Wednesday, February 13, 2013

Press meet Crime News Pokhara,Nepal

पत्रकार भेटघाट कार्यक्रम
मिति २०६९।११।०१ गते १३:०० बजे

२०६९।१०।२२ गते देखि २०६९।१०।२९ गते सम्मको प्रहरी कारवाही बिबरण :
Ø कूल पक्राउ संख्या          ४१२ (पुरुष ३९३ र महिला १९)
Ø कारवाही संख्या :          ३६ (२६ पुरुष र १० महिला)
Ø अनुसन्धान पश्चात छाडिएको ३७६ (पुरुष ३६७ र महिला ९)

मुद्दा चलाई कारवाही गरिएको बिबरण :

l;=g+=
d'4f lzif{s
वारदात संख्या
kqmfp÷sf/jfxL
s}
k'?if
dlxnf
hDdf
सार्वजनिक
११
१९
यौन बिकृत्तिमा संलग्न ८ जना पुरुष, ८ महिला र ३ जना होटल संचालक
हातहतियार खरखजाना
-

ज.ज.क.
-

लागू औषध
पुनर्स्थपना ५ जना, counselling   ११ जना
ज्यान मार्ने उधोग
-

जुवा तास
-
पोखरा ग्राण्ड क्यासिनोबाट पक्राउ परेका नेपालीहरु


१४
२६
१०
३६


लागू औषध सहित मानिस पक्राउ :
१)    मिति २०६९।१०।२३ गते जि. कास्की पोखरा- ६ लेकसाईड स्थित आफ्नैघरबाट बिकास लामालाई ला.औ. गांजा २०० ग्राम, खुकुरी २ र नक्कली ग्यांस पेस्तोल १ सहित पक्राउ गरी ला.औ. मुद्दा चलाईएको ।
२)    मिति २०६९।१०।२५ गते पोखरा-८ बगालेटोलबाट पोखरा - ३ नदीपुर घर भै हाल पोखरा ८ बगालेटोल बस्ने बर्ष २६ को शुसिल परियारको साथबाट ला.औ. ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरी ला.औ. मुद्दा चलाईएको ।

३)    मिति २०६९।१०।२६ गते जि. कास्की सराङकोट पिपलडाडीबाट निम्न ब्यक्तिहरुलाई गांजा ३ के.जी सहित पक्राउ गरी ला.औ. मुद्दा चलाईएको ।

पक्राउमा परेका ब्यक्तिहरु :
      -     जि. कास्की पोखरा-११ फुलवारी बस्ने बर्ष २२ को बसन्त शर्मा
      -     ऐ.ऐ. बस्ने बर्ष २२ को मनिष शेरचन ।
      -     ऐ.कास्कीकोट -८ बस्ने बर्ष ४५ को गम्भिरा देवकोटा ।

४)    मिति २०६९।१०।२९ गते जि. रुकुम गोदामकोट - ९ बस्ने बर्ष २९ को दिनेश बोहरालाई लागू औषध डाईजापाम-८, नर्फिन-६, फेनेरागन - ८ सहित पोखरा- सृजनाचोकबाट पक्राउ गरिएको ।

हतियार सहित मानिस पक्राउ :
-     मिति २०६९।१०।२४ गते १६:०० बजेको समयमा पोखरा-३ नदीपुरबाट जि. कास्की पोखरा-३ नदीपुर बस्ने बर्ष २८ को नवराज पुनलाई पेस्तोल रिभल्वर १, ऐ. को गोली १, खोका १ सहित पक्राउ गरिएको, निजलाई हातहतियार तथा खरखजाना मुद्दा चलाईएको ।

जुवातास नियन्त्रण :
-     मिति २०६९।१०।२६ गते २३:०० बजेको समयमा जि. कास्की पोखरा-१७ बिरौटामा रहेको होटल ग्राण्ड भित्रबाट जुवा खेलिरहेको अवस्थामा ९ जना नेपालीहरुलाई ८ वटा क्वाईन र     नगद ८४,३००।- (चौरासी हजार तिन सय)    सहित पक्राउ गरिएको र निजहरुलाई जुवा ऐन     अन्तर्गत मुद्दा चलाईएको ।

फरार अभियुक्त पक्राउ : ४ जना
·       लागू औषध ईन्जेक्सन मुद्दाका प्रतिवादी जि. कास्की पोखरा - १५ बस्ने बर्ष २२ को सुशिल थापालाई पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाईएको ।

·       लागू औषध ईन्जेक्सन मुद्दाका प्रतिवादी जि. स्याङजा खिलुङ देउराली गा.वि.स. वडा नं. ६ घर भई हाल पोखरा - ५ मालेपाटन बस्ने बर्ष २६ को अनिल गुरुङलाई पक्राउ गरी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाईएको ।

·       मिति २०६९।१०।१९ गते जि. कास्की घान्द्रुक गा.वि.स. वडा नं. ४ बस्ने बर्ष २६ को अनिल बि.क.लाई चक्कु प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका ऐ. १ बस्ने गुप्ती नेपालीलाई मिति २०६९।१०।२६ गते पक्राउ गरी ज्यान मार्ने उधोग मुद्दामा अनुसन्धान भईरहेको ।

