Friday, March 15, 2013

जिल्लामा रहेका निम्न कार्यालयहरुमा छड्के निरीक्षण

   

    आज मिति २०६९।१२।१ गते विहान १०.१५ वजे जिल्ला प्रशासन कार्यालय कास्कीवाट कास्की जिल्लामा रहेका निम्न कार्यालयहरुमा छड्के निरीक्षण गर्दा निम्नानुसारका संख्यामा कर्मचारीहरु विना सूचना अनुपस्थित रहेको पाइएको हुंदा निजहरु उपर प्रचलित कानून अनुसार कारवाही अघि वढाइएको छ ।

सि.नं.    कार्यालयको नाम                                    अनुपस्थित कर्मचारीको विवरण                                                                            अधिकृतस्तर, अन्य स्तर, नलगाएको, आंशिक लगाएको
१    मालपोत कार्यालय, कास्की                       १                ९                ३                      २
२    नापी कार्यालय कास्की                             १                १०               १                   १
३    आन्तरिक राजश्व कार्यालय, पोखरा         १                 २                –                   –
४    जि. वि.समितिको कार्यालय, कास्की        २                 ३               १                    –
५    जिल्ला प्राविधिक कार्यालय, कास्की         १                ८                ६                   –
६    पोखरा उप महानगरपालिका कार्यालय      ३               २४               –                  –
७    प.डिभिजन सडक कार्यालय नं. २, कास्की १               १०               –                  –
८    श.वि. तथा भवन निर्माण

  डिभिजन कार्यालय, पोखरा                           १                –                –                   –
९    खानेपानी संस्थान, पोखरा                        १               २४                ११                 –
                जम्मा                                           १२             ९०                २२                  ३


Crime.News Pokhara, जलकुम्भी र फेवा अप्रेशन तथा सामाजिक अपराध नियन्त्रण

१)   जलकुम्भी र फेवा अप्रेशन तथा सामाजिक अपराध नियन्त्रण अन्तर्गत   गरिएको कारवाही बिबरण

        जिल्ला प्रहरी कार्यालय कास्की द्दारा गुण्डागर्दी नियन्त्रणको लागि चलाईएको अप्रेशन "जलकुम्भी" लागू औषध नियन्त्रण तथा रोकथामको लागि चलाईएको अप्रेशन "फेवा" साथै सामाजिक अपराध नियन्त्रण र रोकथामको लागि चलाईएको अभियानको क्रममा मिति २०६९।१०।२२ गते देखि २०६९।११।३० गते सम्म गरिएको कारवाही बिबरण निम्नानुसार भएको ब्यहोरा जानकारी गराईएको   छ ।

२०६९।१०।२२ गते देखि २०६९।११।३० गते सम्मको प्रहरी कारवाही बिबरण :
> कूल पक्राउ संख्या                २१२४ (पुरुष १९७६ र महिला १४८)
> कारवाही गरिएको संख्या :         २७० ( पुरुष २१८ र ५२ महिला)
> अनुसन्धान पश्चात छाडिएको      १८५४ (पुरुष १७५८ र महिला ९६)

कारवाही बिबरण :
सि.
नं.
बिबरण

पक्राउ तथा कारवाही संख्या
बरामद सामानको बिबरण
कै.
पुरुष
महिला
जम्मा
गुण्डागर्दी नियन्त्रणमा
३५
-
३५ जना


लागू औषध नियन्त्रणमा
३५
३७ जना
बरामद :
गांजा ५ के.जि. ४४० ग्राम
नर्फिन ९७
डाईजापाम ९३
फेनेरागन ९३
लुपिजेसिक ३
ब्राउनसुगर ८ ग्राम
ला.औ. मुद्दा चलाईएको
यौन बिकृत्तिमा
३४
४८
८२ जना
के.सा.अ. मुद्दा चलाईएको

जुवातास नियन्त्रणमा
७४
७७ जना


फरार अभियुक्त पक्राउ

६ जना


मा.प.से. गरी सवारी चलाउने (Drink Drive)
३१२ जना
३१२ जना
नगर क्षेत्रको बिभिन्न स्थानहरुबाट पक्राउ गरी निजहरुबाट रु. ३,१२,०००।- राजश्व संकलन भएको

हात हतियार
१ जना
१ थान रिभल्बर बरामद

ट्राफिक कारवाहीबाट राजस्व संकलन
४३४६ सवारी साधन

९,८९,९५०।- ( नौ लाख उन्ननब्बे हजार नौ सय पचास)

