Sunday, March 3, 2013

बन्दै छ पोखरा परिबर्तन

कास्की जिल्लाको बिशेष गरी पोखरा उपत्यका भित्र संचालन हुंने ट्याक्सीहरुको संचालनमा समुचित गर्नु पर्ने भएकोले आज मिति २०६९ साल फाल्गुण २० गते सो समुचित ब्यवस्था गर्न प्र.जि.अ.श्री यादव प्रसाद कोईराला ज्यूको संयोजकत्वमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, यातायात व्यवसायी संघ, उद्योग बाणिज्यसंघ, नेपाल पत्रकार महासंघ, गुणस्तर तथा नापतौल कार्यालय, उपभोक्तामञ्च, ट्याक्सी ब्यवसायी संघ समेतको उपस्थितीमा निम्नानुसारको निर्णय गरिएको थियो ।
निम्न:
१. यस जिल्लामा मिटर जडान नगरी संचालनमा रहेका भाडाका ट्याक्सीहरुलाई १५ दिन  भित्र मिटर जडान गर्न समय दिएको, १५ दिन पछि बिना मिटर संचालनमा आएका  ट्याक्सीहरुलाई ट्राफिक प्रहरीले नियत्रणमा लिने र संचालन गर्न नदिने ।
२. मिटर समायोजन गर्न बांकी रहेका ट्याक्सीहरुले २५ दिन भित्र अनिबार्य रुपमा मिटर  भाडा समायोजन गर्ने, समायोजन भएका ट्याक्सीहरुलाई हरियो र प्रकृयामा रहेकालाई  रातो स्टिकर टास्ने ब्यवस्था ट्याक्सी ब्यावसायी समिति र नापतौल कार्यालयले गर्ने, ट्याक्सी समितिले दिएको परिचय पत्र ९ चालकको ० ट्याक्सीमा देखिने गरी टास्ने, रिजर्भ संचान गर्दा देखिने गरी रिजर्भ कार्ड राख्ने । समायोजमा नजाने ट्याक्सीहरुलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्ने ।
३. गुणस्तर तथा नापतौल कार्यालयले नबिकरणको ल्कियरेन्स गरेपछि मात्र यातायात ब्यवस्था कार्यालयले नबिकरण गर्ने, उल्लेखित ब्यहोराहरु सर्ब साधारणहरुलाई सुसुचित गराउन तथा जानकारीको लागि सम्पुर्ण संचार माध्यमहरुले प्रचार प्रसार गरी दिनु हुन अनुरोध गरिएको छ ।
 जिल्ला प्रहरी कार्यालय कास्की ।

