कास्की जिल्लाको बिशेष गरी पोखरा उपत्यका भित्र संचालन हुंने ट्याक्सीहरुको संचालनमा समुचित गर्नु पर्ने भएकोले आज मिति २०६९ साल फाल्गुण २० गते सो समुचित ब्यवस्था गर्न प्र.जि.अ.श्री यादव प्रसाद कोईराला ज्यूको संयोजकत्वमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, यातायात व्यवसायी संघ, उद्योग बाणिज्यसंघ, नेपाल पत्रकार महासंघ, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्तामञ्च, ट्याक्सी ब्यवसायी संघ समेतको उपस्थितीमा निम्नानुसारको निर्णय गरिएको थियो ।
निम्न:
१. यस जिल्लामा मिटर जडान नगरी संचालनमा रहेका भाडाका ट्याक्सीहरुलाई १५ दिन भित्र मिटर जडान गर्न समय दिएको, १५ दिन पछि बिना मिटर संचालनमा आएका ट्याक्सीहरुलाई ट्राफिक प्रहरीले नियत्रणमा लिने र संचालन गर्न नदिने ।
२. मिटर समायोजन गर्न बांकी रहेका ट्याक्सीहरुले २५ दिन भित्र अनिबार्य रुपमा मिटर भाडा समायोजन गर्ने, समायोजन भएका ट्याक्सीहरुलाई हरियो र प्रकृयामा रहेकालाई रातो स्टिकर टास्ने ब्यवस्था ट्याक्सी ब्यावसायी समिति र नापतौल कार्यालयले गर्ने, ट्याक्सी समितिले दिएको परिचय पत्र ९ चालकको ० ट्याक्सीमा देखिने गरी टास्ने, रिजर्भ संचान गर्दा देखिने गरी रिजर्भ कार्ड राख्ने । समायोजमा नजाने ट्याक्सीहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्ने ।
३. गुणस्तर तथा नापतौल कार्यालयले नबिकरणको ल्कियरेन्स गरेपछि मात्र यातायात ब्यवस्था कार्यालयले नबिकरण गर्ने, उल्लेखित ब्यहोराहरु सर्ब साधारणहरुलाई सुसुचित गराउन तथा जानकारीको लागि सम्पुर्ण संचार माध्यमहरुले प्रचार प्रसार गरी दिनु हुन अनुरोध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की ।