जबरजस्ती रकम असुली
१ जना पुरुष
१ जना
अपहरण उधोगमा कारवाही भईरहेको

मिति : २०६९।१२।०१
जिल्ला प्रहरी कार्यालय, कास्की

Sunday, March 10, 2013

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध

हिन्दुहरुको महान पर्व शिवरात्रीको पावन अवसरमा समस्त भक्तजनहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की हार्दिक शुभ(कामना ब्यक्त गर्दछ ।
शिवरात्री मनाउने क्रममा बिभिन्न किसिमका नशालु तथा मनोद्दिपक पद्वार्थहरु जस्तैस्( गाजा, चरेश, भाङ, धतुरो र अन्य लागु पर्द्वाथ सेवन गर्ने परम्परा रहेकोले यस्तो हुन गर्न नदिन सम्बन्धित सबैमा जानकारी गराईएको छ । यस्ता पद्वार्थहरु सोझै सेवन गर्ने वा विभिन्न किसिमका मिठाईहरुमा समेत मिसाई बेचबिखन गर्ने प्रचलन रहेकोले त्यस्तो नगर्नु नगराउनु हुन अनुरोध गरिएको छ । यस्ता पद्वार्थहरुको सेवनले मानब स्वास्थ्यमा प्रतिकुल असर पर्ने र नशाको सुरमा सेवनकर्ताबाट बिभिन्न अपराधिक कृयाकलाप हुन सक्ने भएकोले यस तर्फ समयमै सचेत हुनु भई यस्ता किसिमका कृयाकलापमा संलग्न नहुन अनुरोध छ ।  यदि कोहि कसैले यस्तो कृयाकलाप गरे गराएमा कानून बमोजिम कारबाही हुंने ब्यहोरा अबगत गराईएको छ । यस्ता गतिबिधीहरुको कहि कतै देखिएको खण्डमा तुरुन्त जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनु हुन समेत अनुरोध छ ।
  यस सम्बन्धमा सर्व साधारणको जानकारीको लागि प्रचार प्रसारण गरी दिनु हुन सम्पुर्ण संचार माध्यहरुलाई हार्दिक अनुरोध छ ।

Thursday, March 7, 2013

फिर्के खोलालाई अनाधिकृत रुपमा अतिक्रमण

    पोखरा स्थित फिर्के खोलालाई अनाधिकृत रुपमा अतिक्रमण गरी बनाईएका घर, टहरा र अन्य संरचनाहरु हटाउने सम्बन्धमा मिति २०६९ फाल्गुण २४ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी श्री यादव प्रसाद कोइराला ज्यूको अध्यक्षतामा सरोकारवाला निकायहरु समेतको उपस्थितिमा बैठक बसी निम्नानुसारको निर्णय भएको । 
 निम्न
१)     पोखराको फिर्के खोलालाई अतिक्रमण गरी बनाईएका घर, टहरा र अन्य संरचनाहरु २०६९ साल चैत्र १५ गते भित्र आफै भत्काई लग्न सूचना पोखरा उप.म.न.पा.ले प्रकाशित गर्ने । सो समय भित्र भत्काई नलग्नेहरुको संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धितबाट असुल उपर गर्ने ।

२)    सडक मापदण्ड भित्र परेका घर टहरा (स्थायी/अस्थायी) हरु नापी नक्शा भई सूचना जारी भएकाको हकमा २०६९ साल चैत्र २५ गते भित्र र बाँकीका हकमा नापी नक्शा भए पछि हटाउन उपत्यका नगर विकास समिति र पोखरा उप.म.न.पा. लाई निर्देशन दिने । सो समय भित्र संरचनाहरु नहटाईएमा पोखरा उप.म.न.पा. ८ पोखरा उ.न.वि. समितिले हटाउने सो मा लाग्ने खर्च सम्बन्धित व्यक्तिहरुबाट असुल उपर गर्ने ।

३)    मापदण्डको सम्बन्धमा विवाद उत्पन्न भएमा पोखरा उपत्यका नगर विकास समिति र डिभिजन सडक कार्यालयका प्रमुखहरु बसी समस्या समाधान गर्ने ।
मिति: २०६९।११।२४ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।

Monday, March 4, 2013

अप्रेशन जल कुम्भीस् थप ३ पक्राउ Crime News Pokhara,Nepal

प्रहरी गतिबिधी
कास्की प्रहरीले गुण्डागर्दि बिरुद्व संचालन गरेको अप्रेशन जलकुम्भीको क्रममा थप ३ जना ब्यक्तिहरु पक्राउ परेका छन् पक्राउ पर्नेमा जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१७ महतगौडा बस्ने बर्ष(३२ को रविन भाले भन्ने रविन गुरुङ्ग, जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१८ काजीपोखरी बस्ने बर्ष(२७ को सुर्य बहादुर लामा र जि.बाग्लुङ रिया(३ घर भई हाल पोखरा(१८ काजीपोखरी बस्ने बर्ष(१७ को सन्तोष पुन रहेका छन् ।
    पक्राउ परेका मध्ये रबिन भाले भन्ने रबिन गुरुङ गुण्डागर्दि लगाएत बिभिन्न अपराधमा संलग्न भई लामो समय देखि फरार रहेका थिए । निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीको बिशेष सुराकीको आधारमा आजै पोखरा(९ महेन्द्रपुलबाट पक्राउ गरिएको हो । निज रबिन भाले भन्ने रबिन गुरुङ मिति २०६८/१०/१७ गते विहान ज.कास्की पोखरा उ.म.न.पा.वडा नं.(९ नयावजारबाट वा.८.च.८३८६ नं.को टोयटा हाईलक्स गाडी तथा साथमा भएको नगद रु २,००,०००।( धनमाल डांकाचोरी गरेको र मिति २०६८/०८/१४ गते दिन ४:०० वजेको समयमा पोखरा–१० अम्मरसिंहचोकबाट पेष्तोल सहित फेला परेका किसन गुरुङ्ग समेत भएको हातहतियार खरखजना मुद्दामा फरार रहेका थिए ।
    यसै गरी वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सुर्य बहादुर लामा र सन्तोष पुनलाई पोखरा(१० रामबजारबाट खुकुरी थान(१ सहित पक्राउ गरेको हो, उनिहरु रामबजार र आसपासका एरियामा गुण्डागर्दिमा संलग्न भएको खुल्न आएको छ । निजहरु बिरुद्व केही सार्बजनिक अपराध मुद्दामा अनुसन्धान भई रहेको छ ।

मिति २०६९/११/२१ गते                  
जिल्ला प्रहरी कार्यालय कास्की