कास्की प्रहरी गतिबिधी

जुवा तास खेल्नेहरु पक्राउ :
आज मिति २०६९/११/१९ गते दिउंसो खटिएको प्रहरी टोलीले पोखरा नगरक्षेत्रका बिभिन्न ४ स्थानहरुबाट जुवा खेली रहेका २५ जना ब्यक्तिहरुलाई पक्राउ गरी निजहरुबाट नगद रु। ९३,३९०।( बरामद गरिएको छ । उल्लेखित ४ खालहरु मध्ये जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ लेकसाईड स्थित ज्यतभ िक्ष्भिलत एभबप बाट होटेल संचालक सहित निम्न मानिसहरुलाई जुवा खेल्दै गरेको अवस्थामा तास र नगद रु।६०,७१५। (सहित पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
निम्न:
जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(६ लेकसाईड बस्ने बर्ष(४१ को रवि अधिकारी
ऐ. बस्ने बर्ष(५२ को मोहन दवाडी
ऐ. बस्ने बर्ष(३० को सन्दिप थकाली
ऐ. ११ रानीपौवा बस्ने बर्ष(४१ को प्रदिप शाही
ऐ. ले.न.पा.वडा नं.(५ शिसुवा बस्ने बर्ष(३४ को सन्तोष गुरुङ
ऐ.पोखरा(१० रामबजार बस्ने बर्ष(२७ को हरि भण्डारी
गुण्डागर्दिमा संलग्न २ जना पक्राउ :
जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डागर्दि नियन्त्रण गर्नको लागि चलाएको अप्रेशन जलकुम्भीको क्रममा पोखरा उपत्यकाको बिशेष गरी बिरौटा र आसपासका क्षेत्रहरुमा गुण्डागर्दिमा संलग्न पोखरा(१७ बिरौटाबाट  जि.कास्की पोखरा(१७ बिरौटा बस्ने बर्ष(२३ को सोम बि.क., ऐ. बस्ने बर्ष(२४ को गौरब रानाभाटलाई मिति २०६९/११/१७ गते पक्राउ गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
प्रहरी द्वारा ६ थान अबैध हातहतियार संकलन अबैध हातहतियार संकलनको क्रममा प्रहरी चौकी धम्पुषबाट खटिएको प्रहरी टोलीले ६ थान र प्रहरी चौकी सार्दिखोलाबाट खटिएको प्रहरी टोलीले ३ थान गरी जम्मा ९ थान भरुवा बन्दुक संकलन गरेको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीले लाईसेन्स प्राप्त नगरेका हातहतियार बुझाउनको लागि फाल्गुणको दोश्रो साता देखि लागु हुने गरी सार्बजनिक सुचना आह्वान गरेको छ । कोही कसै संग बिना ईजाजतका हातहतियार भएको खण्डमा नजिकको प्रहरी युनिटमा बुझाउनको लागि सम्बन्धीत सबैमा जानकारी गराई दिनु हुन सम्पूर्ण संचार माध्यमहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले समेत अनुरोध गर्दछ । तोकिएको मितिमा हातहतियार नबुझाई कोही कसैसंग फेला परेमा कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत सूचित गरी दिनु हुन अनुरोध गरिएको छ ।

मिति २०६९/११/१९ गते ।                     जिल्ला प्रहरी कार्यालय कास्की ।

Sunday, February 24, 2013

कर्तब्य गरी हत्या Murder



मिति २०६९/११/१२ गते २२:४५ बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ( १ पृथ्वी नारायाण क्याम्पस देखि तल सेती खोला भन्दा माथिको चौरमा एक जना पुरुष ब्यक्तिको मृत शव छ भन्ने सूचना प्राप्त भए अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दा जि. उदयपुर साउने गा.वि.स. वडा नं. ( ९ स्थायी घर भई हाल पोखरा उप.म.न.पा. वडा नं. १२ बस्ने बर्ष २६ को अमर राना मगर मृत अबस्थामा फेला परेको । निजको घांटी रेटिएको अवस्थामा शव फेला परी उक्त शवको घटनास्थलको प्रारम्भिक कारवाही पुरा गरी पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । उक्त घटनामा संलग्न जि. कास्की पोखरा ( ११ रानीपौवा बस्ने बर्ष ३५ की कल्पना नकर्मीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको तथा घटनामा संलग्न अन्य ब्यक्तिहरुको खोजतलास भईरहेको छ ।

मिति २०६९/११/१३ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।

Sunday, February 17, 2013

अप्रेशन फेवा :थप २ जना पक्राउ

   लागु औषध नियन्त्रण तथा रोकथामको लागि पोखरा प्रहरीले चलाएको अप्रेशन फेवाको अभियानकै क्रममा लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्र.ना.नि. बिद्याधर त्रिपाठी समेतको प्रहरी टोलीले भारत मोतीहारी जिल्ला पुर्वि चम्पारण रघुनाथपुर छौडदानो घर भई जिल्ला तनहुं छाङ गा.बि.स.वडा नं.(१ डेरा गरी बस्ने बर्ष(२६ को कुन्दन साहलाई जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(७ रत्नचोकबाट मिति २०६९/११/०४ गते दिन ला.औ. बुप्रिनर्फिन थान(४०, डाईजेपाम थान(४०, फेनेरागन थान(४० गरी जम्मा १२० थान सहित पक्राउ गरी यस कार्यालयमा दाखिला गराएकोमा निजलाई लागु औषध मुद्दा दर्ता गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
    यसै गरी सोही कार्यालयबाट मिति २०६९।११।०५ गते खटिएको प्रहरी टोलीले जि।मकवानपुर कालिटार गा.बि.स.वडा नं.(८ लिप्चे बस्ने बर्ष(३४ को कृष्ण मोक्तानलाई जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.(१४ चाउथेबाट ला.औ. बुप्रिनर्फिन थान(४०, डाईजेपाम थान(३०, फेनेरागन थान(३० गरी जम्मा १०० थान सहित पक्राउ गरी यस कार्यालयमा दाखिला गराएकोमा निजलाई लागु औषध मुद्दा दर्ता गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।