·       लागू औषध बुप्रीनर्फिन मुद्दाका फरार प्रतिवादी जि. कास्की पोखरा-१५ बस्ने बिरेन गुरुङलाई मिति २०६९।१०।२८ गते पक्राउ गरिएको र निजलाई ला.औ. मुद्दा चलाईने ।
ट्राफिक व्यवस्थापन तर्फ :
सि.नं.
कारवाहीको बिबरण
कारवाही संख्या
संकलन राजश्व
मा.प.से. कारवाही
५९
५९,०००।-
बसको क्षमता भन्दा बढी यात्रु राख्ने
१७
३,४००
अन्य सवारी नियम उल्लंघन
४८२
१,५०,८५०।-

जम्मा
५५८
२,१३,२५०।-
जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यगत प्राथमिकताहरु

  • गुण्डागर्दी नियन्त्रण  :
ü  १ महिने Operation जलकुम्भी संचालन गरिने
ü  फरार अपराधी अभियुक्त पक्राउ
ü  फैसला कार्यान्वयन
ü  गुण्डाहरुको Profile तयार गर्ने

  • सामाजिक अपराध\ बिकृत्ति रोकथाम :
१.     लागू औषध :
       - ३ महिने अप्रेशन फेवा संचालन गरिएको  
ü  जनचेतना फैलाउने, स्कूल सम्पर्क कार्यक्रमको संचालन
ü  दुर्ब्यसनीहरुको पुनर्स्थपाना
ü  दुर्ब्यसनी र कारोवार गर्ने ब्यक्तिहरु उपर निग्रानी
ü  कानूनी कारवाही
ü  सरोकारवाला संस्थाहरुसंग समन्वय

       २.     यौन बिकृ्ति रोकथाम :
ü  जनचेतना फैलाउने
ü  पुर्नस्थापना, रोजगारी र तालिमको लागि अन्य निकायहरुसंग समन्बय
ü  आकश्मिक चेकजांच
ü  संलग्न ब्यक्तिहरुलाई कानूनी कारवाही
ü  संचालकहरु उपर समेत कानूनी कारवाही
ü  घरधनी समेतलाई समेत कारवाहीको दायरामा ल्याउन पहल गरिने

       ३.     जुवातास नियन्त्रण :
ü  क्यासिनोमा नेपालीहरुको प्रवेश रोक
ü  जुवातास खेल्ने / खेलाउने उपर कानूनी कारवाही

  • ट्राफिक ब्यवस्थापन :
ü  ट्राफिक ब्यवस्थापन सम्बन्धी अनुशिक्षण
ü  सबै लाईसेन्सहरु जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पठाईने 
ü  पहिलो पटक Drink Drive गर्नेलाई रु. १ हजार जरिवाना र अनिवार्य ट्राफिक कक्षा
ü  दोश्रो पटक Drink Drive मा लाईसेन्समा एउटा प्वाल पारिने
ü  तेश्रो पटक Drink Drive मा लाईसेन्समा दुईवटा प्वाल पारिने
ü  चौथो पटक Drink Drive मा लाईसेन्स खारेजीको लागि सिफारिश गरिने ।
ü  बैंकिग प्रणालीबाट जरिवाना असुल गर्न पहल गरिएको
ü  पार्किङ र फुटपाथ ब्यवस्थापन गर्नको लागि उ.म.न.पा. र न.पा.लाई यथोचित सहयोग गर्ने ।
ü  ट्याक्सी भाडा निर्धारण गरी सार्वजनिक स्थानमा राख्न सरोकारवाला संग समन्वय गरी कार्यान्वयग गर्न पहल गरिने

  • Tourism Friendly Policing :
ü  प्रहरी कर्मचारीहरुको ब्यवस्थापन\पदस्थापन
ü  प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण
ü  सम्बन्धित संघ संस्थाहरुसंग समन्बय : समस्याको पहिचान
ü  आचारसंहिता निर्माण
ü  प्रविधियुक्त प्रहरी सेवा

  • रात्रीकालीन ब्यवसाय ब्यवस्थापन :

  • प्रहरी आचरण र ब्यवहारमा सुधार : मुश्कान सहितको प्रहरी सेवा संचालन अभियान
ü  अनुशिक्षण तालिम
ü  अनुगमन

  • शुन्य सहनशिलता :
ü  आर्थिक अनियमितता
ü  अकर्मण्यतता
ü  दण्डहिनता :

