Tourism Friendly Policing
१३.    जनचेतनामूलक सन्देश प्रशारण F.M संचार माध्यम (Crime Trend को बारेमा जानकारीमूलक     संदेशहरुको प्रचार प्रसार गरी जनचेतना जगाउने ।
१४.   अवैध घरेलु मदिरा नियन्त्रण
  •   अवैध घरेलु मदिरा १२ ड्रम र कच्चा पदार्थ मर्चा २ बोरा बरामद ।  

Monday, March 18, 2013

Man arrested with weapon and other activities Pokhara,Nepal

 चोरी शिकारी सहित हतियार पक्राउ"
१)    मिति २०६९/११/५ गते बिषेश सुराकीको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १७ लामोटार स्थित सनिज गुरुङ्गले संचालन गरेको कुखुरा फार्ममा छापा मार्दा २ केजी रतुवाको मासु सहित लुकाई राखेको निम्न अनुसारको हतियार र गोली गठठा सहित जि. कास्की पोखरा १७ बस्ने सनिज भन्ने मौत बहादुर गुरुङ्ग र जि. स्याङ्गजा टक्सार ४ घर भई हाल पोखरा १७ बस्ने अम्मर बहादुर गुरुङ्गलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
                                                              निम्न
बरामद हतियार र गोली:
  • MADE IN CHO SLOVAKIA लेखिएको लेन्स जडित (हर्नेट) बन्दुक थान २ र सो बन्दुकमा लाग्ने गोली ३५ थान ।
  • MADE IN CHO SLOVAKIAलेखिएको १२ वोरको २ नाले बन्दुक १ नाल र सो बन्दुकको प्रयोग भएको गोलीको खोका थान २६,
  •  घरेलु गोली थान ९ र गोली तथा हतियार निर्माणका विभिन्न सामाग्रीहरु ।
अवैध मदिरा बरामद:
१)    मिति २०६९/१२/०५ गते जि. कास्की हेम्जा गा.वि.स. वडा नं. २ स्थित विभिन्न स्थानहरुमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले छापा मारी अवैध घरेलु मदिरा ११२ ड्रम, उक्त मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ (मर्चा) २ बोरा, उक्त मदिरा बनाउन प्रयोग गरिन भाँडा (ताउला) थान ८ र उक्त मदिरा उत्पादन र विक्री वितरण गर्ने ९ जना मानिसलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय बगर कास्कीद्धारा आन्तरिक राजश्व कार्यालयमा बुझाईने ।

डर, धाक धम्की देखाई जवरजस्ती रकम असुली गर्ने पक्राउ:
१)    डर, धाक धम्की देखाई जवरजस्ती रकम माग गर्ने जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. १६ दिप बस्ने वर्ष ३३ को खैरे भन्ने थम बहादुर छन्त्याल र पोखरा नगर क्षेत्र भित्र गुण्डागर्दी गरी विभिन्न अपराधिक कार्यमा संलग्न पर्वत जिल्ला भुक्ताङ्गे घर भई हाल पोखरा २ अर्चलवोटमा बस्ने प्रदिप गुरुङ्गलाई लाई मिति २०६९/१२/३ गते वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोली पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको
मिति:२०६९/१२/०५ गते  ।
जिल्ला प्रहरी कार्यालय, कास्की