मिति २०६९।११।०७ गते ।                       
 जिल्ला प्रहरी कार्यालय कास्की ।

Wednesday, February 13, 2013

प्रहरी गतिबिधी-Police Program-Pokhara-Nepal



अप्रेशन जलकुम्भी: २ जना पक्राउ  
१)                   जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको अप्रेशन जलकुम्भीको क्रममा पोखरा नगरक्षेत्रहरुमा गुण्डागर्दि गरी सार्बजनिक शान्ति सुरक्षामा खलल पु-याउने जि.कास्की ले.न.पा.वडा नं.-२ बस्ने बर्ष-३० को पुर्ण बहादुर गुरुङ र ऐ. बस्ने बर्ष-३८ को राम बहादुर गुरुङलाई जि.कास्की ले.न.पा.वडा नं.-३ अर्घौचोकमा चेकिङको क्रममा वडा प्रहरी कार्यालय गगनगौडाको टोलीले पक्राउ गरी केही सार्बजनिक अपराध शिर्षक मुद्दा दर्ता गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
सामाजिक अपराध नियन्त्रण
१)     जुवा खेल्नेहरु पक्राउ :-
यस कार्यालयबाट मिति २०६९।११।०१ गते दिउंसो खटिएको प्रहरी टोलीले जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-८ न्यूरोड स्पिड अटो सर्भिस नामको ग्यारेज नजिकै निम्न मानिसहरुलाई जुवा खेल्दै गरेको अवस्थामा तास र नगद रु.२०,१५०।-सहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट जुवा मुद्दामा म्यादथप अनुमति लिई थप अनुसन्धान कारबाही भई रहेको छ ।
निम्न:-
जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-८ बस्ने बर्ष-३५ को राम बहादुर तामाङ............................... ।
ऐ. बस्ने बर्ष-२५ को लक्ष्मण क्षेत्री ......................................................................................।
ऐ. बस्ने बर्ष-१९ को बिशाल क्षेत्री ........................................................................................।
ऐ. बस्ने बर्ष-२६ को बिनोद रानाभाट ...................................................................................।
ऐ. बस्ने बर्ष-२५ को चक्र बहादुर गुरुङ .................................................................................।
२)   अनैतिक कार्यमा सलग्न होटेल संचालक सहित ३ पक्राउ ।
मिति २०६९।१०।२९ गते राति जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-८ जाल्पारोडमा रहेको मुस्ताङ खाजाघरमा अनैतिक कृयाकलाप गरी रहेको भन्ने सूचना अनुसार वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको गस्ती प्रहरी टोलीले सो होटेलबाट संचालक टांसी गुरुङ तथा १ जना युबक र १ जना युबतीलाई पक्राउ गरी केही सार्बजनिक अपराध मुद्दामा म्यादथप अनुमति लिई थप अनुसन्धान कारबाही भई रहेको छ ।
साथै बिद्यालय पढ्न जान भनी घरबाट निस्किएका १ जना छात्र र १ जना छात्रा बिद्यालय नगई सार्बजनिक स्थलमा अनैतिक कृयाकलापमा संलग्न भएको अवस्थामा पोखरा उ.म.न.पा.वडा नं.-१३ भद्रकाली मन्दिर नजिकबाट बिहान अ.०८:०० बजेको समयमा पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।



मिति २०६९।११।०२ गते ।                                   जिल्ला प्रहरी कार्यालय कास्की ।