  • प्रहरी पेशागत दक्षतामा सुधार :
  • प्रविधियुक्त प्रहरी सेवा


जिल्ला प्रहरी कार्यालय, कास्की
                                               

Wednesday, January 23, 2013

भिरमा अड्केको मानिस सकुसल उद्दार


    आज मिति २०६९/१०/१० गते दिन १:५५ बजेको समयमा जि।कास्की पोखरा उ।म।न।पा।वडा नं।(१७ पावर हाउसजानेबाटोको भिरमा अ। बर्ष(२५।२६ को पुरुष ब्यक्ति भिरमा अड्केको भन्ने जानकारी यस कार्यालयमा प्राप्त हुंन आए पश्चात तत्काल सो स्थानमा नेपाल प्रहरीको सशस्त्र प्रहरी गणबाट उद्दार टोली खटिई गई निज ब्यक्तिलाई सकुसल उद्वार गरिएको छ । उद्वार गरिएका ब्यक्ति जि।खोटाङ घर भई पोखरामा ज्यामी काम गर्ने बर्ष (३४ को मोहन गिरी रहेको र निज नुहाउन भनी गएको, नुहाए पश्चात डिलमा बसी घाम ताप्ने क्रममा अचानक खस्न गई भिरमा अड्केको खुल्न आएको छ  । उद्दार गरिएको तस्बिर यसै ईमेल साथ सलग्न रहेको छ ।

नेपाल विद्यार्थी संघ लेखनाथ नगर समितिले प्रधानमन्त्रीको पुत्ला दहन


नेपाल विद्यार्थी संघ लेखनाथ नगर समितिद्धारा आयोजित मानव अधिकार र कानुनी राज्यका मुल्य र मान्यता विरुद्ध अग्रसर बाबुराम भट्टराई सरकारको विरुद्धमा विरोध सभा तथा एक घण्टा यातायात बन्द कार्यक्रम सम्पन्न भयो ।
सरकारले गरेका कार्यहरु निरंकुश बन्दै गइरहेको अवस्थामा ५ मिनेट पनी विधिको शासन सञ्चालन गर्न नसक्ने प्रधानमन्त्री डा. भट्टराईले ५ वर्ष यही सरकार सञ्चालन गर्ने अभिव्यक्ती दिनु र सहमतीको बाधक बनी देशलाई बन्दक बनाई मुटभेडको अवस्था सृजना गरेकोले त्यसको विरोधमा भएको कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति राजेन्द्रमणी लामिछानेले बहुलवादमा आधारीत संघिय लोकतन्त्र कानुनी राज्य, स्वतन्त्र प्रेस, मानवअधिकार, बौद्धिक स्वतन्त्रता विधिको शासनका निमित्त हरपल चनाखो रहन नेपाल विद्यार्थी संघलाई आग्रह गर्दै यो सरकारको विरुद्धको आन्दोलनको उद्घोष भैसकेकोले नेपाली जनताहरु यो सरकारले निरंकुशता लाद्न खोजेकोले सडकमा आउन बाध्य वनाई पत्रकार डेकेन्द्र थापाका आरोपीहरुले आरोप स्वीकारी सकेको अवस्थामा नेपाल सरकारका प्रमुखले अपराधीहरुलाई बचाउनलाई दिइएको संरक्षणको विरोध गर्नुपर्ने बताए ।
नेपाल विद्यार्थी संघ लेखनाथ नगर समिति सभापति सोमनाथ बराल (बिशाल) को सभापतित्वमा भएको कार्यक्रममा तरुणदल लेखनाथ सभापति सुरजजंङ्ग राणा, महिला नेत्री विन्दु सुवेदी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु मतिराम भण्डारी, पदम अधिकारी, नेवीसंघ कास्की सभापति कल्याण बाबु भण्डारी, विद्यार्थी नेता सरोज अधिकारी, गोवीन्द नेपाली लगाएतका वक्ताहरुले भट्टराई सरकारले तत्काल राजीनामा दिई विधिको शासन र मानवअधिकारको सम्मान गर्नुपर्ने बताए । लेखनाथको तालचोकमा भएको शो कार्यक्रममा नेपाल विद्यार्थी संघ लेखनाथ नगर समितिका सचिव हेमन्द पाण्डेले सञ्चालन गरेको विरोध सभाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला दहन गरी १ घण्टा ३० मिनेट पृथ्वीराजमार्गमा चक्का जाम गरेको थियो ।

Sunday, January 13, 2013

सार्वजनिक बिदाको दिनमा चलाएका सरकारी सवारी उपर कारवाही गरिएको


आज मिति २०६९।०९।२१ गते शनिवारको दिनमा जिल्ला प्रशासन कार्यालयको अनुमति विना चलाएका निम्न लिखित सवारी साधनहरुलाई पोखरा उपत्याकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको, साथै आगामी दिनहरुमा समेत सार्वजनिक बिदाको दिनमा जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त नगरी चलाएका सवारीहरु उपर यस किसिमको कारवाही लाई निरन्तरता दिइने ब्यहोरा जानकारी गराईएको छ ।

कारबाही गरिएका सवारीहरुको विवरणः(


१. बा १ ब ६०१९
२. बा १ झ ८७२४
३. बा १ झ २८८६
४. ग १ ब २२१
५. बा १ प ७३८३
६. बा १ झ ३८७६
७. ग १ ब २७८
८. बा १ ब २७८
९. ग १ ञ १२९०
१०. बा १ ब ६७८७